कीवर्डहरू -

समाचार

वायुदृष्टिलाई जुरी मेन्सन आइसिटी अवार्ड २०२५ प्रदान

जुरी मेन्सन आइसिटी अवार्ड २०२५ वायुदृष्टिलाई प्रदान गरिएको छ । शुक्रबार द प्लाजा पुलचोक ललितपुरमा आयोजना भएको ‘इन्ड्राइभ आइसिटी अवार्ड २०२५ इन एशोशिएसन विथ नेपालपे क्युआर, टिङटङ पावर्ड बाई सस्तो टिकेट्स, एमआईटी, केमसी’को ग्राण्ड फिनालेमा वायुदृष्टिलाई जुरी मेन्सन आइसिटी अवार्ड २०२५ प्रदान गरिएको हो ।

कलेजमा अध्ययनरत रहदै विद्यार्थीको प्रोजेक्टको रुपमा विकास गरिएको इन्नोभेटिभ प्रडक्ट हो, वायुदृष्टि ।
सक्रिय पाण्डे र मन्जिल पाण्डे (दिदिभाइ) मिलेर सुरु गरेको यो इन्नोभेसनले अहिले अन्तर्राष्ट्रियस्तरमा पनि चर्चा पाइरहेको छ । 

गुगल, वर्ल्ड बैंक लगायतका अन्तर्राष्ट्रिय संस्थासँग पनि काम गरिरहेको वायुदृष्टि नेपाल बाहिर भारत र पाकिस्तानमा पनि प्रयोग भइरहेको छ ।

वायुको प्रदूषण मापन, पूर्वानुमान र न्युनिकरणमा केन्द्रित प्रडक्ट हो, वायुदृष्टि । यसको एआईमा आधारित रियलटाइम सिस्टमले तापक्रम, आर्द्रता, हावाको गति लगायतका सूचकहरू मापन गर्छ र प्रदूषणले स्वास्थ्यमा पार्ने प्रभावसँगै आवश्यक पूर्वानुमान पनि उपलब्ध गराउँछ।
 

समाचार

कताहोले जित्यो सोसल इन्नोभेसन आइसिटी अवार्ड २०२५

सोसल इन्नोभेसन आइसिटी अवार्ड २०२५ कताहोलाई प्रदान गरिएको छ । शुक्रबार द प्लाजा पुलचोक ललितपुरमा आयोजना भएको ‘इन्ड्राइभ आ…

माइन्डब्रिजलाई राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२५ प्रदान

माइन्डब्रिजलाई राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२५ प्रदान गरिएको छ ।

शुक्रबार द प्ला…

बंगलादेशको स्टार्टअप कम्पनी प्रियोशपले जित्यो साउथ एशिया स्टार्टअप आइसिटी अवार्ड २०२५

बंगलादेशको स्टार्टअप कम्पनी प्रियोशपले साउथ एशिया स्टार्टअप आइसिटी अवार्ड २०२५ जितेको छ ।

सामाजिक सुरक्षा कोषले पायो डिजिटल गभर्नेन्स आइसिटी अवार्ड २०२५

सामाजिक सुरक्षा कोषले डिजिटल गभर्नेन्स आइसिटी अवार्ड २०२५ प्राप्त गर्न सफल भएको छ । शुक्रबार द प्लाजा पुलचोक ललितपुरमा आयोजना भए…

एनएमबि बैंकले पायो इन्टरप्राइजतर्फको डिजिटल सर्भिसेस आइसिटी अवार्ड २०२५

डिजिटल सर्भिसेस आइसिटी अवार्ड २०२५ (इन्टरप्राइज सेक्टर) एनएमबि बैंकले प्राप्त गरेको छ ।

श…

एम्बिसन गुरूलाई नियोतर्फको डिजिटल सर्भिसेस आइसिटी अवार्ड २०२५

एम्बिसन गुरूलाई डिजिटल सर्भिसेस आइसिटी अवार्ड २०२५ (नियो सेक्टर) प्रदान गरिएको छ । 
शुक्रबार द प्लाजा पुलचोक ललितपुरमा आयोजना भएको ‘इन्ड्…

सुर्खेतको कोपिला भ्याली स्कुलले पायो प्राइभेट तर्फको डिजिटल एजुकेसन आइसिटी अवार्ड २०२५

सुर्खेतको कोपिला भ्याली स्कुलले डिजिटल एजुकेसन आइसिटी अवार्ड २०२५ (प्राइभेट सेक्टर) प्राप्त गरेको छ । 

चितवनको नारायणी मावीलाई पब्लिक तर्फको डिजिटल एजुकेसन आइसिटी अवार्ड २०२५ प्रदान

डिजिटल एजुकेसन आइसिटी अवार्ड २०२५ (पब्लिक सेक्टर) चितवनको नारायणी माध्यमिक विद्यालयलाई प्रदान गरिएको छ ।

माइक्रोसफ्टका प्रडक्ट नेपालीकरण गर्ने एलेन तुलाधरलाई पायोनियर आइसिटी अवार्ड प्रदान

माइक्रोसफ्टका प्रडक्ट नेपालीकरण गर्ने डा. एलेन बैलोचन तुलाधरले पायोनियर आइसिटी अवार्ड २०२५ पाएका छन् । 

वुमन आइकन आइसिटी अवार्ड २०२५ बाट मुन्नी राजभण्डारी सम्मानित

वुमन आइकन आइसिटी अवार्ड २०२५ नेपालको फिनटेक क्षेत्रमा डेढ दशकदेखि कार्यरत मुन्नी राजभन्डारीलाई प्रदान गरिएको छ । 

कोडअवतारका संस्थापक दिनेश सिलवालले पाए नेपाली डायस्पोरा आइसिटी अवार्ड २०२५

नेपाली डायस्पोरा आइसिटी अवार्ड २०२५ कोडअवतारका संस्थापक दिनेश सिलवाललाई प्रदान गरिएको छ । शुक्रबार द प्लाजा पुलचोक ललितपुरमा …

आन्टरप्रेनर आइसिटी अवार्ड २०२५ योङ इन्नोभेसनका संस्थापक विभुषण विष्टलाई प्रदान

आन्टरप्रेनर आइसिटी अवार्ड २०२५ योङ इन्नोभेसनका संस्थापक विभुषण विष्टलाई प्रदान गरिएको छ ।

नेटवर्क पूर्वाधार विज्ञ रामकृष्ण परियारलाई प्रोफेसनल एक्सिलेन्स आइसिटी अवार्ड २०२५ प्रदान

नेटवर्क पूर्वाधार तथा साइबर सुरक्षा विज्ञ रामकृष्ण परियार प्रोफेसनल एक्सिलेन्स आइसिटी अवार्ड २०२५ बाट सम्मानित भएका छन् । 

सात प्रदेशका सात उत्कृष्ट स्टार्टअप प्रोभिन्स स्टार्टअप आइसिटी रिकग्निसन २०२५ बाट सम्मानित

सातै प्रदेशका सात उत्कृष्ट स्टार्टअपलाई प्रोभिन्स स्टार्टअप आइसिटी रिकग्निसन २०२५ बाट सम्मानित गरिएको छ ।

इन्ड्राइभ आइसिटी अवार्ड २०२५ को ग्राण्ड फिनाले सुरू, १७ विधामा अवार्ड वितरण हुँदै

लिभिङ विथ आइसिटी र आइसिटी फाउन्डेसनले आयोजना गरेको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अ…