काठमाडौं । बजाज पल्सरको युवा केन्द्रित कार्यक्रम ‘पल्सर आरपीएम’ को पोखरा संस्करण ३ हजारभन्दा बढी दर्शकको उत्साहजनक सहभागितासहित सफलतापूर्वक सम्पन्न भएको छ ।
कात्तिक १४ गते (अक्टोबर ३१) पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा आयोजित कार्यक्रममा मोटरसाइकल स्टन्ट, क्यालिस्थेनिक्स प्रतियोगिता, बीएमएक्स, स्केटबोर्डिङ, ब्रेकिङ, ग्राफिटी तथा विभिन्न मनोरञ्जनात्मक गतिविधिहरू प्रस्तुत गरिएको थियो ।
मौसम र कार्यक्रम स्थलसम्मको पहुँचमा केही चुनौती रहेपनि दर्शकको उल्लेखनीय उपस्थितिले पोखरामा पल्सर आरपीएमप्रति देखिएको उत्साहलाई प्रतिबिम्बित गरेको छ । कार्यक्रममा पल्सर एन१६० मार्फत प्रस्तुत गरिएका रोमाञ्चक मोटरसाइकल स्टन्टले दर्शकको ध्यान आकर्षित गरेको थियो ।
त्यस्तै, फ्रिस्टाइल र स्ट्याटिक्स विधामा आयोजित क्यालिस्थेनिक्स प्रतियोगितामा खेलाडीहरूले आफ्नो शारीरिक क्षमता, सन्तुलन र कौशल प्रदर्शन गरेका थिए । अवार्ड विजेता खेलाडीको सहभागिताले प्रतियोगितालाई थप आकर्षक बनाएको थियो ।
कार्यक्रममा स्थानीय बीएमएक्स राइडर, स्केटबोर्डर, ब्रेकिङ कलाकार, ग्राफिटी आर्टिस्ट तथा आर्म रेस्लिङका सहभागीहरूले पनि आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । डिजे जेन्टल–जीको प्रस्तुतिसँगै विभिन्न सहभागितामूलक गतिविधि, फुड तथा कफी स्टलले कार्यक्रमलाई थप जीवन्त बनाएको थियो ।
कार्यक्रमस्थलमा पल्सर एन१६० र एनएस२०० को प्रदर्शनका साथै टेस्ट राइडको व्यवस्था गरिएको थियो, जसले सहभागीहरूलाई दुवै मोटरसाइकलको अनुभव लिने अवसर प्रदान गरेको थियो ।
काठमाडौं र बुटवलमा सफल आयोजना भइसकेको पल्सर आरपीएमको पोखरा संस्करणले स्थानीय प्रतिभा र युवा समुदायलाई एउटै मञ्चमा जोड्दै नेपालमा स्ट्रीट कल्चर तथा एक्सन स्पोर्ट्सको विकासमा योगदान पुर्याउने आफ्नो उद्देश्यलाई थप बलियो बनाएको छ ।
यस अवसरमा पल्सर आरपीएमका स्टन्ट राइडर रबिन श्रेष्ठले पोखरेली दर्शकको उत्साह र साथप्रति आभार व्यक्त गर्दै भन्नुभयो, “पोखरा, तपाईंहरूले दिनुभएको माया र साथका लागि धेरै धन्यवाद । तपाईंहरूको उत्साह र समर्थनले हरेक प्रस्तुतिलाई अझ विशेष बनाएको छ । यो केवल एउटा शो नभई सपना देख्ने, आफ्नो प्रतिभा प्रस्तुत गर्ने र एकअर्कालाई साथ दिने सबैको साझा उत्सव हो ।”
बजाज पल्सरले कार्यक्रम सफल बनाउन योगदान पुर्याउने स्थानीय कलाकार, खेलाडी, साझेदार, सञ्चारकर्मी, आयोजक टोली तथा सम्पूर्ण सहभागीप्रति आभार व्यक्त गरेको छ ।
आईसीटी समाचार