कीवर्डहरू -

Latest news

देशभरका ३७ विमानस्थलमा फ्री वाईफाई सेवा सञ्चालन गर्दै नेपाल टेलिकम

नेपाल टेलिकमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत फ्री वाईफाई इन्टरनेट सेवा ‍कार्तिक ११ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सेवा सुरू गरेको छ ।

देशभर सञ्चालनमा रहेका अन्तर्राष्ट्रिय तथा आन्तरिक विमानस्थलहरुमा सर्वसाधारण यात्रु लक्षित गर्दै फ्री वाईफाई विस्तार गर्ने योजना अनुसार टेलिकमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सेवा सुरू गरेको हो । 

नेपाल टेलिकमको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक सविना मास्के र विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेले प्रथम चरणमा विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनमा वाईफाई इन्टरनेट सेवाको शुभारम्भ गरेका थिए ।

उक्त फ्री वाईफाई इन्टरनेट सेवाको कभरेज विमानस्थलको आगमन, प्रस्थान, भीआईपी लाउन्ज तथा प्रतिक्षास्थल लगायतका क्षेत्रहरुमा रहेको छ ।

देशभर सञ्चालनमा रहेका ३ वटा अन्तराष्ट्रिय विमानस्थल तथा ३४ वटा आन्तरिक विमानस्थलहरुमा सर्वसाधारण यात्रुलक्षित फ्री इन्टरनेट सेवा सञ्चालन गर्न नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरणबिच भएको सम्झौताबमोजिम सो कार्यक्रमको शुभारम्भ गरिएको हो ।

सेवाको कभरेज रहेको स्थानमा एसएसआईडी ‘NT-CAAN Free WiFi’ भएको वाईफाईमा कनेक्ट गरेर निर्देशन पूरा गरी नि:शुल्क इन्टरनेट सेवा प्रयोग गर्न सकिन्छ ।
 

Latest news

सामसङको अपरेटिङ नाफा ३२.५ प्रतिशत बढ्यो, तेस्रो त्रैमासिकमा १२.२ ट्रिलियन वन

दक्षिण कोरियाली टेक कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले तेस्रो त्रैमासिक (जुलाई–सेप्टेम्बर २०२५) मा शानदार प्रदर्शन गरेको छ। कम्पन…

गत हप्तामा हेरेको रील खोज्दै हुनुहुन्छ? इन्स्टाग्राममा वाच हिस्ट्री जाँच गर्ने तरिका

सामाजिक मिडिया प्लेटफर्म इन्स्टाग्रामले नयाँ हेर्ने इतिहास फिचर सार्वजनिक गरेको छ । यसबाट प्रयोगकर्ताले हालै हेरेको रीलहरू सहज र…

यस्ता छन् आइसिटी अवार्ड २०२५ का उत्कृष्ट १२ स्टार्टअप

आइसिटी अवार्ड २०२५ का उत्कृष्ट १२ स्टार्टअप छनोट भएका छन् । प्राप्त आवेदन मध्येबाट अवार्डको जुरी समिति र सल्लाहकार समितिको विभिन्न …

स्टार्टअप तथा इन्नोभेटरहरूका लागि आर्किटेक्चर एज ए सर्भिसमा भोलिदेखि २ दिने तालिम हुँदै

आइसिटी अवार्ड २०२५ को प्रि-इभेन्टको रूपमा शनिबारदेखि दुई दिने तालिम सुरू हुने भएको छ । स्टार्टअप तथा इन्नोभेटरहरूलाई लक्षित गर्…

राष्ट्रिय सुरक्षाको कारण देखाउँदै टीपी-लिंक राउटरमा प्रतिबन्ध लगाउने अमेरिकाको तयारी

राष्ट्रिय सुरक्षाको जोखिम देखाउँदै अमेरिकी वाणिज्य विभागले टीपी-लिंक राउटरहरूमा प्रतिबन्ध लगाउने सम्भावित कदमको बारेमा जानकारी…

सामसङ इन्टरनेट ब्राउजर विन्डोजमा उपलब्ध

सामसङले विन्डोजका लागि आफ्नो वेब ब्राउजर ‘सामसङ इन्टरनेट’ सार्वजनिक गरेको छ । कम्पनीले यसलाई केवल ब्राउजर नभई एकीक…

स्किल स्पार्क च्यान्पियनसीप २०२५ का उत्कृष्ट १४ टोली सार्वजनिक

स्किल स्पार्क च्यान्पियनसीप २०२५ का उत्कृष्ट १४ टोली सार्वजनिक गरिएको छ ।

आईटी ट्रेनिङ प्रदा…

स्कुल, कलेजलाई डिजिटल बनाउने सफ्टवेयर ‘सीपालु कनेक्ट’ सार्वजनिक

सीपालु सोलुसनले ‘सीपालु कनेक्ट’ शैक्षिक सफ्टवेयर सार्वजनिक गरेको छ । सीपालु कनेक्ट एक अत्याधुनिक शैक्षिक सफ्टवेयर ह…

बजार मूल्य ५ ट्रिलियन अमेरिकी डलर पुग्ने विश्वकै पहिलो सार्वजनिक कम्पनी बन्यो एनभिडिया

बजार मूल्य ५ ट्रिलियन अमेरिकी डलर पुग्ने एनभिडिया विश्वकै पहिलो सार्वजनिक कम्पनी बनेको छ । बुधबार कम्पनीको सेयर मूल्य ५.६ प्रतिश…

१३ वर्षको प्रतीक्षापछि ‘रुटिन’ गेम डिसेम्बर ४ मा रिलिज हुने

एक दशकभन्दा बढीको प्रतीक्षापछि लुनार सफ्टवेयर र रअ फुरीले विकसित गरेको साइ-फाइ डर खेल ‘रूटिन’ अब अन्ततः रिलीज हु…

आफ्नो डिजिटल फुटप्रिन्ट मेटाउने पाँच सरल उपाय

आजको डिजिटल युगमा हाम्रा हरेक जानकारी ट्र्याक हुन्छन् । इन्टरनेटमा हामी के सर्च गर्दैछौं, त्यो जानकारी गूगल, फेसबुक र युट्यु…

थ्रेड्सका दैनिक प्रयोगकर्ता १५ करोड पुगे

मेटाको सामाजिक सञ्जाल थ्रेड्सले दैनिक रूपमा १५ करोड सक्रिय प्रयोगकर्ताको नयाँ कीर्तिमान बनाएको छ । यो तथ्यांक मेटाका प्रमुख कार्य…

एनपीएलको लाइभ फिड उत्पादन गर्न बोलपत्र आह्वान

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग २०२५ का लागि लाइभ फिड उत्पादन गर्नका लागि बोलपत्र आह्वान गरेको छ । 

देशव्यापी डिलर सञ्जाल विस्तार गर्दै जिली

नेपालका लागि जिली इएक्स–५ का आधिकारिक आयातकर्ता एवं वितरक एलआरआर मोटर्सले देशव्यापी डिलर सञ्जाल विस्तारको योजना सार्वजनि…

एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा

एनसेलले गएको १० दिनमा देशका विभिन्न स्थानहरुमा २० वटा नयाँ टावर जडान गरी सञ्चालनमा ल्याएको छ । यसका साथै ती स्थानका ग्राहकहरु…