प्रदेशमा प्रविधि
धनगढी उपमहानगर ‘पेपरलेस’ बन्दै, अब अधिकांश सेवा घरबाटै अनलाइनमार्फत उपलब्ध
धनगढी । धनगढी उपमहानगरपालिकाले सेवा प्रवाहलाई डिजिटल बनाउँदै नागरिकले अधिकांश सेवा घरबाटै अनलाइनमार्फत प्राप्त गर्न सक्ने व्यवस्था सुरु गरेको छ । ‘पेपरलेस धनगढी’ अभियानअन्तर्गत एकीकृत डिजिटल प्रणालीको पहिलो चरण कार्यान्वयनमा ल्याइएको हो ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख गोपाल हमालले नयाँ प्रणाली सञ्चालनमा आएको जानकारी दिँदै सेवाग्राहीले सामान्य सेवाका लागि कार्यालय धाइरहनुपर्ने अवस्थाको अन्त्य हुने बताए । उनका अनुसार यस प्रणालीले सेवा प्रवाहलाई छिटो, सहज, पारदर्शी र प्रविधिमैत्री बनाउनेछ ।
उपमहानगरपालिकाका सञ्चार तथा सूचना प्रविधि शाखा प्रमुख इन्जिनियर अनुप भट्टका अनुसार संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) को सहकार्यमा विकसित ‘एकीकृत डिजिटल प्रणाली (यूडीजीपी)’ मार्फत नागरिकले जन्मदर्ता, नागरिकताका लागि आवश्यक सिफारिस, व्यवसाय दर्ता तथा नवीकरणलगायतका सेवा अनलाइनबाटै लिन सक्नेछन् ।
उनले सेवाग्राहीले एकपटक अपलोड गरेका कागजात पुन: बुझाउनुपर्ने झन्झट हट्ने र आवश्यक कागजात अपुग भएमा वा अन्य समस्या देखिएमा सम्बन्धित व्यक्तिको मोबाइलमा सूचना पठाइने व्यवस्था गरिएको बताए । सेवा सम्पन्न भएपछि आवश्यक कागजात पनि डिजिटल माध्यमबाट उपलब्ध गराइनेछ ।
उपमहानगरका अनुसार नयाँ प्रणालीमा नागरिकको विवरण सुरक्षित रूपमा एकीकृत हुने भएकाले तथ्याङ्कमा आधारित नीति तथा योजना निर्माण गर्न समेत सहज हुनेछ । एउटै डिजिटल प्लेटफर्ममा विभिन्न सफ्टवेयर एकीकृत गरिएकाले सेवा प्रवाह अझ प्रभावकारी हुने विश्वास गरिएको छ ।
डिजिटल प्रणाली प्रभावकारी रूपमा सञ्चालन गर्न पहिलो चरणमा उपमहानगरका १९ वटै वडाका सचिवलाई तालिम प्रदान गरिनेछ । साथै नागरिक ई–केवाइसी, फाइल ट्र्याकिङ, डिजिटल सिफारिस तथा अन्य अनलाइन सेवाको क्षमता विकास समेत गरिनेछ ।
अनलाइन प्रणाली प्रयोग गर्न कठिनाइ हुने नागरिकका लागि उपमहानगर कार्यालयमै सहायता कक्ष स्थापना गरिने भएको छ । उक्त कक्षका कर्मचारीले सेवाग्राहीको विवरण डिजिटल प्रणालीमा दर्ता गरी आवश्यक सेवा उपलब्ध गराउन सहयोग गर्नेछन् । उपमहानगरपालिकाले करिब तीन महिनाभित्र दोस्रो चरणको डिजिटल सेवा पनि सञ्चालन गर्ने तयारी गरेको छ ।
दोस्रो चरणमा ई-सिग्नेचर, डिजिटल भुक्तानी, राजस्व सङ्कलन, गुनासो तथा सुझाव व्यवस्थापन, कार्यालयीय टिप्पणी प्रणाली, विकास निर्माण अनुगमन, सार्वजनिक सूचना, विपद् व्यवस्थापन, डेटा सुरक्षा तथा डिजिटल अभिलेख व्यवस्थापनलगायतका सेवा थप गरिने जनाइएको छ ।
प्रदेशमा प्रविधि
कोसी जनस्वास्थ्य प्रयोगशाला पूर्ण डिजिटल, घरबाटै दर्ता र अनलाइन रिपोर्ट
विराटनगर । कोसी प्रदेश सरकारअन्तर्गतको प्रदेश जनस्वास्थ्य प्रयोगशाला, विराटनगरले स्वास्थ्य सेवालाई प्रविधिमैत्री बन…
ललितपुर ३ मा एआई सहायक सेवा सुरु, अब २४ सै घण्टा अनलाइनबाटै गुनासो दर्ता गर्न सकिने
