काठमाडौं । काठमाडौं विश्वविद्यालयको स्कूल अफ इन्जिनियरिङ (School of Engineering – KUSOE) ले सञ्चालन गर्दै आएको चार वर्षे स्नातक कार्यक्रम BIT (Bachelor of Information Technology) यस वर्ष देखि रूपन्देहीको रेडियन्ट कलेजमा संचालनमा आउने भएको छ । दुई वर्ष अघि देखि काठमाडौं विश्वविद्यालय को स्कूल अफ एजुकेशन (School of Education – KUSOED) अन्तर्गत, BTech Ed. IT (Bachelor of Technical Education in Information Technology) कार्यक्रम संचालन गर्दै आएको रेडियन्ट कलेजले यस इनटेक (Intake) देखि BIT कोर्ष पनि संचालन गर्न सम्बन्धन प्राप्त गरेको हो ।
“नेतृत्वको लागि गुणस्तरिय शिक्षा” अथवा “Quality Education for Leadership” मूल आदर्श सहित सन् १९९१ मा स्थापित काठमाडौँ विश्वविद्यालय नेपालमा उच्च गुणस्तर शिक्षा प्रवाह गर्दै विश्व समुदायमा पनि राम्रो छवि बनाउन सफल विश्वविद्यालय हो ।
प्राविधिक शिक्षालाई पढ्दै-कमाउँदै रोजगार, नवप्रवर्तन र स्टार्ट-अप सँग जोड्नुपर्छ भन्ने मान्यतामा स्थापित रूपन्देहीको, तिलोत्तमा ५ शंकरपुर (तिलोत्तमा नगरपालिका जाने बाटो) मा रहेको रेडियन्ट कलेजले २५ भन्दा धेरै विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय आईटी कम्पनीहरूसँग पार्टनरसिप गरेर, विद्यार्थीहरुलाई दोश्रो वर्षदेखि नै पढ्दै कमाउँदै गर्न Paid Internship को मौका प्रदान गरेको छ ।
BTech Ed. IT कोर्ष संचालनमा आएको वर्षदेखि नै पहिलो सेमेस्टरमा ३ जना विद्यार्थीहरूले Perfect 4.0 GPA र दोस्रो सेमेस्टरमा ५ जना विद्यार्थीहरूले Perfect 4.0 GPA हासिल गर्दै लगातार विश्वविद्यालय प्रथम नतिजा सहित रेडियन्ट कलेजले आफ्नो उत्कृष्टता प्रमाणित गरिसकेको र हाल चौथो सेमेस्टर अध्ययनरत २५ जना भन्दा बढी विद्यार्थीहरू तेस्रो सेमेस्टर पढ्दा देखिनै विभिन्न आइटी कम्पनीमा Paid Internship प्राप्त गरि Remote Work गरिरहेको कुरा प्राचार्य श्री अनन्त पाण्डे ज्यू ले हाम्रो टिम लाई जानकारी गराउनुभएको हो ।
उहाँकै भनाई अनुसार विश्वविद्यालयको पाठ्यक्रम बाहेक क्याम्पसले विद्यार्थीहरुलाई चाहिने विभिन्न Hard Skills र Soft Skills हरू निरन्तर Extra Professional Training मार्फत प्रदान गर्दै विद्यार्थीहरुको सर्वाङ्गीण सीप विकासमा जोड दिइएको हुनाले यो सफलता प्राप्त भएको हो ।
विश्वविद्यालयले तोकेको बाहेक कुनै अतिरिक्त शुल्क नलिईकन, विश्वविद्यालय वा राजधानी केन्द्रित उस्तै कोर्ष अध्यापन गराउने शैक्षिक संस्थाभन्दा गुणस्तरीय शिक्षा प्रदान गरे आफ्नै ठाउँमा विद्यार्थीको पढ्ने रुची बढ्ने र काठमाडौं, भारत वा अन्य बाह्य-देश जान पर्ने बाध्यता नहुने बुझाईबाट बिकसित सोचाइले स्थापित रेडियन्ट कलेजले आगामी दिनमा आफ्नो पूर्वाधार, प्रविधि र जनशक्तिको सशक्त विकास गरि त्यस क्षेत्रकै अव्वल शैक्षिक संस्था बन्ने उदेश्य राखेको जनाएको छ ।
PCM (Physics, Chemistry and Mathematics) वा PMCs (Physics Mathematics and Computer Science) वा Equivalent उत्तीर्ण विद्यार्थीहरु मात्र KU को BIT पढ्न योग्य हुने र Science, Management, Education वा Equivalent अन्य कुनै पनि +2 Equivalent कोर्ष उत्तीर्ण गरेको विद्यार्थीहरु KU को BTech Ed. IT पढ्न योग्य हुन्छन् । तर केही विषयमा NG भएका वा नतिजाको पर्खाइमा रहेका विद्यार्थीहरु पनि प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन् ।
शैक्षिक सत्र २०८३ (2026 – Intake) को लागि भर्ना प्रक्रिया सुरु भइ सकेकोले आईटी पढ्न इच्छुक विद्यार्थीहरुले कलेज प्रशासनसँग समन्वय गरेर वा रेडियन्ट कलेजको Website वा सामाजिक सञ्जाल (Social Media) मा प्राप्त सूचना हेरेर सीमित सिटको लागि तोकिएको समय भित्र आवेदन दिन सक्ने जानकारी कलेजका सह-प्राचार्य ई. प्रकाश पौडेलले जानकारी दिनुभयो ।
आईसीटी समाचार