कीवर्डहरू -

वाट्सएपका पाँच एण्टि-स्क्याम टुल्स, जसले तपाईंलाई ठगीबाट जोगाउन सक्छन्

वाट्सएपका पाँच एण्टि-स्क्याम टुल्स, जसले तपाईंलाई ठगीबाट जोगाउन सक्छन्

काठमाडौं । स्क्यामरहरू लगातार नयाँ-नयाँ तरिकाले मानिसहरूलाई स्क्याम गरिरहेका छन् । ओटीपीदेखि लिएर वास्तविकजस्तै देखिने मेसेजसम्मका अनेकौँ तरिकाबाट स्क्यामरहरुले मानिसहरूलाई आफ्नो शिकार बनाउँछन् । तर, वाट्सएपले तपाईंलाई यस्ता ठगीबाट सुरक्षित राख्नका लागि केही उपयोगी सेफ्टी टुल्स पनि दिएको छ ।

यी टुल्सको मद्दतले तपाईं आफ्नो अकाउन्टको सुरक्षा मजबुत बनाउनका साथै शंकास्पद गतिविधि पहिचान गर्न सक्नुहुन्छ । आउनुहोस्, वाट्सएपका यस्ता पाँच एण्टि-स्क्याम टुल्सबारे जानौं, जुन तपाईंका लागि निकै उपयोगी साबित हुन सक्छन्:

वाट्सएपका पाँच एण्टि-स्क्याम टुल्स

अनजान कालहरू साइलेंट गर्नुहोस्
यसले स्प्याम, स्क्याम र अनजान मानिसहरूका कलहरू स्वतः फिल्टर गर्छ । यसबाट तपाईंलाई शंकास्पद कलरबाट थप सुरक्षा मिल्छ । अनजान कल गर्ने व्यक्तिहरूका साइलेंट गरिएका कलहरू तपाईंले ‘कल’ ट्याब र आफ्ना नोटिफिकेसनमा देख्न सक्नुहुन्छ ।

कन्ट्याक्ट कार्ड

स्क्यामरहरू प्रायः मानिसहरूको हतार र डरको फाइदा उठाउँछन्, ताकि यूजरले चेतावनीका सङ्केतहरू नदेखून् । फरक-फरक च्याट र ग्रुपमा देखिने कन्ट्याक्ट कार्डहरूले मानिसहरूलाई थप जानकारी दिन्छन्, जस्तै; कुनै व्यक्ति तपाईंको कन्ट्याक्ट लिस्टमा छ कि छैन, तपाईंहरू दुवै कुनै एउटै ग्रुपमा हुनुहुन्छ कि हुनुहुन्न, उनीहरूको फोन नम्बर कुनै अर्को देशमा रजिस्टर गरिएको हो कि होइन, र उनीहरूको अकाउन्ट हालै बनाइएको हो कि होइन । यी सबै सम्भावित स्क्यामका सङ्केत हुन् ।

यी जानकारीका आधारमा मानिसहरूले सोच विचार गरेर निर्णय लिन सक्छन्, उनीहरूलाई जवाफ दिने, कन्ट्याक्टका रूपमा थप्ने, ब्लक गर्ने वा रिपोर्ट गर्ने ।

स्क्रिन शेयर गर्ने चेतावनी

जब मानिसहरूले भिडियो कलका क्रममा कुनै अनजान व्यक्तिसँग आफ्नो स्क्रिन शेयर गर्न खोज्छन्, तब वाट्सएपले उनीहरूलाई चेतावनी दिन्छ। प्रायः स्क्यामरहरूले स्क्रिन शेयर गर्न दबाब दिन सक्छन्, ताकि झुक्याएर बैंकसम्बन्धी जानकारी वा भेरिफिकेसन कोडजस्ता संवेदनशील विवरण हात पार्न सकून्। यो सुरक्षा टुलको मद्दतले वाट्सएप प्रयोगकर्तालाई स्क्याम पहिचान गर्न र तिनबाट जोगिन थप जानकारी दिन्छ।

डिभाइस लिंक गर्ने चेतावनी

स्क्यामरहरूले अकाउन्टलाई आफ्नो डिभाइससँग लिंक गराउन खोज्न सक्छन् । त्यसबारे वाट्सएपले प्रयोगकर्तालाई अलर्ट गर्छ । यसले अनुरोध कहाँबाट आएको हो भन्ने पनि देखाउँछ र यो स्क्याम हुन सक्छ भनेर चेतावनी दिन्छ । यसले मानिसहरूलाई रोकिएर फेरि सोच्ने मौका दिन्छ ।

टु-स्टेप भेरिफिकेसन

यसले तपाईंको अकाउन्टको सुरक्षामा अर्को तह थप्छ । अकाउन्ट रिसेट वा भेरिफाइ गर्ने क्रममा तपाईंले छ अंकको पिन हाल्नुपर्छ ।