कीवर्डहरू -

मोबाइल

ओप्पोद्वारा नेपालमा रेनो १६ सिरिज सार्वजनिक

काठमाडौं । ओप्पोले नेपालमा आफ्नो नयाँ रेनो १६ सिरिज औपचारिक रूपमा सार्वजनिक गरेको छ । सिरिज अन्तर्गत ओप्पो रेनो १६ र रेनो १६ एफ रहेका छन् । प्रविधि, फेसन र आधुनिक जीवनशैलीलाई एकै ठाउँमा प्रस्तुत गर्दै आयोजित भव्य फेसन शोमार्फत यी स्मार्टफोन सार्वजनिक गरिएको हो ।

सार्वजनिक कार्यक्रममा मिस नेपाल वल्र्ड २०२२ तथा पूर्व ब्यूटी विथ अ पर्पस विजेता (एसिया तथा ओसियानिया) प्रियंका रानी जोशी, ग्याजेटबाइट नेपालकी प्रमुख कार्यकारी अधिकृत तथा नेपालको नम्बर १ टेक च्यानलकी प्रमुख प्रतिमा अधिकारी र नेपालकी पहिलो तथा नम्बर १ महिला मोटो भ्लगर सुरक्षा केसीले रेनो १६ सिरिजका विभिन्न विशेषता र प्रयोगका अनुभव प्रस्तुत गरेका थिए । उनीहरूले वास्तविक जीवनका प्रयोग तथा सक्रिय जीवनशैलीका दृष्टिकोणबाट रेनो १६ सिरिज प्रदर्शन गरेका थिए ।

रेनो १६ सिरिजसँगै ओप्पोले ओप्पो बबल पनि सार्वजनिक गरेको छ । यो चुम्बकीय सहायक उपकरण हो, जसले पछाडिको क्यामेराको पूर्वावलोकन स्क्रिन तथा रिमोट शटरका रूपमा काम गर्नुका साथै यसको डिस्प्लेमा व्यक्तिगत सामाग्री समेत राख्न सकिने सुविधा प्रदान गर्छ ।

१५ हजार ९ सय ९९ रुपैयाँ को अधिकतम खुद्रा मूल्य रहेको ओप्पो बबललाई प्रवद्र्धन अवधिभर विशेष मूल्य ९ हजार ९ सय ९९ रुपैयाँ मा उपलब्ध गराइने कम्पनीले जनाएको छ । यो अफरमा तोकिएका नियम तथा सर्तहरू उपलब्ध हुनेछ ।

null
 
रेनो १६ सिरिजमा ओप्पोको थ्रीडी पप प्लानेट डिजाइन प्रयोग गरिएको छ । यसको पप ह्वाइट भेरियन्टमा उद्योगकै पहिलो होलोभर्स थ्रीडी प्रविधि समावेश गरिएको कम्पनीको दाबी छ, जसले फोनमा आकर्षक तैरिरहेको दृश्य प्रभाव प्रदान गर्छ । रेनो १६ मा ६.३२ इन्चको कम्प्याक्ट डिस्प्ले रहेको छ भने रेनो १६ एफ मा ६.५७ इन्चको ठूलो डिस्प्ले समावेश छ ।

फोटोग्राफीका लागि दुवै मोडलमा १०० डिग्रीको वाइड एंगल सहितको ५० मेगापिक्सेल अल्ट्रा वाइड सेल्फी क्यामेरा उपलब्ध छ । साथै, अप्टिकल इमेज स्टेबलाइजेसन सहितको ट्रिपल रियर क्यामेरा सेटअप, करिब ३.५ गुणा अप्टिकल जुम क्षमता सहितको टेलिफोटो पोट्र्रेट क्यामेरा र अल्ट्रा वाइड क्यामेरा समावेश गरिएको छ ।

फोटोग्राफी तथा भिडियो अनुभवलाई थप सिर्जनात्मक बनाउन पप क्याम, एआई रिमिक्स कोलाज, पपआउट कोलाज २.०, ४के अटो स्ट्रेटन भिडियो र डुअल भ्यु भिडियो २.० लगायतका सुविधा पनि उपलब्ध छन् ।

