Latest news
बच्चाको च्याटजीपीटी चलाउने सीमा अब अभिभावकले निर्धारण गर्न सक्ने
ओपनएआईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) स्याम आल्टम्यानले मंगलबार १८ वर्षमुनिका प्रयोगकर्ताहरूलाई लक्षित गर्दै च्याटजीपीटीको प्रयोगसम्बन्धी नयाँ नीतिहरू घोषणा गरेका छन्। कम्पनीले नाबालक प्रयोगकर्ताहरूको सुरक्षालाई गोपनीयता र स्वतन्त्रताभन्दा प्राथमिकतामा राख्ने जनाएको छ।
नयाँ नीतिअनुसार, च्याटजीपीटीले अब किशोरकिशोरी प्रयोगकर्तासँग ‘फ्लर्ट गर्ने शैलीका’ संवाद गर्नेछैन् । आत्महत्या वा आत्महानि सम्बन्धी कुराकानीमा थप सुरक्षा उपायहरू लागू गरिनेछ।
यदि नाबालक प्रयोगकर्ताले आत्महत्यासम्बन्धी कल्पनात्मक संवाद गर्न खोजेमा, सेवा प्रणालीले अभिभावकलाई सम्पर्क गर्ने वा गम्भीर अवस्थामा स्थानीय प्रहरीलाई सूचित गर्नेछ।
यी परिवर्तनहरू पछाडि एउटा गम्भीर कारण छ। हालै ओपनएआईविरुद्ध एडम रेन नामक किशोरको आत्महत्यापछि दायर गरिएको मुद्दा चर्चामा छ। यस्तै प्रकृतिको अर्को मुद्दा कन्स्युमर च्याटबट क्यारेक्टर.एआईविरुद्ध पनि चलिरहेको छ।
यसैबीच, अमेरिकी सिनेटको न्यायदलीय समितिले ‘एआई च्याटबोटका क्षति’ शीर्षकमा सुनुवाइ थालेको छ। उक्त सुनुवाइमा एडम रेनका पिता सहितका व्यक्तिहरूको साक्ष्य रहनेछन्।
नयाँ नीतिअन्तर्गत, अभिभावकले आफ्ना बच्चाको खातामा ‘ब्ल्याकआउट आवर’ तोक्न सक्ने सुविधा पनि पाउनेछन्, जसअन्तर्गत तोकिएको समयमा च्याटजीपीटी उपलब्ध हुने छैन। यसअघि यस्तो सुविधा थिएन।
किशोरकिशोरी र वयस्क प्रयोगकर्ताबीच छुट्याउने प्रक्रिया प्राविधिक चुनौतीपूर्ण हुने भए पनि ओपनएआईले यसका लागि दीर्घकालीन प्रणाली विकास गरिरहेको जनाएको छ। अस्पष्ट अवस्थामा भने प्रणालीले कडा नियम लागू गर्नेछ।
ओपनएआईले बच्चाहरूको सुरक्षालाई मजबुत बनाउन कडाइ बढाए पनि वयस्क प्रयोगकर्ताहरूलाई गोपनीयता र स्वतन्त्रताको अधिकार दिइरहने जनाएको छ। आल्टम्यानले भने, ‘हामीलाई थाहा छ । यी सिद्धान्तहरूबीच द्वन्द्व छ, र सबैले हाम्रो समाधानसँग सहमत नहुन सक्छन्।’
Latest news
अमेरिकामा टिकटक: ८० प्रतिशत स्वामित्व अमेरिकी लगानीकर्ताले लिने, नयाँ एप परीक्षणमा
अमेरिकामा टिकटक ‘बचाउने’ योजना अन्ततः स्पष्ट हुँदै गएको छ। मंगलबार द वाल स्ट्रीट जर्नलले यसबारे थप विवरण सार्वजनिक…
गरिमा विकास बैंकको भर्चुअल क्रेडिट कार्ड सेवा सुरु
गरिमा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि नयाँ सेवा सुरु गरेको छ। बैंकले फोनपे नेटवर्कसँगको सहकार्यमा आफ्नो मोबाइल बैंक…
स्पोटीफाईका निःशुल्क प्रयोगकर्ताले पनि अब आफूले चाहेको गीत सर्च गरेर प्ले गर्न सक्ने
स्पोटिफाइले आफ्नो लसलेस स्ट्रिमिङ सेवा पेड सब्सक्राइबरका लागि सार्वजनिक गरेपछि अब निःशुल्क प्रयोगकर्ताहरूका लागि पनि नयाँ सुविधा …
ओपनएआईले सार्वजनिक गर्यो नयाँ जीपीटी ५ कोडेक्स
ओपनएआईले सोमबार आफ्ना एआई कोडिङ एजेन्ट कोडेक्सका लागि नयाँ संस्करण जीपीटी ५ कोडेक्स सार्वजनिक गरेको छ। यो मोडेलले अघिल्ला संस्क…
उद्योग विभागमा आगजनी हुँदा ट्रेडमार्क दर्ता कार्यालयका सम्पूर्ण डकुमेन्ट जलेर नष्ट
उद्योग विभाग अन्तर्गतको ट्रेडमार्क दर्ता कार्यालयका सम्पूर्ण डकुमेन्ट जलेर नष्ट भएका छन् ।
आन्तरिक मेमोरी कि एसडी कार्ड ? फोन स्टोरेज बढाउन कुन प्रयोग गर्ने ?
