स्मार्टवाच
शाओमी वाच एस फाइब स्मार्ट वाच सार्वजनिक
काठमाडौं । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नेपाली बजारमा नयाँ स्मार्ट घडी शाओमी वाच एस फाइब ४६ मिलिमिटर सार्वजनिक गरेको छ । आकर्षक डिजाइन, लामो ब्याट्री क्षमता, उन्नत स्वास्थ्य निगरानी तथा खेलकुदसम्बन्धी स्मार्ट सुविधासहितको यो घडी बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार नयाँ स्मार्ट घडीमा १.४८ इन्चको एमोलेड डिस्प्ले रहेको छ । यसमा ४८० × ४८० पिक्सेल रिजोलुसन, ३२३ पिक्सेल प्रतिइन्च घनत्व तथा २ हजार ५०० निट्ससम्मको उज्यालोपन भएकाले घाममा पनि स्पष्ट रूपमा प्रयोग गर्न सकिन्छ ।
स्टेनलेस स्टिलको फ्रेम, विभिन्न बेजेल र स्ट्र्यापका विकल्प तथा करिब ४६ ग्राम तौलका कारण घडी हलुका र प्रयोग गर्न सहज रहेको कम्पनीले जनाएको छ । यसमा ४८६ मिलिअम्पियर–घण्टा क्षमताको ब्याट्री रहेको छ, जसले सामान्य प्रयोगमा एकपटकको चार्जमै अधिकतम २१ दिनसम्म साथ दिने कम्पनीको दाबी छ ।
स्वास्थ्य निगरानीका लागि घडीमा मुटुको धड्कन, रगतमा अक्सिजनको मात्रा, निद्रा तथा अन्य स्वास्थ्य सूचक मापन गर्ने सुधारिएका सेन्सर र प्रणाली समावेश गरिएको छ । साथै, साप्ताहिक तथा मासिक निद्रा प्रतिवेदन र निद्रासम्बन्धी विश्लेषण सुविधाले प्रयोगकर्तालाई आफ्नो स्वास्थ्य अवस्थाबारे थप जानकारी उपलब्ध गराउने कम्पनीले जनाएको छ ।
खेलकुदका लागि घडीमा १५० भन्दा बढी खेल तथा व्यायाम मोड, दोहोरो आवृत्तियुक्त वैश्विक भू-उपग्रह नेभिगेसन प्रणाली, तथा साइकल यात्राका क्रममा मोबाइल फोनसँग जोडिने वास्तविक समयको ड्यासबोर्ड सुविधा रहेको छ ।
साथै, ताली बजाउने, हात हल्लाउने वा मुट्ठी कस्ने जस्ता हातका गतिविधि पहिचान गरी मुटुको धड्कन, खर्च भएको क्यालोरी र अन्य विवरण अभिलेख राख्ने सुविधा पनि उपलब्ध छ ।
घडीमा ब्लुटुथ ५.४, नजिकको सम्पर्कमार्फत हुने भुक्तानी प्रविधि (एनएफसी) तथा ५ एटीएमसम्मको पानी प्रतिरोधी क्षमता रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार शाओमी वाच एस फोर ४१ मिलिमिटरको नेपाली बजार मूल्य ३९ हजार ९९९ रुपैयाँ तोकिएको छ ।
स्मार्टवाच
ईसीजी सुविधासहित सर्कुलर रिङ २ को घोषणा, कति पर्छ मूल्य ?
कन्जुमर इलेक्ट्रोनिक्स शो (सीईएस) २०२५ मा स्मार्ट रिङ निर्माता कम्पनी सर्कुलर रिङले रिग २ को घोषणा गरेको छ । आफ्नो पहिलो स्मार्ट रि…
सामसङले सार्वजनिक गर्यो स्मार्ट रिङ, कति छ मूल्य ?
सामसङले आफ्नो पहिलो स्मार्ट रिङ सार्वजनिक गरेको छ । ग्यालेक्सी अनप्याक्ड कार्यक्रममा सामसङले वेरेबल प्रडक्ट स्मार्ट रिङ सार्वजनिक गरेक…
८ महिनामा २२ करोड रुपैयाँ बढीको स्मार्टवाच आयात
चालू आर्थिक वर्षको ८ महिनामा २२ करोड रुपैयाँ बढीको स्मार्टवाच नेपालमा आयात भएको छ ।
चा…
सामसङको फिटनेस ट्रयाकर ग्यालेक्सी फिट ३ नेपालमा, कति छ मूल्य ?
सामसङले नेपालमा ग्यालेक्सी फिट ३ फिटनेस ट्रयाकर सार्वजनिक गरेको छ । फिटनेसलाई प्राथमिकता दिदै बनाइएको ग्यालेक्सी फिट ३ नेपालमा…
नयाँ रंगमा एप्पल वाच सिरिज ९ सार्वजनिक
एप्पलले आफ्नो पछिल्लो स्मार्टवाचको लागि नयाँ रंग विकल्प प्रस्तुत गरेको छ । कम्पनीले ल्याएको वाच सिरिज ९ (एप्पल वाच सिरिज ९) नयाँ क…
२५६ जीबी स्टोरेज भेरियन्टमा पनि आयो गुगल ८ प्रो
प्रख्यात प्राविधिक कम्पनी गुगलले आफ्नो पछिल्लो स्मार्टफोन सिरिज गुगल पिक्सेल ८ प्रो १२५६ जीबी स्टोरेज भेरियन्टमा पनि…
३ महिनामा ९० हजार स्मार्टवाच नेपाल भित्रिए, चीनबाट मात्रै ७ करोड बढीको आयात
चालु आर्थिक वर्षको ३ महिनाको अवधिमा ८ करोड ७२ लाख २५ हजार रुपैयाँ बराबरको स्मार्ट वाच आयात भएको छ । भन्सार विभागले सार्वजनिक …
अल्टिमाका २ नयाँ स्मार्टवाच सार्वजनिक, कति छ मूल्य ?
अल्टिमा लाइफ स्टाइलले आफ्ना उपभोक्ताका लागि सस्ता दुई वटा स्मार्टवाच बजारमा सार्वजनिक…
नेपाली बजारमा बोटका दुई स्मार्टवाच र एक ब्लुटुथ स्पिकर, ३४ रूपैयाँमै स्मार्टवाच जित्ने अफर
नेपालमा बोटको दुई मोडेलका स्मार्टवाच र ब्लुटुथ स्पिकर सार्वजनिक भएका छन् । बोटका ल…
एक्यूफिट म्याक्स जीटी स्मार्टवाच नेपालमा सार्वजनिक, कति छ मूल्य ?
एक्यूफिट म्याक्स जीटी स्मार्टवाच नेपालमा सार्वजनिक भएको छ । सिमलेस ब्लुटुथ कलिङ सुवि…