बुटवल । यामाहाको नयाँ स्कुटर खरिद गरेकी बुटवलकी सरस्वती खनाल रायमाझीले १० लाख ३ हजार रुपैयाँको भारी नगद पुरस्कार जितेकी छन् । यामाहा नेपालले चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिरहेको ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ योजनाअन्तर्गत उनले यो ग्रान्ड प्राइज हात पारेकी हुन् ।
रायमाझीले बुटवलस्थित यामाहाको आधिकारिक शोरुम ‘बाइकर्ज बुटवल प्रा. लि.’ बाट Yamaha RayZR 125-FI Street Rally Hybrid स्कुटर खरिद गरेकी थिइन् । सोही खरिदका क्रममा भाग्यशाली डिजिटल लक्की ड्रमार्फत उनले १० लाख ३ हजार रुपैयाँको ग्रान्ड क्यासब्याक जित्न सफल भएकी हुन् ।
ग्रान्ड प्राइज जितेपछि खुसी व्यक्त गर्दै सरस्वती खनाल रायमाझीले भनिन्, “यामाहा RayZR खरिद गर्नु आफैँमा निकै उत्साहजनक अनुभव थियो । त्यसमाथि १० लाख ३ हजार रुपैयाँको ग्रान्ड प्राइज जित्दा यो अनुभव मेरा लागि अझ विशेष र अविस्मरणीय बनेको छ । यो उत्कृष्ट सरप्राइजका लागि म यामाहा नेपालप्रति हृदयदेखि नै आभारी छु ।”
कम्पनीका अनुसार ग्राहकलाई केवल उत्कृष्ट राइडिङ अनुभवमा मात्र सीमित नराखी चाडपर्वको अवसरमा थप खुसी र मूल्य प्रदान गर्ने उद्देश्यले यो योजना ल्याइएको हो । सरस्वतीले ग्रान्ड प्राइज जितिसके पनि यामाहाको चाडपर्व लक्षित ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ अभियान अझै जारी रहेको छ ।
यस योजनाअन्तर्गत यामाहाका बाइक तथा स्कुटर खरिद गर्दा ग्राहकहरूले अझै पनि १० लाख रुपैयाँसम्मको नगद पुरस्कार तथा अन्य आकर्षक उपहारहरू जित्ने अवसर प्राप्त गर्न सक्नेछन् ।
आईसीटी समाचार