कीवर्डहरू -

डिजिटल नेपाल

सरकारी फाइलमा ‘ट्र्याकिङ’ सुविधा, प्रगति सेवाग्राहीले मोबाइलबाटै हेर्न सक्ने

काठमाडौं । सरकारले सार्वजनिक प्रशासनको निर्णय प्रक्रियालाई थप जिम्मेवार, छिटोछरितो र प्रभावकारी बनाउन ‘सरकारी निर्णय प्रक्रिया (सरलीकरण तथा डिजिटल बनाउने) नियमावली, २०८३’ ल्याएको छ ।

‘सरकारी निर्णय प्रक्रिया सरलीकरण निर्देशिका, २०६५’ लाई खारेज गर्दै त्यसलाई नियमावलीका रूपमा रूपान्तरण गरिएको हो । निर्देशिकाको तुलनामा नियमावलीको कानुनी हैसियत र बाध्यकारिता बढी हुने भएकाले समयअनुकूल निर्णय प्रक्रियालाई डिजिटल बनाउँदै प्रशासनिक ढिलासुस्ती अन्त्य गर्ने उद्देश्यले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अघि बढाएको प्रस्तावलाई बुधबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो ।

नयाँ नियमावली लागू भएसँगै सरकारी निकायमा निर्णय प्रक्रियाको प्राथमिक माध्यमका रूपमा डिजिटल प्रणालीलाई अनिवार्य गरिएको छ । यसअन्तर्गत फाइल दर्ता, टिप्पणी, राय, स्वीकृति, डिजिटल हस्ताक्षर, अभिलेखीकरण तथा अनुगमनलगायतका सम्पूर्ण कामकारबाही एकीकृत विद्युतीय निर्णय प्रणालीमार्फत सञ्चालन हुनेछन् ।

डिजिटल प्रणालीमा दर्ता हुने प्रत्येक फाइललाई विशिष्ट पहिचान नम्बर र क्यूआर कोड प्रदान गरिनेछ । निर्णय प्रक्रियालाई सहज र झन्झटमुक्त बनाउन टिप्पणीका तहसमेत घटाइएको छ । मन्त्रीस्तरबाट हुने नीतिगत तथा महत्त्वपूर्ण प्रशासकीय निर्णयमा बढीमा तीन तह र सामान्य प्रशासकीय विषयमा बढीमा दुई तहसम्म मात्र टिप्पणी गर्नुपर्ने व्यवस्था गरिएको छ ।

प्रणालीमा फाइल दर्ता हुना साथ स्वचालित रूपमा समय गणना सुरु हुनेछ । तोकिएको समयभित्र फाइलमा कारबाही नभएमा २४ घण्टाभित्र स्वत: माथिल्लो निर्णय तहमा पुग्ने व्यवस्था गरिएको छ ।

सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन कानुन तथा पूर्ववर्ती नजिरको खोजी, जोखिम विश्लेषण र टिप्पणीको प्रारम्भिक मस्यौदा तयार गर्न कृत्रिम बुद्धिमत्ता (एआई) लाई सहायक उपकरणका रूपमा प्रयोग गर्न सकिने व्यवस्था पनि गरिएको छ ।

यस्तै, सेवाग्राहीले अनलाइन, मोबाइल एप वा एसएमएसमार्फत प्राप्त हुने ट्र्याकिङ नम्बरको प्रयोग गरी आफ्नो फाइलको प्रगति हेर्न सक्नेछन् । सेवा प्रवाहलाई एकद्वार प्रणालीमार्फत सञ्चालन गर्ने व्यवस्था पनि नियमावलीमा गरिएको छ ।

सार्वजनिक निकायले डिजिटल प्रणालीमार्फत फाइल दर्ता गर्नुपर्नेछ । त्यसरी तयार भएको विद्युतीय फाइललाई समेत आधिकारिक सरकारी अभिलेखका रूपमा मान्यता दिइनेछ । यसका साथै कार्यालयहरूको कार्यसम्पादन मापनका लागि ‘निर्णय ढिलाइ सूचकांक’ लागू गरिने भएको छ । यसको अनुगमन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एकीकृत ड्यासबोर्डमार्फत गर्नेछ ।

