काठमाडौं । नेपालका लागि TVS मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले कात्तिक १२ देखि १८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘अचम्मैको महा एक्सचेन्ज मेला’ आयोजना गर्ने भएको छ । सात दिनसम्म सञ्चालन हुने मेलामा ग्राहकले आफ्ना पुराना दुई पाङ्ग्रे सवारी साधन एक्सचेन्ज गरी नयाँ TVS मोटरसाइकल वा स्कुटर खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।
मेलामा एक्सचेन्जसँगै विभिन्न छुट, क्यासब्याक, पुरस्कार तथा फाइनान्स सुविधा उपलब्ध गराइनेछ । कम्पनीका अनुसार मेलाको प्रमुख आकर्षण ‘TVS गोल्डेन की अफर’ रहनेछ । यसअन्तर्गत ग्राहकले सवारी साधनको खरिद मूल्यको १०० प्रतिशतसम्म क्यासब्याक वा गोल्ड की तथा १० लाख रुपैयाँसम्म नगद छुट प्राप्त गर्ने अवसर पाउनेछन् । अफरमा सर्त तथा नियम लागू हुनेछन् ।
त्यस्तै, मेलाको अवधिभर हरेक दिन दुई जना भाग्यशाली ग्राहकले पाँच वर्षसम्म नि:शुल्क सर्भिसिङ सुविधा पाउने कम्पनीले जनाएको छ । पुराना मोटरसाइकल तथा स्कुटरको मूल्यांकनका लागि मेलामा ५० जनाभन्दा बढी अनुभवी भ्यालुएटर परिचालन गरिनेछ । कम्पनीले ग्राहकलाई पुरानो सवारी साधनको प्रतिस्पर्धी एक्सचेन्ज मूल्य उपलब्ध गराउने उद्देश्यले यस्तो व्यवस्था गरिएको जनाएको छ ।
नयाँ TVS सवारी साधन खरिद गर्ने ग्राहकका लागि मेलास्थलमै फाइनान्स सुविधा पनि उपलब्ध हुनेछ । नागरिकता र सवारी चालक अनुमतिपत्रका आधारमा आवश्यक योग्यता तथा वित्तीय संस्थाका सर्त पूरा गर्ने ग्राहकले छिटो फाइनान्स प्रक्रिया अघि बढाउन सक्ने कम्पनीले जनाएको छ ।
जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले मेलामार्फत ग्राहकलाई एक्सचेन्ज मूल्यांकन, विशेष अफर र फाइनान्स सुविधा एउटै स्थानमा उपलब्ध गराउन लागिएको बताए । उनका अनुसार नयाँ TVS मोटरसाइकल वा स्कुटरमा अपग्रेड गर्न चाहने ग्राहकका लागि खरिद प्रक्रिया सहज र किफायती बनाउने उद्देश्यले मेला आयोजना गरिएको हो ।
कम्पनीले नयाँ मोटरसाइकल वा स्कुटर खरिद गर्ने योजना बनाएका ग्राहकलाई कात्तिक १२ देखि १८ गतेसम्म भृकुटीमण्डपमा उपस्थित भई पुरानो सवारी साधनको मूल्यांकन गराउन र उपलब्ध अफरको लाभ लिन आग्रह गरेको छ । शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्स प्रा.लि. नेपालका लागि TVS मोटर कम्पनीको आधिकारिक वितरक हो । कम्पनी सन् २०१५ देखि नेपाली बजारमा सक्रिय रहेको छ ।
आईसीटी समाचार