कीवर्डहरू -

आईएमई खल्तीको कार्यवाहक प्रमुख कार्यकारी अधिकृतमा आशिष गौतम नियुक्त

आईएमई खल्तीको कार्यवाहक प्रमुख कार्यकारी अधिकृतमा आशिष गौतम नियुक्त

काठमाडौं । आईएमई खल्ती लिमिटेडको कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा आशिष गौतम नियुक्त भएका छन् । कम्पनीले गौतमलाई कार्यवाहक सीईओको जिम्मेवारी प्रदान गरेको जानकारी दिएको हो ।

नयाँ जिम्मेवारीसँगै उनले कम्पनीको रणनीतिक प्राथमिकतालाई अघि बढाउने, नवप्रवर्तनलाई थप सुदृढ बनाउने तथा कम्पनीको समग्र व्यावसायिक वृद्धि र विस्तारमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।

गौतमको नेतृत्वमा आईएमई खल्तीले डिजिटल भुक्तानी तथा वित्तीय प्रविधिको क्षेत्रमा आफ्नो सेवा र नवप्रवर्तनलाई थप प्रभावकारी बनाउँदै नयाँ उपलब्धि हासिल गर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ ।

कम्पनीले गौतमलाई नयाँ जिम्मेवारीका लागि बधाई दिँदै उनको कार्यकाल सफल रहने विश्वास समेत व्यक्त गरेको छ ।