निर्णय प्रक्रियामा अनावश्यक ढिलाइ गर्ने वा तोकिएको जिम्मेवारी पूरा नगर्ने पदाधिकारीमाथि विभागीय कारबाही गरिने तथा कार्यसम्पादन मूल्याङ्कनमा अंक कटौती हुने व्यवस्था पनि नियमावलीमा गरिएको छ ।

डिजिटल नेपाल

शिक्षामन्त्री पोखरेलद्वारा सातवटै प्रदेशका शिक्षा मन्त्रीसँग छलफल

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सातवटै प्रदेशका शिक्षा हेर्ने मन्त्रीहरुसँग छलफल गरेका छन् ।…

बाढी प्रभावित विद्यालयमा विद्यार्थीको मानसिक अवस्था बुझेर मात्रै कक्षा सञ्चालन गर्न शिक्षा विभागको निर्देशन

काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित विद्यालयहरूमा नियमित पठनपाठन सञ्चालन गर्नुअ…

बीमा नवीकरणमा प्रविधिको प्रयोग बढाउँदै बोर्ड, ई-पोर्टलमा केवाइसी अनिवार्य

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बीमा नवीकरण सेवालाई थप व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउन परिवारका सबै सदस्यको ग्राहक पहि…

शिक्षा क्षेत्रको डिजिटल रूपान्तरणतर्फ बूढानीलकण्ठ नगरपालिका, जिआइएस प्रणाली हस्तान्तरण

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिकालाई भौगोलिक सूचना प्रणाली (जिआइएस) प्रविधिमा आधारित शैक्षिक सूच…

भोटेकोशी बाढी प्रभावित विद्यार्थीका लागि एक अर्बको छात्रवृत्ति योजना घोषणा

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षालाई निरन्तरता दिन सरकारले करिब एक अर्ब रुपैयाँबराबरक…

त्रिवि उपकुलपति थापाको सल्लाहकारमा डा. ज्योति तण्डुकार

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाको सल्लाहकारमा पुल्चोक क्याम्पसका सहप्राध्यापक डा…

बाढीले जलविद्युत् आयोजना प्रभावित, बंगलादेशतर्फको विद्युत् निर्यात ठप्प

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले नेपालको जलविद्युत् क्षेत्रमा ठूलो क्षति पुर्‍याएपछि विद्य…

काठमाडौं विश्वविद्यालयको रजिस्ट्रारमा विराज सिंह थापा नियुक्त

काठमाडौं । काठमाडौं विश्वविद्यालयको रजिस्ट्रारमा विराज सिंह थापा नियुक्त भएका छन् । प्रधानमन्त्री तथा विश्वविद्या…

भोटेकोशी बाढीपछि मध्यपश्चिम विश्वविद्यालयका स्नातक तहका परीक्षा स्थगित

सुर्खेत । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि देशका विभिन्न क्षेत्रमा उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै मध्यप…

भोटेकोशी बाढीको प्रभावपछि पोखरा विश्वविद्यालयका स्नातक तहका परीक्षा स्थगित

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीबाट उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै पोखरा विश्वविद्यालयले स्नातक तह…

पाटन अस्पतालमा अब मोबाइलबाटै ओपीडी टिकट, अनलाइन भुक्तानीको सुविधा

काठमाडौं । पाटन अस्पतालले बिरामीलाई ओपीडी सेवा लिन सहज बनाउने उद्देश्यले मोबाइल एपमार्फत टिकट बुकिङ तथा शु…

अनलाइनको युगमा ओपीडी टिकटका लागि लाइनमै संघर्ष, सिभिल अस्पतालमा कहिले हुन्छ डिजिटल सुधार ?

काठमाडौं । नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) मा उपचारका लागि पुग्ने बिरामीले ओपीडी…

वर्षामा सस्तो बिजुली, धेरै खपत गर्ने उद्योगलाई थप सहुलियत

काठमाडौं । सरकारले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाउने उद्देश्यले मौसमी विद्युत् महसुल…

एनओसी प्रक्रिया अनलाइनमै, विद्यार्थीलाई कार्यालय बोलाउने कन्सल्टेन्सी कारबाहीमा पर्ने

काठमाडौं । वैदेशिक अध्ययनका लागि आवश्यक ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिन विद्यार्थीलाई अनावश्…

भविष्यका इनोभेटर विकास गर्दै टेक एआई कलेज

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा अवस्थित टेक एआई कलेज अफ म्यानेजमेन्ट एन्ड ल  प्रविधि, कृत्रिम…