इभेन्ट
सुरू भयो केसीसी एक्जिबिट २०२५, प्रदर्शनीमा ४० बढी विद्यार्थीका आईटी परियोजनाहरू
पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कान्तिपुर सिटी कलेज (केसीसी) ले आयोजना गरेको ‘KCC Exhibit 2025’ सुरू भएको छ ।
इन्नोभेट, एक्जिबिट र इन्स्पायर नारासहित शुक्रबार र शनिबार २ दिनसम्म कलेज परिसरमा चल्ने प्रर्दशनीको उद्घाटन सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्बी सुब्बा गुरूङले गरेका छन् ।
यो दुईदिने कार्यक्रमले विद्यार्थीहरूका सिर्जनात्मक र व्यावहारिक क्षमतालाई उजागर गर्नुका साथै शैक्षिक क्षेत्र र उद्योग क्षेत्रबीचको सहकार्यलाई प्रवर्द्धन गर्ने उद्देश्य राखिएको छ ।
कार्यक्रममा उद्घाटन शत्रमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (NAST) का सचिव डा. रवीन्द्र प्रसाद ढकाल, सूचना प्रविधि विभागका महानिर्देशक रमेश शर्मा पौडेल, क्यान महासंघकी अध्यक्ष सुनैना पाण्डे, व्यवस्थापन संघका महासचिव इन्द्र कुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको छ ।
प्रदर्शनीमा ४० भन्दा बढी आईटीसँग सम्बन्धित विद्यार्थीका परियोजनाहरू राखिएको छ । जसमा कृत्रिम बुद्धिमत्ता (AI), इन्टरनेट अफ थिङ्स (IoT), वेब तथा मोबाइल एप्लिकेसन, शैक्षिक प्लेटफर्म, सिभिल इञ्जिनियरिङ मोडल, ट्राफिक व्यवस्थापन प्रणाली, भूकम्प प्रतिरोधी संरचनाजस्ता विषय समावेश छन्।
त्यस्तै, व्यवस्थापन संकाय अन्तर्गत अध्ययनरत बीबीएका विद्यार्थीहरूले सञ्चालन गर्ने ५ भन्दा बढी खाना स्टलमार्फत स्थानीय तथा फ्युजन स्वादका परिकारहरू प्रस्तुत गरिनेछ। यसले विद्यार्थीहरूको उद्यमशीलता विकासमा सघाउ पुर्याउनुका साथै आगन्तुकहरूलाई फरक स्वाद अनुभव गराउने अपेक्षा गरिएको छ।
कार्यक्रमको सांस्कृतिक पक्ष पनि आकर्षक बनाइएको छ। प्रदर्शनीका दौरान चर्चित गायिका एञ्जिला रेज्मीको लाइभ कन्सर्ट, हास्य कलाकार जितु नेपाल (मुन्द्रे)को विशेष प्रस्तुति तथा विद्यार्थीहरूद्वारा प्रस्तुत सांगीतिक प्रस्तुतीहरूले माहोललाई झनै रंगीन बनाउने छन्।
दुईदिने यस प्रदर्शनीमा करिब १० हजार भन्दा बढी दर्शकहरूको सहभागिता अपेक्षा गरिएको छ, जसमा विद्यार्थी, शिक्षक, अभिभावक, उद्यमी, प्रविधि विज्ञ, सञ्चारकर्मी र सर्वसाधारण रहनेछन् । प्रदर्शनीले विद्यार्थीहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्न सशक्त मंच प्रदान गर्नुका साथै नेपालमा नवप्रवर्तन र उद्यमशीलताको संस्कृति विकासमा सकारात्मक योगदान दिने विश्वास गरिएको छ।
 
