काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बीमा नवीकरण सेवालाई थप व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउन परिवारका सबै सदस्यको ग्राहक पहिचान (केवाइसी) विवरण अद्यावधिक गर्नुपर्ने व्यवस्था अनिवार्य गरेको छ ।
बोर्डले आज बुधबार सूचना जारी गर्दै विगतमा प्रयोग हुँदै आएका कनेक्टआईपीएस, इसेवा, खल्तीलगायतका विद्युतीय माध्यमबाट सोझै स्वास्थ्य बीमा नवीकरण गर्ने व्यवस्था बन्द गरिएको जनाएको छ ।
अब सम्पूर्ण बीमितले अनिवार्य रूपमा बोर्डको आधिकारिक एचआईबी ई-पोर्टलमार्फत आफ्नो पुरानो बीमा विवरण सिङ्क गरी परिवारका सबै सदस्यको केवाइसी विवरण अद्यावधिक गर्नुपर्नेछ ।

आईसीटी समाचार