आजको समयमा स्मार्टफोन केवल कल गर्ने उपकरण मात्रै होइनन्, बरु हाम्रो डिजिटल जीवनको एक महत्वपूर्ण हिस्सा बन्न पुगेका छन्।
स्न्यापले आफ्नो एआई चश्माका लागि सार्वजनिक गर्यो स्न्याप ओएस २.०
सामाजिक सञ्जाल स्न्यापले आफ्नो एआर चश्मा स्न्याप स्प्याक्टिकल्सका लागि नयाँ सफ्टवेयर स्न्याप ओएस २.० सार्वजनिक गरेको छ । यस संस्करणमा न…
आईओएस २६ को बेटा भर्सन सार्वजनिक, अहिलेसम्मकै ठूलो भिजुअल परिवर्तन
एप्पलले लामो प्रतीक्षा गरिएको नयाँ सफ्टवेयर आईओएस २६ को बेटा भर्सन सार्वजनिक गरेको छ। यो संस्करण अहिलेबाटै उपयुक्त आईफोन प्रयोगक…
एनसेलद्वारा सिसिटिभी फुटेजसहित तोडफोड, आगजनी र डकैती सम्बन्धी प्रहरीमा उजुरी
काठमाडौको लैनचौर स्थित एनसेलको मुख्य कार्यलय ‘एनसेल आइकन’मा २०८२ भदौ २४ गतेका दिन जेनजी प्रदर्शन र आन्दोलनका नामम…
बुधबारदेखि मोबाइलमाण्डुको दशैं ग्याजेट्स मेला, ६० प्रतिशतसम्म छुटसँगै उपहार पनि
मोबाइलमाण्डुले दशैंको अवसरमा ‘दशैं ग्याजेट्स मेला’ सुरू गर्ने भएको छ । असोज १ बुधबारदेखि असोज १० गतेसम्म सञ्चालन …
यातायात व्यवस्था विभागको सर्भरमा आगजनी भएपछि नागरिक एपमा देखिन छोड्यो लाइसेन्सको अप्सन
नागरिक एपबाट ड्राइभिङ लाइसेन्सको अप्सन हटेको छ । यातायात व्यवस्था विभागको सर्भरमा आगजनी भएपछि एपबाट ड्राइभिङ लाइसेन्सको अप्सन हट…
पेनस्के मिडियाले हाल्यो गुगलको एआई ओभरभ्यूजविरुद्ध मुद्दा, ट्राफिक र राजस्व घटेको आरोप
गुगलको एआई ओभरभ्यूज (AI Overviews) ले गम्भीर चुनौतीको सामना गर्नुपर्ने देखिएको छ । रोलिङ स्टोन, भेराइटी, बिलबोर्ड लगायतका मिड…
एनसेलले भन्यो: हामी फेरि उठ्ने छौं
जेनजी प्रदर्शनका क्रममा काठमाडौंस्थित मुख्य कार्यालय एनसेल आइकमसहित महेन्द्रनगर, धनगढी र पोखरास्थित क्षेत्रीय कार्यालयहरूमा गम्भीर क्…
राज्यलाई धेरै कर तिर्ने कम्पनी एनसेलमा आगजनी, १०औं तलासम्म पुगेर लुटपाट र चोरी
राज्यलाई धेरै कर तिर्ने निजी क्षेत्रको पहिलो दूरसञ्चार कम्पनी एनसेलमा आगजनी भएको छ । भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा एनसेलमा …
वीरगञ्ज महानगरको भवन र सवारीसाधन जलेर नष्ट, कम्प्युटर, प्रिन्टर्स, हार्डड्राइभ चोर्ने र जलाउने दुवै कार्य
जेनजी प्रदर्शनका क्रममा प्रदर्शनकारीको तोडफोड र आगजनीले वीरगञ्ज महानगरको भवन तथा सवारीसाधनमा ठूलो धनजनको क्षति भएको छ ।
…