Latest news
ईडीएलभीआरएसमार्फत ड्राइभिङ लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ लाइसेन्स तयार
काठमाडौं । सरकारले सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) छपाइ तथा वितरण प्रक्रियालाई व्यवस्थित र छिटो बनाउन नयाँ विद्युतीय प्रणाली ईडीएलभीआरएस (EDLVRS) कार्यान्वयनमा ल्याएको छ ।
पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले लामो समयदेखि देखिँदै आएको लाइसेन्स छपाइ तथा वितरणमा हुने ढिलाइ कम गर्न नयाँ प्रणाली सुरु गरेको हो ।
नयाँ प्रणालीअन्तर्गत पहिलो चरणमा मधेश प्रदेशका ३ हजार ८१ वटा सवारी चालक अनुमतिपत्र छपाइ गरिएको विभागले जनाएको छ । छपाइ सम्पन्न भएका लाइसेन्स सम्बन्धित सेवाग्राहीलाई वितरणका लागि हुलाकमार्फत यातायात व्यवस्था सेवा कार्यालयमा पठाइएको छ ।
ईडीएलभीआरएसमा सेवाग्राहीको विवरण विद्युतीय रूपमा प्रविष्ट भएपछि उक्त विवरण सिधै सुरक्षण मुद्रणमा पुग्ने व्यवस्था गरिएको छ । प्रणालीमा प्राप्त विवरणका आधारमा सुरक्षण मुद्रणले लाइसेन्स छपाइ गरी हुलाकमार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाउनेछ ।
विभागका अनुसार नयाँ प्रणालीले लाइसेन्स छपाइदेखि सम्बन्धित कार्यालयमा पठाउनेसम्मको प्रक्रियालाई थप व्यवस्थित बनाउनेछ । यसबाट नयाँ लाइसेन्स लिनेदेखि पुरानो लाइसेन्स नवीकरण गर्ने सेवाग्राहीले समेत छिटो सेवा पाउने अपेक्षा गरिएको छ ।
यसअघि लाइसेन्स छपाइ तथा वितरणमा लामो समय लाग्दा सेवाग्राहीले महिनौँसम्म प्रतीक्षा गर्नुपर्ने अवस्था रहँदै आएको थियो । नयाँ प्रणाली कार्यान्वयनसँगै छपाइ र वितरणमा देखिँदै आएको ढिलाइ घट्ने तथा सेवा प्रवाह थप प्रभावकारी हुने विभागको विश्वास छ ।
Latest news
एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज हुने
काठमाडौं । एनसेलले नेपाल एसोसिएसन अफ ट्राभल अपरेटर्स (नाटो) सँग साझेदारीको घोषणा गरेको छ । यसको मुख्य उद्द…
रोबोटिक्स, कोडिङ र एआईमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि नेपाली विद्यार्थी छनोट सुरु
काठमाडौं । नेपालका तर्फबाट ‘कोडेभर अन्तर्राष्ट्रिय’ रोबोटिक्स, कोडिङ तथा एआई प्रतिस्पर्धामा सहभागी …
एआईबाट गीत, अर्कैको नाममा कमाइ : संगीत प्लेटफर्ममा बढ्दो डिजिटल ठगी
काठमाडौं । जेनेरेटिभ एआईको प्रयोगबाट तयार गरिएका नक्कली गीत वास्तविक कलाकारकै नाम र प्रोफाइलमा अपलोड हुने …
घुमफिरलाई थप रोमाञ्चक बनाउँदै ‘पार्टी बस नेपाल’ पुनः सुरु, काराभान क्याम्पर भ्यान थपिने
काठमाडौं । पर्यटकलाई घुमाउँदै बसमै पार्टीको मनोरञ्जन दिने लक्ष्यसहित ‘पार्टी बस नेपाल’ पुन: सञ्चा…
डिजिटल अधिकार र मिडिया साक्षरतासम्बन्धी तालिमका लागि आवेदन खुला
काठमाडौं । डिजिटल अधिकार, अनलाइन सुरक्षा र मिडिया साक्षरताका विषयमा रुचि राख्ने कोशी र मधेश प्रदेशका युवाक…
‘नेपाली एआई टुल’ विदेशी बजारमा, भिडियोदेखि विज्ञापन व्यवस्थापनसम्म एकै प्लेटफर्म
काठमाडौं । नेपाली प्रविधि उद्यमीहरूले विकास गरेको एआई टुल विदेशी बजारमा समेत प्रयोग गर्ने लक्ष्यसहित फिक्रा भ…
'अन्तै भएपनि आफन्तको नजिक' अभियानमार्फत रेमिट्यान्सलाई दैनिक डिजिटल भुक्तानीसँग जोड्दै इसेवा
काठमाडौं । नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले विदेशमा रहेका नेपालीहरूलाई लक्षित गर्दै &lsq…
आजदेखि वर्डक्याम्प काठमाडौं २०२६, एआईदेखि ओपन सोर्ससम्मका विषयमा छलफल
काठमाडौं । नेपालमा वर्डप्रेस प्रयोगकर्ता, डेभलपर, डिजाइनर, फोटोग्राफर, व्यवसायी तथा प्रविधिमा रुचि राख्ने समुद…
सरकारी कार्यालयमा स्मार्ट चस्मामाथि रोक लगाउने तयारीमा अस्ट्रेलिया
काठमाडौं । क्यामेरासहितका स्मार्ट चस्माबाट सरकारी सूचना तथा व्यक्तिको गोपनीयता जोखिममा पर्न सक्ने चिन्ताबीच अस्ट्…
ह्वाट्सएपमा थपिँदै नयाँ सुविधा, एउटै आईफोनमा तीनवटा अकाउन्ट चलाउन सकिने
काठमाडौं । एउटै मोबाइलबाट व्यक्तिगत र व्यावसायिक प्रयोजनका फरक–फरक ह्वाट्सएप अकाउन्ट चलाउने प्रयोगकर्ताका…
सिप्रदी यात्रीले सार्वजनिक गर्यो नयाँ इलेक्ट्रिक स्कुटर ‘यात्री पी२’ को मूल्य
काठमाडौं । सिप्रदी यात्रीले नेपालमै उत्पादन गरेको नयाँ इलेक्ट्रिक स्कुटर ‘यात्री पी२’ को मूल्य औपच…
साझा यातायातमा अब नगदरहित कारोबार, क्यूआर र बैंक कार्डबाट भाडा भुक्तानी गर्न सकिने
काठमाडौं । साझा यातायातले दैनिक सञ्चालन, टिकटिङ तथा भाडा भुक्तानी प्रणालीलाई पूर्ण रूपमा डिजिटल बनाएको छ ।…
एआईको सुरक्षित विकासका लागि अन्तर्राष्ट्रिय सहकार्य अपरिहार्य : राष्ट्रसङ्घका महासचिव गुटेरेस
काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को सुरक्षित, जिम्मेवार र प…
त्रिविको ५२ औँ दीक्षान्तका लागि अनलाइन आवेदन खुला
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को ५२ औँ दीक्षान्त समारोहमा सहभागी हुन इच्छुक योग्य विद्यार्थीले असोज…
नवप्रवर्तन केन्द्र स्थापना गर्न १३ विश्वविद्यालयसँग मन्त्रालयले माग्यो प्रस्ताव
काठमाडौं । सरकारले १३ वटा विश्वविद्यालयमा नवप्रवर्तन केन्द्र स्थापना गर्ने तयारी अघि बढाएको छ । विज्ञान, प्रविधि…