कीवर्डहरू -

‘परीक्षा स्थगित’को भ्रामक सूचना फैलिएपछि आईओएसटीको स्पष्टीकरण- परीक्षा रोकिँदैन

‘परीक्षा स्थगित’को भ्रामक सूचना फैलिएपछि आईओएसटीको स्पष्टीकरण- परीक्षा रोकिँदैन

काठमाडौं । विज्ञान तथा प्रविधि अध्ययन संस्थान (आईओएसटी) डीनको कार्यालयले निर्धारित परीक्षा कार्यक्रमअनुसार नै परीक्षा सञ्चालन हुने स्पष्ट पारेको छ । परीक्षा स्थगित भएको भन्दै सामाजिक सञ्जाल तथा विभिन्न माध्यममा फैलिएका सूचनाप्रति ध्यानाकर्षण भएको जनाउँदै कार्यालयले त्यस्ता सूचना आधिकारिक नभएको स्पष्ट पारेको हो ।

डीनको कार्यालयले परीक्षा स्थगित भएको भन्ने भ्रामक सूचनाको पछि नलाग्न विद्यार्थीलाई आग्रह गरेको छ । परीक्षा सम्बन्धी आधिकारिक सूचना आईओएसटीबाटै प्रकाशित हुने भएकाले संस्थानका आधिकारिक माध्यमबाट जारी हुने सूचनालाई मात्र आधार मान्नसमेत अनुरोध गरिएको छ ।

परीक्षा स्थगित भएको हल्लाका कारण अन्योलमा परेका विद्यार्थीलाई निर्धारित मिति, समय र परीक्षा केन्द्रअनुसार नै परीक्षामा सहभागी हुन कार्यालयले आग्रह गरेको छ ।