कीवर्डहरू -

डिजिटल नेपाल

इम्पावरिङ द फ्युचर थ्रो डिजिटल लर्निङ विषयमा सेमिनारको आयोजना हुँदै

डिजिटल सिकाई र अभ्यासलाई प्रोत्साहन तथा प्रवद्धन गर्ने उदेश्यले यहि फागुन ११ गते अर्थात २३ डिसेम्बर २०२३ मा डिजिटल लर्निङ डे विशेष कार्यक्रमको आयोजना गरिदै छ ।

एडचेन्ज नेपाल सस्थाले ‘इम्पावरिङ द फ्युचर थ्रो डिजिटल लर्निङ’ विषयमा कार्यक्रम आयोजना गर्न लागेको हो । होटल हिमालय, कुपण्डोलमा आयोजना हुने कार्यक्रममा विभिन्न विज्ञहरुबाट कार्यपत्र प्रस्तुती, प्यानल सेसन र आइडिया पिचिङको कार्यक्रम रहेको छ ।

डिजिटल लर्निङ डे, सन् २०१२ देखि एलायन्स फर एक्सिलेन्ट एजुकेशन नामक सस्थाले विश्वभर सुरु गरेको एउटा अभियान हो । फ्रेब्रुअरी महिनाको तेस्र्रो हप्ताको बिहिबारको दिन विश्वका सर्यौ देशहरुमा डिजिटल लर्निङ डे मनाउने गरिन्छ ।

यस वर्ष नेपालमा शिक्षामा परिवर्तनको स्लोगनसहित काम गरिरहेको एडचेन्ज नेपालले आयोजना गरिरहेको कार्यक्रममा काठमाडौं विश्वविद्यालयका डिन प्रा.डा. बालचन्द्र लुइटेलले मुख्य वक्ताको रुपमा प्रस्तुती दिनेछन् ।

यसैगरी नेपाल खुल्ला विश्वविद्यालयका सह प्राध्यापक डा.भोजराज घिमिरे र काडिंगल भारतमा सह सस्थापक सत्यम वर्नवालको कार्यपत्र प्रस्तुती रहेको छ ।

प्यानल सेसनमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत केन्द्र, युनेस्को, प्याब्सन र अन्य संस्थाहरुबाट उपस्थित भएका विशिष्ट व्यक्तिहरूबीच अन्तकृया सञ्चालन हुनेछ ।

आइडिया पिचिङको रुपमा शिक्षकहरुले टिचिङ अभ्यासको बारेमा नयाँ आइडियाहरु प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । यस कार्यक्रमले डिजिटल शिक्षाको लागि नयाँ अवधारणा बनाउनेसँगै आवश्यक नीति र योजनाहरुमा सघाउ पुर्याउने आयोजकले विश्वास लिएको छ ।

कार्यक्रमको बारेमा थप जानकारी लिन www. edchangenepal.org हेर्न सकिनेछ । नेपालमा विगत एक दशकदेखि नै डिजिटल लर्निङको क्षेत्रमा विभिन्न अभ्यासहरु भइरहेका छन ।

विशेषगरी कोभिड १९ पश्चात विद्यार्थीहरुको सिकाईको लागि सरकारले पनि अनलाइन शिक्षालाई प्रवद्धन गरेको छ । एक दर्जनबढि कम्पनीहरुले अनलाइन शिक्षा तथा डिजिटल कन्टेन्टको विकासमा काम गरिरहेका छन । तर, अझैपनि डिजिटल लर्निङलाई पुर्णरुपमा आत्मसात गर्न नसकिएको देखिन्छ ।

सरकारले विद्यालयस्तरमा शैक्षिक सामग्री र पुस्तक महिनौसम्म उपलब्ध गराउन नसकिरहेको सन्दर्भमा, अब डिजिटल लर्निङलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने देखिन्छ ।

यसको लागि आवश्यक पुर्वाधार विकास, डिजिटल कनेक्टिभिटीमा जोड दिनुपर्ने अवस्था छ । नेपाल सरकारले डिजिटल नेपाल फ्रेमवर्कमा पनि डिजिटल शिक्षालाई आठ कार्यक्षेत्रभित्र समावेश गरेको छ ।

डिजिटल नेपाल

कक्षा १२ उत्तीर्ण भएसँगै स्नातकमा अब के पढ्ने ? यस्ता छन् आईटीका विषय

शुक्रबार राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । नतिजा सार्वज…

त्रिविले बीएससी सीएसआईटीमा नयाँ भर्ना खुलाउँदै, कहिले हुन्छ प्रवेश परीक्षा ? 