कलरओएस १६ मा सञ्चालन हुने रेनो १६ सिरिजमा एआई स्न्याप की, एआई माइन्ड स्पेस, एआई माइन्ड पाइलट र एआई मेनु ट्रान्सलेसन लगायतका कृत्रिम बौद्धिकता आधारित सुविधा समावेश छन् । 

रेनो १६ मा ६ हजार ७ सय एमएएच् र रेनो १६ एफ मा ७ हजार एमएएच् क्षमताको ब्याट्री रहेको छ । दुवै मोडलले ८० वाट सुपरभोक फास्ट चार्जिङ सपोर्ट गर्छन् । रेनो १६ मा स्न्यापड्रागन ७ जेन ४ मोबाइल प्लेटफर्म प्रयोग गरिएको छ ।

सिरिजमा एआई लिंकबुस्ट ४.० का साथै पानी तथा धुलोबाट सुरक्षाका लागि आईपी६८, आईपी६९ र आईपी६९के रेटिङ दिइएको छ । विभिन्न परिस्थितिमा सहज प्रयोगका लागि स्प्लास टच र ग्लोभ टच सुविधा पनि उपलब्ध छन् ।

नेपालमा रेनो १६ ५जीको मूल्य १,०९,९९९ रूपैयाँ र रेनो १६ एफ ५जीको मूल्य ८९,९९९ रूपैयाँ तोकिएको छ । दुवै फोन पप ह्वाइट र ट्वाइलाइट भायोलेट रंगमा ओप्पोका आधिकारिक रिटेल च्यानलमार्फत उपलब्ध हुनेछन् । कम्पनीले ग्राहकका लागि विभिन्न अफर पनि सार्वजनिक गरेको छ । पहिलो ५०० जना ग्राहकले रेनो १६ एफ वा रेनो १६ खरिद गर्दा ओप्पो एयरबड्स ए३ प्रो नि:शुल्क प्राप्त गर्नेछन् ।

साथै, ग्राहकका लागि कम्प्लिट फोन रिप्लेसमेन्ट सुविधा र फोन मर्मत गर्न नसकिने अवस्थामा दुई महिनाको अतिरिक्त बिक्रीपछिको सेवा वारेन्टी उपलब्ध हुने साथमा १५,९९९ मूल्यको ओप्पो बबल ९,९९९ रूपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यी अफरहरू लागू हुने नियम तथा सर्तहरू र उपलब्धताका आधारमा प्रदान गरिनेछन् ।

स्टाइलिस डिजाइन, उन्नत क्यामेरा, एआई फिचर र लामो समय टिक्ने ब्याट्रीसहित रेनो १६ सिरिजलाई आधुनिक जीवनशैलीलाई ध्यानमा राखेर तयार गरिएको कम्पनीले जनाएको छ ।

मोबाइल

मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा सार्वजनिक

काठमाडौं । मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा सार्वजनिक भएको छ । चौधरी ग्रुपसँगको सहकार्यमा मोटोरोला नेपा…

सामसुङले नेपालमा सार्वजनिक गर्‍यो नयाँ ग्यालेक्सी जेड फोल्ड८ सिरिज, वाच अल्ट्रा२ र वाच९

काठमाडौं । नयाँ Galaxy Z सिरिजले फोल्डेबल अनुभवमा नयाँ अध्याय सुरु गरेको छ । अल्ट्रा प्रोडक्टिभिटी, इमर्सिभ क…

७,५०० एमएएच ब्याट्रीसहित रेडमी १७ सिरिज नेपालमा सार्वजनिक

काठमाडौं । शाओमीले नेपालमा रेडमी १७ सिरिज अन्तर्गत रेडमी १७ र रेडमी १७ ५जी सार्वजनिक गरेको छ । लामो समयसम्…

