कीवर्डहरू -

उर्जा

असारको बिजुली बिलमा भ्याट विवाद : मन्त्रीको चासोपछि प्राधिकरणले माग्यो आन्तरिक राजस्वको राय

काठमाडौं । असार महिनामा खपत भएको विद्युत्को बिलमा मूल्य अभिवृद्धि कर (भ्याट) समावेश गरिएपछि उपभोक्ताबाट व्यापक गुनासो आएसँगै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणलाई उपभोक्ताको हित सुनिश्चित हुने गरी आवश्यक पहल गर्न निर्देशन दिनुभएको छ ।

आर्थिक ऐन, २०८३ अनुसार साउन १ गतेदेखि विद्युत् सेवामा भ्याट लागू हुने व्यवस्था भए पनि असार महिनाको खपतमा समेत भ्याट जोडेर बिल पठाइएको भन्दै उपभोक्ताले विरोध जनाएका थिए । त्यसपछि मन्त्री श्रेष्ठले कानुनी र व्यवहारिक पक्ष स्पष्ट गरी उपभोक्तामाथि अतिरिक्त आर्थिक भार नपर्ने गरी समाधान खोज्न प्राधिकरणलाई निर्देशन दिनुभएको हो ।

मन्त्री श्रेष्ठले कर कार्यान्वयनका क्रममा देखिएको अन्योल तत्काल हटाउन र उपभोक्तालाई अन्याय हुने अवस्था सिर्जना हुन नदिन सम्बन्धित निकायलाई आवश्यक पहल गर्न आग्रह गर्नुभएको छ ।

मन्त्रीको निर्देशनपछि नेपाल विद्युत् प्राधिकरणले असार महिनाको विद्युत् खपतमा जारी गरिएको बिलमा भ्याट लाग्ने वा नलाग्ने विषयमा स्पष्ट कानुनी व्याख्याका लागि आन्तरिक राजस्व विभागसँग औपचारिक राय मागेको जनाएको छ ।

प्राधिकरणले न्यूनतम डिमान्ड चार्जमा समेत भ्याट लागू हुने वा नहुने विषयमा विभागको धारणा मागेको छ । विभागबाट प्राप्त हुने आधिकारिक रायका आधारमा आगामी महिनाको विद्युत् बिलमा आवश्यक मूल्य समायोजन गरिने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार यस प्रक्रियाबाट असार महिनाको विद्युत् बिलमा भ्याटसम्बन्धी देखिएको अन्योल हट्ने र उपभोक्ताको गुनासोको उचित सम्बोधन हुने अपेक्षा गरिएको छ ।

उर्जा

इप्पान नेतृत्व संरचना परिवर्तनको तयारीमा, अधिवेशन शुक्रबार

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४ औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशन शुक्…

विद्युत् नियमन आयोगको नेतृत्वका लागि खुला प्रतिस्पर्धा, अध्यक्ष पदमा १० जनाको आवेदन

काठमाडौं । विद्युत् नियमन आयोगका रिक्त पदाधिकारी चयन प्रक्रिया औपचारिक रूपमा अगाडि बढेको छ । आयोगको अध्यक्ष प…

५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले विद्युत खपतमा लगाएको मूल्…

शहरी खानेपानी तथा उर्जा सेवालाई प्रविधिबाट स्तरोन्नती गर्न सरोकारवालाको जोड

नेपालमा शहरी खानेपानी तथा उर्जा सेवामा पछिला समय विकास भएका विश्वमा प्रविधिको प्र…