कीवर्डहरू -

प्रदर्शनी

नाडा अटो शो २०२६ मा यामाहाका नयाँ भेरियन्टहरू सार्वजनिक हुँदै

काठमाडौं । यामाहाले विभिन्न शैली, आवश्यकता र रुची भएका राइडरहरूका लागि नयाँ भेरियन्टहरू नाडा अटो शो २०२६ मा सार्वजनिक गर्ने भएको छ । नेपालमा यामाहाको बढ्दो range मा नयाँ विकल्पहरू थप्दै यसपटक नाडामा यामाहा एरोक्स १५५ एस (Aerox 155 S), फेसिनो एस र डिस्क (Fascino S and Disc) तथा आर १५ एस (R15 S) का नयाँ भेरियन्टहरू सार्वजनिक गरिनेछन् ।

यामाहा एरोक्स १५५ एस विशेष गरी पर्फर्मेन्स र डायनामिक राइडिङ अनुभव मन पराउने राइडरहरूका लागि तयार पारिएको हो । यसको स्पोर्टी डिजाइन, १५५ सीसीको इन्जिन र कि-लेस (keyless) फिचरले स्कुटरमै मोटर साइकल चलाएको जस्तो अनुभव गराउँछ ।

कि-लेस फिचरको मद्दतले चाबी विना नै इन्जिन सुरु गर्न सकिन्छ, जसले दैनिक प्रयोगमा निकै सहजता प्रदान गर्छ । पर्फर्मेन्स र स्पोर्टी राइडको मज्जा लिँदै व्यावहारिक स्कुटर खोज्नेहरूका लागि यो उत्कृष्ट छ रोजाइ बन्नेछ ।

स्टाइललाई प्राथमिकता दिनेहरूका लागि यामाहाले नयाँ फेसिनो एस हाइब्रिड र फेसिनो डिस्क हाइब्रिड भेरियन्टहरू ल्याएको छ । आकर्षक डिजाइन र दैनिक रूपमा चलाउन सहज यी नयाँ हाइब्रिड भेरियन्टहरूले आरामदायी यात्राका साथै राइडरको व्यक्तिगत शैलीलाई पनि झल्काउँछन् ।

आर १५ एस र आर १५ एम (R15 S and R15 M) भेरियन्टहरूले यामाहाको लोकप्रिय आर सिरिजलाई अझ परिमार्जन गरेर प्रस्तुत गर्नेछन् । नयाँ आर इन्स्टिंक्ट अवधारणामा आधारित यी मोडलहरूबाट उत्कृष्ट रोड प्रेजेन्स र रोमाञ्चक राइडिङ अनुभव खोज्ने स्पोर्टी मोटरसाइकल प्रेमीहरूले विशेष अपेक्षा राखेका छन् ।

आर १५ सिरिज पहिलेदेखि नै नेपालमा यामाहाको पर्फर्मेन्स लाइन-अपको महत्त्वपूर्ण हिस्सा रहँदै आएको छ । यी नयाँ थपिएका मोडलहरूबारे बोल्दै MAW ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवालले भन्नुभयो, “नेपालको बढ्दो राइडर समुदायसँग जोडिनका लागि नाडा हामी एउटा महत्त्वपूर्ण मञ्च हो । यामाहाका यी नयाँ भेरियन्टहरू मार्फत हामी पर्फर्मेन्स, प्रविधिदेखि स्टाइल र व्यक्तित्वसम्मका विभिन्न आवश्यकताहरू पूरा गर्ने उत्पादनहरू ल्याउँदैछौँ । हामीलाई विश्वास छ यी नयाँ मोडलहरूले राइडिङ प्रेमीहरूमाझ ठूलो उत्साह जगाउनेछन् ।”

त्यस्तै, MAW राइड्स प्रालिका कार्यकारी निर्देशक तथा सीईओ दीपक कुमार अग्रवालले भन्नुभयो, “नेपाली राइडरहरूको बदलिँदो रुचिअनुसारका उत्पादनहरू ल्याउनुमा यामाहा सधैँ केन्द्रित रहँदै आएको छ । नयाँ एरोक्स १५५ एस, फेसिनो हाइब्रिड भेरियन्टहरू र आर १५ एसले यामाहाका विभिन्न विशेषताहरू झल्काउँछन् र यी मोडलहरू नाडामा सार्वजनिक गर्न पाउँदा हामी उत्साहित छौं । यी नयाँ
भेरियन्टहरूले के कस्ता विशेषताहरू लिएर आएका छन् भन्ने कुरा आगन्तुकहरूले नजिकबाट अवलोकन गर्न पाउनुहुनेछ भन्ने हामीले अपेक्षा गरेका छौँ ।”

