कीवर्डहरू -

नि:शुल्क उद्यमशीलता विकास तालिम सञ्चालन गर्दै IEDI, कात्तिक ३० सम्म आवेदन दिन सकिने

नि:शुल्क उद्यमशीलता विकास तालिम सञ्चालन गर्दै IEDI, कात्तिक ३० सम्म आवेदन दिन सकिने

काठमाडौं । आफ्नै व्यवसाय सुरु गर्न चाहने युवालक्षित गरी औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (IEDI) ले एक हप्ते नि:शुल्क उद्यमशीलता विकास तालिम (EDP) सञ्चालन गर्ने भएको छ । प्रतिष्ठानले तालिममा सहभागी हुन इच्छुक व्यक्तिहरूबाट आवेदन माग गरेको छ ।

प्रतिष्ठानका अनुसार तालिममा सहभागीलाई आफ्नो व्यक्तिगत क्षमता मूल्याङ्कन गर्ने, उपयुक्त व्यवसाय छनोट गर्ने तथा व्यावसायिक योजना तयार गर्ने विषयमा प्रशिक्षण दिइनेछ । व्यवसाय सुरु गर्न चाहने तर त्यसको सुरुवात कसरी गर्ने भन्ने अन्योलमा रहेका व्यक्तिलाई लक्षित गरी तालिम सञ्चालन गर्न लागिएको हो ।

तालिममा सहभागी हुन न्यूनतम एसएलसी/एसईई वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ । त्यस्तै, १६ वर्ष पूरा भई ५० वर्ष ननाघेका व्यक्तिले आवेदन दिन सक्नेछन् । इच्छुक व्यक्तिले २०८३ कात्तिक १३ देखि ३० गतेसम्म आवेदन दिन सक्ने प्रतिष्ठानले जनाएको छ । आवेदन पठाउनुपर्ने इमेल ठेगाना [email protected] रहेको छ ।

प्रतिष्ठानले सार्वजनिक गरेको तालिकाअनुसार मंसिर ४ गते सम्पर्क मिति तोकिएको छ भने मंसिर ७ देखि ९ गतेसम्म अनलाइन माध्यमबाट अन्तर्वार्ता सञ्चालन हुनेछ । छनोट भएका सहभागीका लागि मंसिर १४ देखि २१ गतेसम्म तालिम सञ्चालन गरिनेछ ।

थप जानकारी तथा आवेदनसम्बन्धी विवरण प्रतिष्ठानको आधिकारिक वेबसाइट https://iedi.gov.np मा उपलब्ध रहेको छ । प्रतिष्ठान त्रिपुरेश्वर, काठमाडौंमा रहेको छ ।

null