पूर्वाधार
सेन्ट्रल बिजनेस पार्कमा आगजनी भएपछि क्लाउड हिमालयलाई करोडौंको क्षति
थापाथलीको सेन्ट्रल बिजनेस पार्कमा आगजनी भएपछि क्लाउड हिमालयलाई करोडौंको क्षति भएको छ । सेन्ट्रल बिजनेस पार्कको चौथो तलामा क्लाउड हिमालयको डेटा सेन्टर रहेको थियो ।
जेनजी प्रदर्शनका क्रममा कान्तिपुरको कार्यालय भन्दै सेन्ट्रल बिजनेस पार्कमा आगजनी भएको थियो । जबकी त्यहाँ केही तलमा मात्रै कान्तिपुरको कार्यालय छ । अन्यमा एक दर्जन बढी कर्पोरेट अफिसहरू थिए ।
क्षतिको यकिन तथ्यांक आउन बाँकी रहेपनि प्रारम्भिक अनुमाना करोडौंको क्षति भएको अनुमान गरिएको छ । क्लाउड हिमालयका प्रबन्ध निर्देशक निरञ्जन श्रेष्ठले क्षतिको यकिन तथ्यांक केही दिनमा आउने बताए ।
‘क्षतिको वास्तविक तथ्यांक आउन अझै केही दिन लाग्ला । व्यवसायका लागि बैंकबाट ऋण लिएका छौं,’ उनले आइसिटी समाचारसँग भने, ‘आईटीको पूर्वाधार खरिद गर्न करौडौंको रूपैयाँ लाग्छ । यहाँ भएको पूर्वाधार सबै जलेर नष्ट भएको छ ।’
क्लाउड हिमालयमा बैंक तथा वित्तीय संस्था, इन्टरनेट सेवा प्रदायक, टिकटक, टीएमएस लगायतका डेटाहरू होस्ट गरिएको थियो । अहिले त्यहाँ भएका सर्भरहरू निकाल्ने काम भइरहेको छ ।
‘यहाँ भएका सर्भरहरू चलिहाल्छ कि भनेर निकाल्ने प्रयास गरिरहेका छौं । संवेदनशील डेटाहरू छन् । यो डेटा तपाई हाम्रो हो,’ श्रेष्ठले भने, ‘पुरै पड्किएका छन् । हिजोसम्म आगो बलिरहेको थियो । ज्यान जोखिममा राखेर पनि काम गरिरहेका छौं ।’
क्लाउड हिमालयको डिजास्टर रिकभर साइट इटहरीमा रहेको छ । काठमाडौंको डेटा सेन्टर जलेपछि कम्पनीले ब्याकअपको रूपमा रहेको डिजास्टर रिकभर साइट इटहरीमार्फत सेवा प्रदान गरिरहेको छ ।
आगो निभाउनका लागि सहयोगको गुहार गर्दा पनि कतैबाट सहयोग नपाएको श्रेष्ठको गुनासो छ । उनीहरूको सरकारी निकायमा आगो निभाउन सहयोगको कुरा राखेका थिए ।
कतिले बाल्टीमा पानी बोकेर निभाउनसम्म भनेका थिए । बाल्टीमा पानी बोकेर त्यति ठूलो आगो निभाउन सम्भव छ ? भन्दै उनले प्रश्न गरे । ‘सहयोगका लागि हात जोड्यो, खुट्टा ढोग्यौं तर कतैबाट सहयोग भएन,’ निराश हुँदै श्रेष्ठले अगाडि भने ।
क्लाउड हिमालयमा काम गर्ने ३-४ जना कर्मचारी झण्डै आगजनीमा परेका थिए । राष्ट्र बैंकतर्फ भएको ढोकाबाट नभागेको भए उनीहरूको ज्यान सम्म जान सक्ने सम्भावना रहेको उनको भनाइ छ ।
आफुहरूले शान्तिपूर्ण जेनजी प्रदर्शनको समर्थन गरेपनि सम्पत्तिमा तोडफोड, आगजनी गर्ने खालको प्रदर्शनबाट कसैलाई फाइदा नहुने श्रेष्ठ बताउँछन् ।
क्लाउड हिमालयले डेटा सेन्टर निर्माण गरेर नेपालको डेटा नेपालमै राखिरहेको छ । बाहिर जान दिएको छैन् । कम्पनीमा अहिले ६०-७० जना इन्जिनियरले रोजगारी पाएका छन् ।
करोडौं लगानी खरानी भएपछि उनले प्रश्न गरे - अब कसरी गर्ने व्यवसाय ? आँट आउँछ ? ६०-७० जना इन्जिनियर अब कहाँ जाने काम गर्न ?
पूर्वाधार
मध्यपहाडी लोकमार्ग अन्तर्गतको गण्डकी र लुम्बिनी खण्डमा अप्टिकल फाइबर बिछ्याउने बाटो खुल्यो
मध्यपहाडी लोकमार्ग अन्तर्गतको गण्डकी–लुम्बिनी खण्डमा अप्टिकल फाइबर बिछ्याउने बाटो खुलेको छ ।
गण्डकी र लुम्बिनीमा फाइबर बिच्छ्याउन अग्राधिकारका लागि न्यायालयमा गएका छौः मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गण्डकी र लुम्बिनी प्रदेशमा अप्टिकल फाइबरमा विस्तार कार्य अगाडि बढाउन न्यायालयमा अग्राधिकारका निम्ति अनुरोध गर…
टेरामक्स लागु नगर्न लेखा समितिको निर्देशन, सुक्ष्म अनुसन्धान गर्ने जिम्मा अख्तियारलाई
लेखा समितिले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड मोनिटरिङ सिस्टम (टेरामक्स) लागु नगर्न निर्देशन दिएको छ ।
रुकुमकोटमा पुग्यो नेपाल टेलिकमको फाइबर सेवा
नेपाल टेलिकमले रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा एफटीटीएच (फाइबर टु द होम) प्रविधिमार्फत एनटी फाइबर सेवा उपलब्ध गराउन तयारी…
कोशी प्रदेशमा अप्टिकल फाइबर सहप्रयोगका लागि उपलब्ध गराउँदै नेपाल टेलिकम
नेपाल टेलिकमले कोशी प्रदेशमा अप्टिकल फाइबर अन्य दूरसञ्चार सेवा प्रदायकलाई सह-प्रयोगका लागि उपलब्ध गराउने भएको छ ।
अब नेपाल टेलिकमको पूर्वाधारमा क्षति पुर्याए कारबाही गरिने चेतावनी
अब पूर्वाधारमा क्षति पुर्याए कारबाही गरिने नेपाल टेलिकमले चेतावनी दिएको छ । विगत…
पूर्वाधारमा लगानी, युवाको कर्मले डिजिटल अर्थतन्त्रमा आम्दानी
उत्साहजक सहभागीतासहित २ दिने ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३ समापन भएको …
डिजिटल क्षमता विकास गर्न पूर्वाधारमा जोड दिन जरुरी छ : प्रधानमन्त्री प्रचण्ड
८ असार, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले डिजिटल क्षमता विकास…
देशभर उच्च गतीको इन्टरनेट दिन पूर्वाधार विस्तार र पहुँच वृद्धिका कार्यक्रमलाई तीव्रता दिइने
सरकारले देशभर उच्च गतीको इन्टरनेट उपलब्ध गराउन पूर्वाधार विस्तार र पहुँच वृद्धिका क…