नाडा अटो शो २०२६ मा यामाहाका यी नयाँ भेरियन्टहरू आधिकारिक रूपमा सार्वजनिक गरिनेछन् । यसले आगन्तुकहरूलाई यामाहाका नवीनतम उत्पादनहरू अनुभव गर्ने र पर्फर्मेन्स, स्टाइल तथा इनोभेसनप्रतिको ब्रान्डको प्रतिबद्धता बुझ्न अवसर प्रदान गर्नेछ । हरेक वर्ष थुप्रै अटोप्रेमी तथा खरिदकर्ताहरूलाई आकर्षित गर्ने नाडा नेपालको सबैभन्दा ठूलो अटोमोबाइल लन्च हुने मञ्चहरूमध्ये एक हो ।

प्रदर्शनी

स्वदेशी उत्पादनदेखि एआई–रोबोटिक्ससम्म : भदौ ९ देखि नाडा अटो शो

काठमाडौं । आगामी भदाै ९ गतेदेखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा १८ औँ नाडा अटो–शो भव्य रूपमा आय…

१ लाख ८० हजारभन्दा बढी अवलोकनकर्तासहित नाइमा मोबिलिटी एक्स्पो सम्पन्न

काठमाडौं । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ समापन भएको छ । साउन २६ गते भव्य कार्यक्रमबीच औपचारिक उद्घाटन भए…

नाइमा एक्स्पोको क्रेज : पाँच दिनमै डेढ लाखभन्दा बढीको उपस्थिति

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ साउन ३१ गते आइतब…

नाइमा एक्स्पोमा चार दिनमै एक लाखभन्दा बढी दर्शक, शनिबार आइतबार अझ विशेष आकर्षण

काठमाडौं । भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा अपेक्षाभन्दा धेरै अवलोकनकर्…

नाइमा नेपाल मोबिलिटी एक्स्पोको तेस्रो दिन : वर्षाका बाबजुद पनि अवलोकनकर्ताको उल्लेख्य घुइँचो

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा भारी वर्षाका ब…

अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापन : सरोकारवाला के भन्छन् ?

काठमाडौं । अटो फाइनान्सिङमा कर्जा प्रवाह बढ्दै जाँदा जोखिम व्यवस्थापन, बीमा दाबी र सहज कर्जा प्रवाहमा सरोकारवा…

नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा

काठमाडाैं । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का लागि आयोजक नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स …

नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण, बुकिङ पनि उच्च

काठमाडौं । भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा अवलोकनक…

नाइमा मोबिलिटी एक्स्पो आजदेखि सुरु, विद्युतीय र नवीनतम सवारी साधनको भव्य प्रदर्शनी

काठमाडाैं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) काे आयाेजनामा आज साउन २६ देखि …

नोभेम्बर २१-२२ मा हेरिटेज गार्डेनमा NAS-IT Expo 2026 आयोजना हुँदै

काठमाडौं । नेपाल एसोसिएसन फरसफ्टवेयर एण्ड आईटीसर्भिसेस कम्पनीज (NAS-IT) ले आगामी नोभेम्बर २१–२२, २०२६…

विद्यार्थीका ५५ बढी टेक परियोजना प्रदर्शन गर्दै ‘प्रेसिडेन्सियल इन्नोभिस्टा २.०’ सम्पन्न

काठमाडौं । प्रेसिडेन्सियल ग्राजुएट स्कुलले आयोजना गरेको कृत्रिम बुद्धिमत्ता (एआई), रोबोटिक्स, साइबर सुरक्षा, सफ्…

विद्यार्थीका टेक परियोजनाहरूको प्रदर्शनी सुरु, लगानीकर्ता र स्टार्टअपसँग जोड्ने लक्ष्य

काठमाडौं । विद्यार्थीले निर्माण गरेका कृत्रिम बुद्धिमत्ता, रोबोटिक्स, साइबर सुरक्षा, सफ्टवेयर र डिजिटल इनोभेसनस…

एआईदेखि रोबोटिक्ससम्म, विद्यार्थीका ५५ बढी नवप्रवर्तन एकै ठाउँमा

काठमाडौं । टेक एवं विजनेस कार्निभल ‘प्रेसिडेन्सियल इन्नोभिस्टा २.०, २०२६’ काठमाडौंमा सुरु हुँदै…

विद्युत र प्रविधिको अन्तर्राष्ट्रिय प्रदर्शनी ‘फिन इलेक्ट्रो-टेक २०२६’ जेठ २२ देखि सुरु हुँदै

काठमाडौं । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा विद्युत, इलेक्ट्रोनिक्स, सञ्चार, सूचना प्रविधि तथा वैकल्प…

साइबर सुरक्षादेखि हेल्थकेयरसम्म: ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ मा नेपाली टेक कम्पनीलाई अवसर

काठमाडौं । नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रका नवप्रवर्तनकारी उत्पादन तथा सेवाहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रव…