सामसङले नेपालमा सार्वजनिक गर्‍यो ग्यालेक्सी जेड फोल्ड८ सिरिज, एआईसँगै स्मार्ट ओनरशिप इकोसिस्टममा जोड

काठमाडौं । सामसङ नेपालले आफ्नो आठौँ पुस्ताको फोल्डेबल स्मार्टफोन सिरिजअन्तर्गत ग्यालेक्सी जेड फोल्ड८ अल्ट्रा, ग्याल…

फोल्डेबल आईफोनको युग सुरु गर्दै एप्पल, सेप्टेम्बरमा ‘आईफोन अल्ट्रा’ सार्वजनिक हुने

काठमाडौं । एप्पलको पहिलो फोल्डेबल स्मार्टफोन ‘आईफोन अल्ट्रा’ सार्वजनिक हुने चर्चा तीव्र बनेको छ । व…

एआई सुविधासहित सामसङ ग्यालेक्सी ए२७ फाइभजी नेपालमा

काठमाडौं । सामसङ नेपालले नेपाली बजारमा नयाँ ग्यालेक्सी ए२७ फाइभजी सार्वजनिक गरेको छ । कम मूल्यमा अत्याधुनिक…

टेलिटकद्वारा पोको ‘एम८’ सिरिजका दुई नयाँ ५जी स्मार्टफोन सार्वजनिक

काठमाडौं । नेपाली बजारमा स्मार्टफोनको पहुँच र आधुनिक प्रविधिलाई प्रवर्द्धन गर्दै पोकोको आधिकारिक वितरक टेलिटक…

चार्जिङ र प्रिमियम एमोलेड डिस्प्लेसहित ओप्पो 'ए सिक्स एस प्रो' नेपालमा

काठमाडौं । ओप्पोले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन ‘ए सिक्स एस प्रो’ सार्वजनिक गरेको छ । आकर्ष…

जेडटिईको गेमिङ स्मार्टफोन ‘नुबिया नियो ५ जीटी ५जी’ नेपाली बजारमा

काठमाडौं । ग्लोबल टेक्नोलोजी कम्पनी जेडटिईले आफ्नो नयाँ गेमिङ स्मार्टफोन ‘नुबिया नियो ५ जीटी ५जी&rsquo…

आइफोन १८ र आइफोन १८ ई सन् २०२७ मा सार्वजनिक हुने सम्भावना

काठमाडौं । एकातिर एप्पलको फ्ल्यागशिप मोडल आइफोन १८ प्रो निकै चर्चामा छ भने अर्कोतर्फ नियमित&nb…

एप्पलले सच्याउँदै आईफोन एयरका कमजोरी, नयाँ मोडेलमा डुअल क्यामेरा र शक्तिशाली ब्याट्री

काठमाडौं । विश्वप्रसिद्ध प्रविधि कम्पनी Apple Inc. ले आफ्नो अल्ट्रा–स्लिम स्मार्टफोन ‘आईफोन एयर&rsquo…

रियलमीद्वारा उत्कृष्ट प्रदर्शन र प्रिमियम सुविधासहितको पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक गरेको छ । …

उत्कृष्ट क्यामेरा प्रविधिसहित शाओमी १७टी नेपालमा सार्वजनिक

काठमाडौं । विश्वव्यापी प्रविधि कम्पनी साओमीले नेपालमा आफ्नो नयाँ स्मार्टफोन साओमी १७टी सार्वजनिक गरेको छ । उत्क…

एप्पलले छाडेन आइफोन ११ को साथ, आईओएस २७ अपडेट सुनिश्चित

काठमाडौं । एप्पलले आगामी आईओएस २७ मा मोबाइल अपरेटिङ सिस्टमको कार्यसम्पादन सुधार गर्नुका साथै एप्पल इन्टेलिजेन्…

नक्कली स्मार्टफोन र एक्सेसरीज पहिचान गर्ने सजिलो तरिका

काठमाडौं । कल्पना गर्नुहोस्, तपाईंले एउटा नयाँ स्मार्टफोन किन्नुभयो र पछि थाहा भयो कि त्यो नक्कली रहेछ । …