प्रदेशमा प्रविधि
कर्णाली प्रदेशमा नागरिक एप सम्बन्धि डिजिटल साक्षरता कार्यक्रम सम्पन्न
राष्ट्रिय सूचना प्रविधि केन्द्रले कर्णाली प्रदेशमा नागरिक एप सम्बन्धि डिजिटल साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । सातै प्रदेशमा आयोजना हुने नागरिक एप सम्बन्धि साक्षरता कार्यक्रम कर्णाली प्रदेशमा सम्पन्न भएको हो ।
कार्यक्रममा विशिष्ट व्यक्ति, सरकारी अधिकारी, जनप्रतिनिधि, आईटी अधिकृत, निजी क्षेत्र, सरोकारवाला र सर्वसाधारणहरुको बाक्लो उपस्थिति रहेको थियो ।
नागरिक एप सम्वन्धि सचेतना कार्यक्रम बिहीबारदेखि कर्णाली प्रदेशको जुम्लाबाट सुरू गरेको थियो भने शुक्रबार सुर्खेतमा सञ्चालन भएको थियो । अब जेठ १४ गते घनगढी र जेठ १५ गते नेपालगञ्जमा आयोजना हुँदैछ ।
कार्यक्रमको समापन जेठ २६ गते गण्डकी प्रदेशको पोखरामा हुनेछ । नागरिक एपमा उपलब्ध सेवाहरुको बारेमा सरोकारवाला र सर्वसाधारणलाई जानकारी दिने उद्देश्यले सातै प्रदेशमा कार्यक्रम गरिदै छ । डिजिटल साक्षरतालाई जोड दिदै कार्यक्रमहरु संचालन हुने जनाइएको छ ।
नेपाल सरकारले केही वर्षअघि सरकारी सेवाहरु सजिलो, छिटो र सुरक्षित तरिकाले मोबाइलबाटै उपलब्ध गराउने उदेश्यसहित नागरिक एप प्रयोगमा ल्याएको थियो । नागरिक एप २७ लाख बढीले एप डाउनलोड गरेका छन् भने ५३ बढी सेवाहरु उपलब्ध छन् ।
एन्ड्रोइड र आईओएसमा उपलब्ध एप डाउनलोड गरेर प्रयोग गर्न केन्द्रले सबैलाई आह्वान गरेको छ । प्रयोगकर्ताको गुनासो र अन्य सेवाहरु थप्दै यसलाई प्रभावकारी बनाउने केन्द्रले जानकारी दिएको छ ।
नागरिक एप प्रयोग गर्न आफ्नो नाममा भएको मोबाइल नम्बर अनिवार्य गरिएको छ । त्यसपछि नागरिकता, पासपोर्ट, मतदाता परिचयपत्र वा ड्राइभिङ लाइनसेन्सबाट खाता खोल्न सकिन्छ ।
यद्यपी नागरिकता लगायत कतिपय व्यक्तिगत विवरण गलत देखाउने समेत गरेको प्रयोगकर्ताको गुनासो छ । यसलाई सम्बोधन गर्न केन्द्रले गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यलयहरुमा समन्वय गरेर विवरण सच्याउने काम गरिरहेको छ ।
प्रदेशमा प्रविधि
कोशी र मधेश प्रदेशमा डिजिटल संवाद ४.० सम्पन्न, डिजिटल प्रदेश बारे वृहत छलफल
आइसिटी फाउन्डेसन नेपालले आयोजना गरेको डिजिटल संवाद ४.० कोशी र मधेश प्रदेशमा सम्प…
गण्डकी प्रदेशले दिएन आविष्कार केन्द्रलाई १० करोड
गण्डकी प्रदेशले राष्ट्रिय आविष्कार केन्द्रलाई दिने भनेको १० करोड अनुदान अझै नदिएको क…
लुम्बिनीमा दुई वर्षदेखि थन्किए विद्युतीय गाडी, सञ्चालन प्रक्रियामा अन्यौल
बुद्ध जन्मस्थल लुम्बिनीस्थित लुम्बिनी विकास कोषको केन्द्रीय कार्यालय परिसर बाहिर पार्कि…
मधेश प्रदेशमा इसेवाको प्रादेशिक कार्यालय स्थापना
नेपालको पहिलो भुक्तानी सेवा प्रदायक इसेवाले मधेस प्रदेशको जनकपुरधाममा आफ्नो प्रादे…
प्रदेश १ लाई डिजिटल प्रदेशको रूपमा बिकसित गरिने
प्रदेश १ लाई डिजिटल प्रदेशको रूपमा बिकसित गरिने भएको छ । बुधबार आगामी आर्थिक वर्ष…
गण्डकी प्रदेशले सूचना प्रविधि पार्क निर्माण गर्ने, आफ्नै डाटा सेन्टर सञ्चालन गर्न ५ करोड बजेट
गण्डकी प्रदेशले सूचना प्रविधि पार्क निर्माण गर्ने भएको छ । बुधबार आगामी आर्थिक वर्ष २…
बागमती प्रदेशले विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गर्ने
बागमती प्रदेशले विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गर्ने भएको छ । बुधबार आगाम…
धनगढीमा आज स्टार्टअप एण्ड आईडिया फेस्ट र डिजिटल सुदूरपश्चिम संवाद आयोजना हुँदै
लिभिङ विथ आइसिटी र आइसिटी फाउण्डेसन नेपालको संयुक्त आयोजनामा आज अर्थात सोमबार सु…
लुम्बिनी प्रदेशले सञ्चालनमा ल्यायो हेलो मुख्यमन्त्री कक्ष, यसरी गर्नुहोस् गुनासो
लुम्बिनी प्रदेशले हेलो मुख्यमन्त्री कक्ष सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारका गतिविधि …
स्टार्टअप एण्ड आईडिया फेस्टः यस्ता छन् मधेश प्रदेशमा छानिएका ६ स्टार्टअप
आईतबार मधेश प्रदेशमा सम्पन्न भएको स्टार्टअप एण्ड आईडिया फेस्ट तथा पिचिङ सेसनमा करिब …
केयूको बीटेक. एडआईटी जनकपुरमा, मधेश प्रदेशलाई प्राविधिक शिक्षाको केन्द्र बनाउने योजना
काठमाण्डौं विश्वविद्यालयले जानकी कलेज फर प्रोफेशनल स्टडीजको सहकार्यमा मधेश प्रदेशको …
कर्णाली प्रदेशमा नेपाल बैंकको डिजिटल बैंकिङ वित्तीय साक्षरता अभियान
नेपाल बैंक लिमिटेडले कर्णाली प्रदेशमा डिजिटल बैंकिङ्ग वित्तीय साक्षरता अभियान शुरू…
लुम्बिनीमा नेपाल बैंकको डिजिटल बैंकिङ साक्षरता अभियान
नेपाल बैंक लिमिटेडले मिति लुम्बिनी प्रदेशका सबैै जिल्लाहरूमा एकैसाथ डिजिटल बैकिङ…
टेलिकमको एनटीटिभी प्रदेश १ मा सुरु
नेपाल टेलिकमले प्रदेश १ मा समेत आफ्नो आईपीटिभी सेवा एनटीटिभी सञ्चालनमा ल्याएको छ …
मोबाइल र इन्टरनेट बैंकिङ प्रयोगकर्तामा बागमती प्रदेश अगाडि
प्रतिखाता एटिएम, मोबाइल र इन्टरनेट बैंकिङ प्रयोगकर्तामा बागमति प्रदेश अगाडि रहेको …