आईडिया
क्लाउड साथीदेखि द भिजनरिज नेपालसम्म : बागमतीका पाँच स्टार्टअप पुगे फाइनलमा
काठमाडौं । बिजनेस इन्क्युबेसन सर्भिस (BIS) कार्यक्रम २०२६ अन्तर्गत बागमती प्रदेशबाट पाँच उत्कृष्ट स्टार्टअप टोली अन्तिम चरणका लागि छनोट भएका छन् । स्टार्टअप पिच, मूल्यांकन र विज्ञहरूसँगको छलफलपछि यी टोलीहरू ग्रान्ड क्लोजिङ डेका लागि चयन भएका हुन् ।
फाइनल चरणमा पुग्ने बागमती प्रदेशका पाँच टोलीमा क्लाउड साथी (Cloud Sathi), म्याक२४ अर्बिटल्स (Mach24 Orbitals), रिटेल साथी (Retail Sathi), सम्पर्क डिजिटल लोयल्टी (Samparka Digital Loyalty) र द भिजनरिज नेपाल (The Visionarys Nepal) रहेका छन् ।
आयोजकका अनुसार छनोट भएका यी टोलीहरूले नवीन सोच, समस्या समाधान गर्ने क्षमता, व्यवसायिक सम्भावना र प्रभावकारी समाधान निर्माण गर्ने प्रतिबद्धताका आधारमा उत्कृष्ट प्रदर्शन गरेका छन् ।
अब यी स्टार्टअपहरूले काठमाडौंमा आयोजना हुने BIS २०२६ को अन्तिम कार्यक्रममा उद्योग विज्ञ, लगानीकर्ता तथा नेपालको स्टार्टअप इकोसिस्टमसँग आबद्ध प्रमुख सरोकारवालासामु आफ्नो व्यवसायिक योजना प्रस्तुत गर्नेछन् ।
बागमती प्रदेशमा आयोजना गरिएको बुटक्याम्प र पिच राउन्डमा सहभागी सबै स्टार्टअपहरूको सिर्जनशीलता, उत्साह र उद्यमशील प्रयासको आयोजकले प्रशंसा गरेको छ ।
सीमित संख्यामा मात्रै टोली अन्तिम चरणमा पुग्न सफल भएपनि आईसीटी फाउन्डेसन नेपाल इकोसिस्टममार्फत आगामी दिनमा सम्भावनायुक्त स्टार्टअपलाई निरन्तर सहयोग र अवसर प्रदान गरिने जनाइएको छ ।
BIS कार्यक्रमले प्रारम्भिक चरणका स्टार्टअपलाई आवश्यक मार्गदर्शन, व्यवसाय विकास सहयोग, मेन्टरिङ र लगानीकर्तासँग जोड्ने उद्देश्य राख्दै आएको छ । अब छनोट भएका पाँच टोलीले काठमाडौंमा हुने ग्रान्ड क्लोजिङ डेमा आफ्नो उद्यम, प्रविधि र व्यवसायिक सम्भावना प्रस्तुत गर्नेछन् ।
आईडिया
विद्यार्थीले बनाए नेपालको आफ्नै प्राइभेट ब्लकचेन नेटवर्क
सगरमाथा कलेजमा पढ्ने ४ जना विद्यार्थीको समूहले तयार पारेको परियोजना हो, ब्लकचेन नेटवर्क फर ई–गभर्नेन्स । ललितपुरको सानेप…
विद्यार्थीले बनाए रियल टाइममा सवारीसाधनको गती थाहा पाउने प्रविधि
नेपालमा सवारी दुर्घटनामा परेर वर्षेनी हजरौले ज्यान गुमाइरहेका छन् । त्यसको एउटा प्रमुख कारण हो, तीव्र गतीमा सवारीसाधन चलाउनु ।…
यस्ता छन् आइसिटी अवार्ड २०२३ का उत्कृष्ट ५ राइजिङ स्टार इन्नोभेसन, कसरी गर्ने भोटिङ ?
आइसिटी अवार्ड २०२३ का उत्कृष्ट ५ राइजिङ स्टार इन्नोभेसन (विद्यार्थीले तयार पारेका आईडिया) छनौट भइसकेका छन् । यसअघि छनौट भएका उत्…
सार्वजनिक यातायातलाई व्यवस्थित गर्न सघाउने प्रणाली ‘ओम्निकल’
नेपालको सार्वजनिक यातायात सेवा व्यवस्थित छैन् । देशको राजधानी काठमाडौंको हालत पनि उस्तै छ । कतै जान पर्यो जाम त खानै पर्छ…
यस्ता छन् आइसिटी अवार्ड २०२३ का उत्कृष्ट १३ राइजिङ स्टार इन्नोभेसन
आइसिटी अवार्ड २०२३ का उत्कृष्ट १३ राइजिङ स्टार इन्नोभेसनको नाम सार्वजनिक भइसकेको छ । प्राप्त आवेदन मध्येबाट अवार्डको जुरी समिति र…