कीवर्डहरू -

वेबसाइट बन्द भएपछि राष्ट्र बैंकले इमेलमार्फत दिन थाल्यो सेवा

वेबसाइट बन्द भएपछि राष्ट्र बैंकले इमेलमार्फत दिन थाल्यो सेवा

काठमाडौं । नेपाल राष्ट्र बैंकले इमेलमार्फत गुनासो सुनुवाइ तथा एनसीटीएस र एलसीलगायतका सेवा सञ्चालनमा ल्याएको छ । पीएचपी वेब प्रविधिमा विश्वव्यापी रूपमा गम्भीर सुरक्षा जोखिम देखिएपछि वेबसाइटसहित आफ्ना विभिन्न अनलाइन सेवा अस्थायी रूपमा बन्द गरेको राष्ट्र बैंकले इमेलमार्फत यी सेवा उपलब्ध गराउन थालेको हो ।

पीएचपी वेब प्रविधिमा गम्भीर सुरक्षा जोखिम देखिएपछि राष्ट्र बैंकले विगत एक सातादेखि आफ्नो वेबसाइटलगायतका अनलाइन सेवा अस्थायी रूपमा बन्द गर्दै आएको छ । सेवा बन्द हुँदा प्रभावित भएका कामलाई सहज बनाउन बैंकले इमेलमार्फत सेवा प्रदान गर्न थालेको हो ।

null