ललितपुर । ललितपुर महानगरपालिकाको आधिकारिक वेबसाइट (lmc.gov.np) ह्याक भएको आशंका गरिएको छ । वेबसाइटमा अनधिकृत पहुँच भएपछि यसको मूल सामाग्री परिवर्तन भई बाह्य पेज देखिन थालेको पाइएको छ ।
वेबसाइटमा सामान्य सरकारी सूचना तथा सेवा सामाग्रीको सट्टा “KIT4D” नामक अनधिकृत पेज खुलेको छ । उक्त पेजमा डिजिटल प्लेटफर्म, गेमिङ सेवा र अन्य व्यावसायिक सामाग्री जस्ता विवरणहरू देखिन्छन्, जसले वेबसाइटको कन्टेन्टमा अनधिकृत छेडछाड भएको संकेत गर्दछ ।
यद्यपि ललितपुर महानगरपालिकाले यस विषयमा आधिकारिक रूपमा विस्तृत विवरण सार्वजनिक गरिसकेको छैन ।
आईसीटी समाचार