त्रिभुवन विश्वविद्यालय (त्रिवि) को विज्ञान तथा प्रविधि अध्ययन संस्थानले  बीएससी सीएसआ…

त्रिभुवन विश्वविद्यालयको ४८ औं दीक्षान्त समारोहमा भाग लिन अनलाइनबाटै आवेदन दिन सकिने

त्रिभुवन विश्वविद्यालयको ४८ औं दीक्षान्त समारोहमा भाग लिन अनलाइनबाटै आवेदन दिन सकि…

स्नातकमा अन्तर्राष्ट्रिय स्तरको डेटा साइन्स र डिजिटल मार्केटिङ कोर्ष पढाउँदै सनवे कलेज

सनवे कलेजले आधिकारिक रुपमा बर्मिंगह्याम सिटी विश्वविद्यालयसँग शैक्षिक सहकार्य गरेको…

‘नेसनल आईसीटी स्कलरसिप २०७९’ को आवेदन खुला, आईटी पढ्न ४९ जनाले छात्रवृत्ति पाउने 

कम्प्युटर एशोसियसन नेपाल महासंघले प्राविधिक शिक्षातर्फ विगत चार बर्षदेखि प्रदान गर्दै…

४ हजार ७२७ जनालाई निःशुल्क छात्रवृत्ति प्रदान गर्दै सीटीईभीटी, यसरी दिनुहोस् अनलाइन आवेदन 

प्राविधिक तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) ले ४ हजार ७२७ जनालाई निःशुल्क छा…

एग्री टेक स्टार्टअपः कृषि अर्थतन्त्रमा यसरी पुर्याउँदैछन् सहयोग

काठमाडौं । नेपाली अर्थतन्त्रमा सेवा क्षेत्रपछिको सबैभन्दा धेरै योगदान दिने क्षेत्र कृ…

इमेलबाट पठाइयो कक्षा १२ को प्रश्नपत्र, राज्यको लाखौँ रुपैयाँ बचत

कक्षा १२ को प्रश्नपत्र ईमेलबाट पठाउने प्रचलनले राज्यको लाखौँ रुपैयाँ बचत भएको छ । स…

सरकारले माध्यमिक तहको अंग्रेजी, गणित र विज्ञान विषय अनलाइनबाटै पढाउने

सरकारले अंग्रेजी, गणित र विज्ञान विषय अनलाइनबाटै पढाउन भएको छ ।

<…

कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा, प्रश्नपत्र अनलाइनबाटै पठाइने

राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको छ । …

माध्यमिक तहका सामुदायिक विद्यालयमा समान गुणस्तरको शिक्षा उपलब्ध गराउन आईटीको प्रयोग गरिने

आगामी सातै प्रदेशका माध्यमिक तहका सामुदायिक विद्यालयमा समान गुणस्तरको शिक्षा उपलब्ध…

हिमाली क्षेत्रमा फ्रि वाईफाई परियोजनाले सहज बनाएको पदयात्रा पर्यटन

काठमाडौं । सगरमाथा आधारशिविर अर्थात् ईबीसीको १५ दिने पदयात्रा सम्पन्न गरेर साम्दे श…

एसइईपछि कुन विषय पढ्ने ? यस्ता छन् अवसरहरु

भनिन्छ हरेक विद्यार्थीदेखि उनका आमाबुबासम्मलाई एसइई (यसअघि एसएलसी) भनेको नै भाविष्…

कक्षा ११ को प्रवेश परीक्षा तयारीका लागि \'टूल नेपाल\' मोबाइल एप

टेक्नेका टेक्नोलोजिज प्रा.लि. ले ‘एसइइ’ दिएर बसेका विद्यार्थीहरुलाई कक्षा ११ मा भर्न…

धनगढी सुपर लिगको डिजिटल लर्निङ पार्टनरमा निमा एकेडेमी

धनगढी सुपर लिग (डिएसएल) को डिजिटल लर्निङ्ग पार्टनरमा