डिजिटल नेपाल
शिक्षा तथा खेलकुद मन्त्रालयको १०० दिने कार्यप्रगति सार्वजनिक, यी हुन् प्रमुख उपलब्धि
काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले वर्तमान सरकार गठनपछि पहिलो १०० दिनमा सम्पन्न भएका प्रमुख कामहरूको विवरण सार्वजनिक गरेको छ । मन्त्रालयले यस अवधिमा शिक्षा सेवा प्रवाहलाई प्रभावकारी बनाउने, नीतिगत सुधारलाई गति दिने तथा खेलकुद क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम कार्यान्वयन गरिएको जनाएको छ ।
मन्त्रालयका अनुसार शैक्षिक सुधारअन्तर्गत माध्यमिक शिक्षा परीक्षा (एसईई) सहित विभिन्न परीक्षाको नतिजा निर्धारित समयभित्र सार्वजनिक गर्ने अभ्यास सुरु गरिएको छ । त्यस्तै, वैदेशिक अध्ययन अनुमति (नो अब्जेक्सन सर्टिफिकेट–एनओसी) प्रणालीलाई थप सहज बनाउन अनलाइन सेवा तथा अन्तर–आबद्धता प्रणालीमा सुधार गरिएको छ । कक्षा ५ सम्म निरन्तर मूल्याङ्कन प्रणाली कार्यान्वयन गर्ने प्रक्रिया पनि अघि बढाइएको मन्त्रालयले जनाएको छ ।
उच्च शिक्षातर्फ विश्वविद्यालयहरूमा हुने दलीय हस्तक्षेप न्यूनीकरणका लागि पहल गरिएको छ भने विपद्बाट प्रभावित विद्यालयहरूको पुनर्निर्माणलाई पनि प्राथमिकतामा राखिएको छ । साथै, प्राविधिक तथा व्यावसायिक शिक्षामार्फत लक्षित समुदायलाई रोजगारीमुखी सीप विकास तालिम प्रदान गर्ने कार्यक्रम सञ्चालन गरिएको छ ।
खेलकुद क्षेत्रतर्फ राष्ट्रियस्तरका प्रतियोगिताहरू आयोजना गरिएको, खेलाडीहरूको स्वास्थ्य उपचारका लागि आवश्यक सम्झौता सम्पन्न गरिएको तथा विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीहरूको सहभागिता सुनिश्चित गरिएको मन्त्रालयले उल्लेख गरेको छ ।
मन्त्रालयका अनुसार पछिल्ला १०० दिनमा गरिएका यी पहलले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन, प्रशासनिक प्रक्रियालाई सरल बनाउन तथा शिक्षा क्षेत्रमा देखिएका केही नीतिगत चुनौती समाधान गर्न सहयोग पुगेको छ । आगामी दिनमा पनि यस्ता नीतिगत तथा संरचनागत सुधारलाई निरन्तरता दिँदै अझ व्यवस्थित रूपमा कार्यान्वयन गरिने मन्त्रालयको योजना रहेको जनाएको छ ।
डिजिटल नेपाल
त्रिवि सेवा आयोगको नेतृत्वमा किशोर थापा, पद तथा गोपनीयताको लिए शपथ
काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री तथा त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले त्रिवि सेवा आयोगका …
भरतपुर अस्पतालमा डिजिटल प्रणाली लागू, ओपीडी टिकट र रिपोर्ट अब स्वचालित
काठमाडौं । भरतपुर अस्पतालले सेवाग्राहीको समय बचत गर्दै स्वास्थ्य सेवालाई थप सहज, छिटोछरितो र प्रविधिमैत्री बना…
मानसिक अस्पतालमा अब अनलाइनबाटै ओपीडी टिकट, लाइन बस्नुपर्ने झन्झट हट्ने
काठमाडौं । मानसिक अस्पताल लगनखेलले बिरामीलाई अब अनलाइनबाटै ओपीडी टिकट सेवा सुरु गरेको छ । बिर…
शिक्षा मन्त्रालयका १०० दिन : समयमै नतिजा, प्रविधिमैत्री सेवा र विश्वविद्यालय सुधारको अभियान
काठमाडौं । वर्तमान सरकार गठनपछि ढिलासुस्ती, परीक्षा व्यवस्थापन, विश्वविद्यालयको राजनीतिक प्रभाव र सेवा प्रवाहको…
उच्च शिक्षा सुधारमा सरकारको कदम : विश्वविद्यालयमा लागू भयो राष्ट्रिय शैक्षिक पात्रो
काठमाडौं । उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी बनाउन विश्वविद्यालय अनुदान आयोग…
परीक्षा सकिएको एक हप्ताभित्रमा नतिजा प्रकाशित
काठमाडौं । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीन वटा सङ्कायको पहिलो सेमेष्टरको परीक्षा सकिएक…
एनसीआईटी : आईटी शिक्षा, अनुसन्धान र स्टार्टअप संस्कृतिको केन्द्र बन्दै
काठमाडौं । नेपालमा सूचना प्रविधि शिक्षाको इतिहास हेर्दा केही संस्थाहरूले मात्र समयसँगै आफ्नो पहिचानलाई बलियो…
त्रिवि अन्तर्गत बीआईटी कार्यक्रममा भर्ना खुल्यो, प्रवेश परीक्षा साउन ३० गते
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) विज्ञान तथा प्रविधि अध्ययन संस्थानले चारवर्षे स्नातक तह Bachelor in I…
विश्वविद्यालयका उपकुलपतिको छनोट प्रक्रिया सुरु, उम्मेदवारको अन्तर्वार्ता र प्रस्तुतीकरण जारी
काठमाडौं । रिक्त रहेका विभिन्न विश्वविद्यालयका उपकुलपति नियुक्ति प्रक्रियाअन्तर्गत उम्मेदवारहरूको अन्तर्वार्ता तथा …
नतिजा समयमै प्रकाशित गरिएको हो, हतारमा होइन् : शिक्षामन्त्री पोखरेल
काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रिया निर्धारित स…
नेपालको उच्च शिक्षा सुधारमा नयाँ पहल : ग्लोकल र टाइम्स हायर एजुकेसनबीच रणनीतिक सहकार्य
काठमाडौं । नेपालको उच्च शिक्षा क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा थप प्रतिस्पर्धी र प्रभावकारी बनाउन ग्लोकल प्रालि र व…
सम्पदाको सौन्दर्य बढाउन सरकारको नयाँ योजना, वार्म लाइट प्रयोग गरिने
काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदास्थलहरूको सौन्दर्य अभिवृद्धि ग…
बीएससी सीएसआईटीमा भर्ना खुला, साउन २४ गते प्रवेश परीक्षा हुने
काठमाडौं । विज्ञान तथा प्रविधि अध्ययन संस्थान (आईओएसटी) ले शैक्षिक सत्र २०८३ का लागि चार वर्षे स्नातक तहको कम्प्…