काठमाडौं । ललितपुर महानगरपालिका ३ ले नागरिक सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउँदै कृत्रिम बौद्धिकता (एआई) सह…
साउन १ देखि समस्याग्रस्त सहकारीविरुद्ध घरमै बसेर अनलाइन उजुरी दर्ता गर्न सकिने
काठमाडौं । बागमती प्रदेश सरकारले समस्याग्रस्त सहकारीबाट बचत फिर्ता प्रक्रियालाई थप व्यवस्थित बनाउन १ साउनदेखि अ…
सामुदायिक विद्यालयमा डिजिटल शिक्षाको विस्तार, मोदी गाउँपालिकाद्वारा स्मार्ट बोर्ड हस्तान्तरण
पर्वत । पर्वतको मोदी गाउँपालिकाले सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षाको विस्तार गर्ने अभियानअन्तर्गत माध्यम…
नगरपालिकामा धाउनुपर्ने झन्झट अन्त्य, वीरेन्द्रनगरका सेवा अब अनलाइनमा
सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर अब डिजिटल प्रशासनतर्फ तीव्र गतिमा अघि बढ्ने भएको छ । आगामी आर्थि…
सरकारी कार्यालयमा ‘टिङ टिङ’ : अब २४ सै घण्टा स्मार्टफोनबाटै सेवा
काठमाडौं । सरकारी कार्यालयको नाम सुन्नेबित्तिकै आम मानिसको दिमागमा एउटा चित्र बन्छ– लामो लाइन, झन्झटिल…
म्याग्दीमा पहिरोले इभी पुरिँदा चालकको मृत्यु, बेनी-जोमसोम सडक अवरुद्ध
काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ महभिरस्थित बेनी-जोमसोम सडकखण्डमा पहिरो खस्दा इभी गाडी पुरिएर चाल…
उपत्यकाका सार्वजनिक सवारी प्रविधिमैत्री बन्दै, जडान भए क्यामेरा र जिपिएस
काठमाडौं । काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातलाई सुरक्षित, पारदर्शी र प्रविधिमैत्री बनाउने अभि…
डिजिटल युगतर्फ सुदूरपश्चिम : बजेटमा कृषि, सीप र प्रविधिको ‘टेक ट्रान्सफर्मेसन’
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट स…
कर्णालीको बजेटमा नयाँ दृष्टिकोण : कृषि आधुनिकीकरण, एआई प्रयोग र डिजिटल प्रशासनको योजना
सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३५ अर्ब ३९ करोड ८५ लाख ४८ हजार रुपैयाँको …
डिजिटल लुम्बिनीको रोडम्याप : एआई, डाटा र स्मार्ट सेवामा प्रदेशको लगानी
बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँको वार्षिक …
सीपयुक्त युवा, उत्पादनमुखी अर्थतन्त्र र डिजिटल प्रदेश : गण्डकी बजेटको नयाँ लक्ष्य
पोखरा । हिमालका उकाली–ओरालीमा परम्परागत घुम्ती गोठ प्रणालीमा पालिँदै आएका चौपायदेखि शहरका डिजिटल से…
बागमतीको बजेटमा ‘समृद्ध प्रदेश’को खाका : उद्योग, कृषि र डिजिटल क्रान्तिको योजना
काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल ६६ अर्ब ९३ करोड रुपैयाँको बजेट सार्व…
युवतीमाथि चक्कु देखाउँदै कुटपिट, सामाजिक सञ्जालमा भाइरल भएपछि एक युवक पक्राउ
काठमाडौं । सामाजिक सञ्जालमा एक युवतीमाथि चक्कु देखाउँदै कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि प्रहरीले एक यु…
किसानको खातामा सिधै अनुदान, युवालाई स्टार्टअप कर्जा : मधेश बजेटको नयाँ मोडल
जनकपुरधाम । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट सा…