कन्फेरेन्स
वर्डक्याम्प पोखरा आयोजना हुँदै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्राविधिक विज्ञहरू समेत सहभागी हुने
वर्डप्रेस र खुला वेब प्रविधिको प्रवर्द्धनमा केन्द्रित प्राविधिक सम्मेलन वर्डक्याम्प पोखरा २०२५ यही जेठ ३० र ३१ गते पोखरामा आयोजना हुने भएको छ ।
दुई दिने यो सम्मेलनमा नेपालभित्रका साथै भारत र बंगलादेशबाट पनि सूचना प्रविधि (आईटी) विज्ञहरू सहभागी हुने पक्का भइसकेको छ । पोखरा इभेन्ट सेन्टर, बुलौदीमा हुने वर्ड क्याम्पलाई प्रविधिको महाकुम्भ मेलाको रुपमा समेत हेरिएको छ।
सामुदायिक योगदान, ज्ञान आदानप्रदान र खुला प्रविधिको भावनालाई आत्मसात् गर्दै आयोजना हुँदै आएको यो कार्यक्रम विश्वभरका वर्डप्रेस प्रेमीहरूको साझा मञ्च हो।
कार्यक्रमको पहिलो दिन कन्ट्रीब्युटर डेको रूपमा सहभागीहरूले वर्डप्रेसको विकासमा प्रत्यक्ष योगदान दिने अवसर पाउनेछन् । अनुवाद, डिजाइन, डकुमेन्टेसन, कोडिङ, र प्रयोगकर्ता सहायता जस्ता विविध विधामा सहभागी भएर वर्डप्रेसलाई अझ मजबुत बनाउने कार्य गरिनेछ। अनुभव नभएकाहरूका लागि पनि सिक्ने र सँगसँगै योगदान गर्ने उत्कृष्ट अवसर हुनेछ।
दोस्रो दिन सम्मेलन हुनेछ । जहाँ विभिन्न सत्रहरू, प्यानल छलफल र छोटो प्रस्तुतिहरू रहनेछन् । भारत र बंगलादेशका अनुभवी आईटी विज्ञहरूले विभिन्न विषयमा आफ्ना प्रस्तुति दिनेछन् — वेब विकास, सामग्री रणनीति, पहुँच (बअअभककष्दष्ष्तिथ), उद्यमशीलता र खुला वेबको भविष्य जस्ता विषयहरू समेटिनेछन्।
वर्डक्याम्प पोखराको विशेषता भनेको यसको सामुदायिक स्वरूप हो। नेपाल र विदेशबाट आउने सहभागीहरू — स्पिकरहरू समेत — आफ्नो यात्रा खर्च आफैँ व्यहोरेर सम्मेलनमा सहभागी हुँदैछन्। स्थानीय स्वयंसेवकहरूद्वारा पूर्ण रूपमा व्यवस्थापन गरिएको यो कार्यक्रम वर्डप्रेस समुदायको आत्मनिर्भरता र सहकार्यको प्रतीक बनेको छ ।
सम्मेलनमा सहभागी हुन चाहनेहरूले १५०० रूपैयाँमा टिकट किन्न सक्नेछन्। यो शुल्कमा कार्यक्रमको प्रवेश, टिसर्ट, लन्च र कफी समावेश छ ।
साथै, विभिन्न भुक्तानी साझेदारहरूमार्फत अतिरिक्त छुटहरू पनि उपलब्ध छन्। कार्यक्रममा करिब ८०० जनाको सहभागिता रहने आयोजकले अनुमान गरेका छन्। कार्यक्रमको बारे थप जानकारी लिन र टिकट किन्न यहाँ क्लिक गर्नुहोस् ।
कन्फेरेन्स
डिजिटल नेपाल कन्क्लेभ २०२४ सम्पन्न, डिजिटलाइजेसन र विकासमाथि वृहत छलफल
