कीवर्डहरू -

टाटा गुरुहरूको दक्षता अभिवृद्धि गर्न सिप्रदीको ६ दिने BS-6 तालिम सुरु

टाटा गुरुहरूको दक्षता अभिवृद्धि गर्न सिप्रदीको ६ दिने BS-6 तालिम सुरु

काठमाडौं । नेपालका लागि TATA Genuine Parts को आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स प्रा. लि. र सिप्रदियन सहायता संस्थाको संयुक्त आयोजनामा टाटा कमर्सियल गाडीमा कार्यरत प्राविधिक जनशक्ति (टाटा गुरु) को सीप तथा दक्षता अभिवृद्धि गर्ने उद्देश्यले ‘टाटा BS-6 तालिम प्रशिक्षण कार्यक्रम’ सुरु भएको छ ।

कार्तिक १५ गतेदेखि सुरु भएको उक्त ६ दिने प्रशिक्षण कार्यक्रम आगामी कार्तिक २० गतेसम्म सञ्चालन हुनेछ । देशका विभिन्न १४ स्थानमा आयोजना हुने कार्यक्रममा हेटौंडा, बिर्तामोड, विराटनगर, दमक, धनगढी, पर्सा/टाँडी, इटहरी, नारायणघाट, मिर्चैया, पोखरा, भैरहवा, ढल्केवर, दाङ/घोराही र वीरगञ्जमा तालिम सञ्चालन गरिनेछ ।

कार्यक्रममा टाटा कमर्सियल गाडीका प्राविधिक तथा इलेक्ट्रिसियन टाटा गुरुहरूलाई लक्षित गरी आधुनिक सवारी प्रविधि तथा BS-6 (भारत स्टेज–६) सवारी प्रविधिसम्बन्धी प्राविधिक ज्ञान र सीप प्रदान गरिनेछ ।

प्रशिक्षणमा विद्युतीय प्रणालीको आधारभूत ज्ञान, ब्याट्रीको संरचना तथा कार्यप्रणाली, भोल्टेज, करेन्ट, रेसिस्टेन्स, विद्युतीय सर्किट, मल्टिमिटरको प्रयोग तथा सवारी साधनको स्टार्टिङ र चार्जिङ सिस्टमसम्बन्धी विषय समेटिएका छन् । साथै, BS-6 इन्जिन म्यानेजमेन्ट सिस्टमअन्तर्गत सेन्सर, ECU र एक्टुएटरको कार्यप्रणालीबारे पनि जानकारी दिइनेछ ।

त्यसैगरी, सवारी साधनको उत्सर्जन नियन्त्रण प्रणालीअन्तर्गत SCR तथा LNT सिस्टमको परिचय, तिनका विभिन्न कम्पोनेन्टको पहिचान र कार्यप्रणाली, सिस्टमको सर्किट विश्लेषण, रिजेनेरेसन प्रक्रिया तथा डायग्नोस्टिक टुल्सको प्रयोग गरी प्राविधिक समस्या पहिचान र निदान गर्ने विषयमा समेत प्रशिक्षण दिइनेछ ।

यस कार्यक्रमले टाटा कमर्सियल गाडीको मर्मत तथा सर्भिसिङमा संलग्न प्राविधिक जनशक्तिलाई आधुनिक सवारी प्रविधिसँग परिचित गराउनुका साथै उनीहरूको प्राविधिक दक्षता, समस्या समाधान गर्ने क्षमता र व्यावसायिक सीप अभिवृद्धि गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

प्राविधिक जनशक्तिको क्षमता विकास, नवीनतम सवारी प्रविधिसम्बन्धी ज्ञानको विस्तार तथा गुणस्तरीय सर्भिसिङ सेवालाई प्रोत्साहन गर्ने उद्देश्यले सिप्रदी अटोपार्ट्स र सिप्रदियन सहायता संस्थाले संयुक्त रूपमा उक्त कार्यक्रम सञ्चालन गरेका हुन् ।