इभेन्ट
लुम्बिनी प्राविधिक विश्वविद्यालयमा दुई दिने एआई ह्याकाथन हुँदै, कसरी हुने सहभागी ?
लुम्बिनी प्राविधिक विश्वविद्यालयमा यसै हप्ता दुई दिने एआई कार्यशाला तथा ह्याकाथन कार्यक्रम हुने भएको छ । 'थिङ्क, बिल्ड, एन्ड स्क…
साउन १६ र १७ गते केसीसी एक्जिबिट, विद्यार्थीहरूका नवीन आईटी परियोजना देख्न पाइने
कान्तिपुर सिटी कलेज (KCC) ले आगामी साउन १६ र १७ गते दुई दिने ‘केसीसी एक्जिबिट २०२५’ आयोजना गर्ने भएको छ । …
नयाँ प्रविधिमा युवतीहरूको पहुँच बढाउँदै ‘गर्ल्स इन आइसिटी नेपाल’, सुर्खेत र इटहरीमा तीनदिने तालिम सम्पन्न
नेपाल दूरसञ्चार प्राधिकरण र अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्गठन (आईटीयु) को सहकार्यमा ‘गर्ल्स इन आइसिटी नेपाल’ अन्तर्गत कर्ण…
टिकटक र हिमाल मिडिया मेलाबीच साझेदारी
हिमालमिडियाले साउन ९ गते हिमाल मिडिया मेलाको चौथो संस्करण आयोजना गर्ने तयारी गरेको छ । यसले देशभरका पत्रकार, डिजिटल …
रूपन्देहीमा तीनदिने नेटवर्किङ बुटक्याम्प आयोजना हुदै, यसरी हुनुहोस् सहभागी
सूचना प्रविधिको क्षेत्रमा क्रियाशील संस्था सीएसआईटी एशोशिएसन अफ रूपन्देहीले विद्यार्थीहरूको सीप अभिवृद्धि र व्यावसायिक विकासलाई ल…
म्यानस एआईसँगको सहकार्यमा एआई ह्याकाथन सम्पन्न, प्रम्प्टबाटै एक घण्टामा १४ एप्स निर्माण
असार २८ गते शनिबार काठमाडौंमा एआई ह्याकाथन सम्पन्न भएको छ । उक्त ह्याकाथनमा सहभागीहरूले एक घण्टाभित्रै १४ वटा एप्स निर्माण गरेका…
साउन ९ देखि डीएभी कलेजमा ह्याकाथन हुँदै, स्नातक तहका विद्यार्थीहरू सहभागी हुन सक्ने
ललितपुरको जावलाखेलस्थित डीएभी कलेजमा आगामी साउन ९ देखि ११ गतेसम्म (जुलाई २५–२७) राष्ट्रिय स्तरको तीन दिने ह्याकाथन &lsq…
असार ३२ गतेदेखि सफ्टवेयरिका कलेजमा चारदिने ‘टेकएक्स एलिभेट’ हुँदै, यस्ता छन् आकर्षण
सफ्टवेरिका कलेजले जुलाई १६ देखि १९ सम्म अर्थात असार ३२ गतेदेखि साउन ३ गतेसम्म ‘
                                  
                                   
                                             नेपालका प्रतिभाशाली युवाहरूको एउटा टोली एआई फर गुड - रोबोटिक्स फर गुड युथ च्यालेन्ज २०२५ मा सहभागी हुन स्वीट्जरल्यान्…
                                          
                                          
                                            रोबोटिक्स फर गुड युथ च्यालेन्ज २०२५ मा सहभागी हुन नेपाली युवा टोली जेनेभा प्रस्थान
                                          
                                      
                                      
                                      
बुटवल र धनगढीमा युवतीहरूका लागि आयोजना भएको कोडिङ वर्कशप सम्पन्न
अन्तर्राष्ट्रिय दूरसञ्चार युनियन र नेपाल दूरसञ्चार प्राधिकरणको सहकार्यमा बुटवल र धनगढीमा युवतीहरूका लागि आयोजना भएको कोडिङ वर्कश…
बुटवल र धनगढीमा किशोरीहरूका लागि कोडिङ वर्कशप हुँदै, यसरी हुनुहोस् सहभागी
अन्तर्राष्ट्रिय दूरसञ्चार युनियन र नेपाल दूरसञ्चार प्राधिकरणको सहकार्यमा बुटवल र धनगढीमा किशोरीहरूका लागि कोडिङ वर्कशप हुने भएको…
एनसेल फाउडेसनसँगको सहकार्यमा सातै प्रदेशमा आइसिटी ज्ञान सम्पन्न, डिजिटल खाँडल घटाउने विश्वास
आइसिटी फाउन्डेसन नेपाल र एनसेल फाउडेसनको संयुक्त सहकार्यमा सातै प्रदेशमा आइसिटी ज्ञान कार्यक्रम सम्पन्न भएको छ ।
एनसेल फाउडेसनसँगको सहकार्यमा बागमती प्रदेशमा आइसिटी ज्ञान सम्पन्न
आइसिटी फाउन्डेसन नेपाल र एनसेल फाउडेसनको संयुक्त सहकार्यमा बागमती प्रदेशको दोलखामा आइसिटी ज्ञान कार्यक्रम सम्पन्न भएको छ । …
आईटीमा करियर बनाउने सोच्दै हुनुहुन्छ ? नास आईटीले आईतबार आयोजना गर्दैछ करियर कम्पास
के तपाई आईटीमा करियर बनाउने सोच्दै हुनुहुन्छ ? यदी त्यसो हो भने तपाईहरूका लागि उपयोगी हुन सक्छ नास आईटीको करियर कम्पास कार्यक्…
‘एआई फर गुड, रोबोटिक्स फर गुड युथ च्यालेन्ज’ सम्पन्न, नेपाली विद्यार्थीहरू जेनेभामा सहभागी हुने
काठमाडौं इन्जिनियरिङ कलेजमा आयोजित ‘एआई फर गुड, रोबोटिक्स फर गुड युथ च्यालेन्ज’ प्रतियोगिता सम्पन्न भएको छ । …