आइसिटी फाउन्डेसन नेपालले आयोजना गरेका तेस्रो संस्करणको डिजिटल नेपाल कन्क्लेभ २०२४ सम्पन्न भएको छ । गत शुक्रबार काठमाडौंको म्यारि…
शुक्रबार डिजिटल नेपाल कन्क्लेभ २०२४ आयोजना हुँदै, डिजिटलाइजेसन र विकासको तालमेलमा केन्द्रित हुने
यही जेष्ठ २५ गते शुक्रवार डिजिटल नेपाल कन्क्लेभको तेस्रो संस्करण आयोजना हुदैछ । आइसिटी फाउण्डेसन नेपालले आयोजना गर्ने डिजिटल ने…
डिजिटल नेपाल कन्क्लेभमा डिजिटल प्रडक्ट, परियोजना र इनिसियटिभ्सहरू प्रदर्शनी गर्न सकिने
आगामी जेठ २५ गते काठमाडौंको म्यारियट होटलमा आयोजना हुने डिजिटल ने…
बिहीबारदेखि नेपालमा पहिलो पटक ‘सहकारी डिजिटल कन्क्लेभ’ हुँदै
राष्ट्रिय सहकारी महासंघको आयोजनामा यही चैत १ र २ गते याक एण्ड यति होटलमा हुने ‘प्रथम सहकारी डिजिलट कन्क्लेभ’को तय…
चैत १ र २ गते काठमाडौंमा पहिलो ‘कोअपरेटिभ डिजिटल कन्क्लेभ’ आयोजना हुँदै
चैत १ र २ गते काठमाडौंमा पहिलो ‘कोअपरेटिभ डिजिट…
लुम्बिनी प्रदेशमा फागुन १३ गते टेक कन्क्लेभ आयोजना हुँदै
लुम्बिनी प्रदेशमा टेक कन्कलेभ आयोजना हुने भएको छ । प्रविधिको क्षेत्रमा काम गर्दै आएको गैर- नाफामुलक संस्था कोड फर चेन्जले लुम्बिन…
शुक्रबार र शनिबार पोखरामा वर्डक्याम्प नेपाल
शुक्रबार र शनिबार वर्डक्याम्प नेपालको छैठौँ संस्करण बिरौटा स्थित होटल पोखरा ग्रान्डमा आयोजना हुने भएको छ । वर्डप्रेस नेपालले सन् २…
आईतबार मिनी एडटेक एआई कन्फेरेन्स हुँदै
आईतबार मिनी एडटेक एआई कन्फेरेन्स आयोजना हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, रोबोटिक्स एशोशिएसन नेपाल…
प्रेसिडेन्सियल आइटी कन्क्लेभ हुँदै
प्रेसिडेन्सियल बिजनेश स्कुलले न्यास आइटीसँगको सहकार्यमा प्रेसिडेन्सियल आइटी कन्क्लेभ २०२३ आयोजना गर्दैछ । शुक्रबार दिउँसो एक बजेबा…
सिमलेस एसिया कन्फेरेन्समा नेपालबाट सहभागी हुँदै लोजिका बिन्स
एफ वान सफ्ट ग्रुप अन्तर्गतको सफ्टवेयर विकास गर्ने कम्पनी लोजिकाबिन्स सिमलेस एसिया २०२…
धुलिखेलमा दोस्रो पोस्टग्रे एसक्यूएल कन्फेरेन्स नेपाल सम्पन्न
दोस्रो पोस्टग्रे एसक्यूएल कन्फेरेन्स नेपाल सम्पन्न भएको छ ।
व…
काठमाडौं विश्वविद्यालयमा कम्युनिकेसन एण्ड इन्फर्मेसन प्रोसेसिङ कन्फेरेन्स सम्पन्न
शुक्रबार काठमाडौं विश्वविद्यालय धुलिखेलमा आयोजना भएको कम्युनिकेसन एण्ड इन्फर्मेसन प्र…