कीवर्डहरू -

आईफोन डुओको फोल्डेबल डिस्प्लेको कभर लेयर फेर्न सकिने

आईफोन डुओको फोल्डेबल डिस्प्लेको कभर लेयर फेर्न सकिने

काठमाडौं । एप्पलले आफ्नो फोल्डेबल आईफोन डुओको भित्री डिस्प्लेमा प्रयोग गरिएको कभर लेयर बिग्रिएमा वा घिसिएमा प्रतिस्थापन गर्न सकिने जनाएको छ । एप्पलकी हार्डवेयर इन्जिनियरिङ उपाध्यक्ष केट बर्जेरोनले कभर लेयर हटाएर नयाँ तह राख्न सकिने जानकारी दिएकी हुन् ।

यो तहले फोल्डेबल डिस्प्लेको बीचमा देखिने क्रिजलाई कम देखाउन मद्दत गर्छ । एप्पलका अनुसार कभर लेयर लामो समयसम्म राम्रो अवस्थामा रहोस् भनेर कम्पनीले उल्लेख्य इन्जिनियरिङ कार्य गरेको छ । तर, लामो समयको प्रयोगपछि तह घिसिएमा वा डिस्प्लेको क्रिज बढी देखिन थालेमा ग्राहकले नयाँ कभर लेयर राख्न सक्नेछन् ।

अमेरिकामा एप्पलकेयर प्लस भएका ग्राहकका लागि यसको प्रतिस्थापन शुल्क १९ अमेरिकी डलर तोकिएको छ । एप्पलकेयर प्लस नभएका ग्राहकका लागि भने एप्पलले शुल्क सार्वजनिक गरेको छैन ।

कभर लेयर प्रतिस्थापन एप्पल स्टोर तथा आधिकारिक सेवा प्रदायकमार्फत हुने सम्भावना छ । प्रयोगकर्ताले आफैं उक्त तह हटाएर नयाँ राख्न पाउने वा नपाउने विषयमा भने कम्पनीले स्पष्ट गरेको छैन । आईफोन डुओको प्रि-अर्डर अक्टोबर १६ देखि सुरु हुने र अक्टोबर २३ देखि बजारमा उपलब्ध हुनेछ । एएनआई