कीवर्डहरू -

इभेन्ट

वर्डक्याम्प काठमाडौं २०२६ को तयारी अन्तिम चरणमा, देशभरका प्रविधि क्षेत्रका व्यक्तिको सहभागिता हुने

काठमाडौं । वर्डप्रेसको प्रतिष्ठित सम्मेलन ‘वर्डक्याम्प काठमाडौं २०२६’ को तयारी अन्तिम चरणमा पुगेको छ । वर्डप्रेस काठमाडौंको आयोजनामा हुने दुई दिने प्रविधि सम्मेलनमा देशभरका सफ्टवेयर इन्जिनियर, वेब विकासकर्ता, विद्यार्थी, फ्रिलान्सर तथा प्रविधि उद्यमीहरूको सहभागिता रहने भएको छ ।

सम्मेलनको पहिलो दिन ‘कन्ट्रिब्युटर डे’ आयोजना हुनेछ । यस दिन सहभागी तथा विकासकर्ताले वर्डप्रेसको मुख्य कोड, नेपाली भाषा अनुवाद, दस्तावेजीकरण, थिम तथा प्लगइन परीक्षणलगायतका क्षेत्रमा प्रत्यक्ष रूपमा योगदान गर्न सक्नेछन् ।

त्यस्तै, अनुभवी प्रशिक्षकहरूले वर्डप्रेससम्बन्धी व्यावहारिक तालिम समेत प्रदान गर्नेछन् । यसबाट सहभागीले आफ्नो प्राविधिक सीप विकास गर्नुका साथै अन्तर्राष्ट्रियस्तरको अनुभव हासिल गर्ने र व्यक्तिगत प्रोफाइल बलियो बनाउने अवसर पाउनेछन् ।

null

सम्मेलनको दोस्रो दिन आधुनिक प्रविधि, नि:शुल्क तथा खुला स्रोत प्रविधि, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र सुरक्षित वेब विकासमा केन्द्रित प्राविधिक तथा व्यावसायिक सत्र सञ्चालन हुनेछन् ।

विशेष गरी एआईको प्रयोगमार्फत छिटो तथा प्रभावकारी रूपमा सफ्टवेयर विकास गर्ने कार्यप्रणाली, यूआई/यूएक्स, स्मार्ट प्रम्प्ट लेखन, सुरक्षित कोडिङ, क्लाउड प्रणाली तथा डिजिटल भुक्तानीलगायतका विषयमा विशेषज्ञ तथा अनुभवी वक्ताले प्रस्तुति तथा तालिम दिनेछन् ।

सम्मेलनमा नेपालसहित भारत, बंगलादेश र फिलिपिन्सलगायतका देशबाट आएका प्राविधिक विज्ञ, उत्पादन व्यवस्थापक तथा प्रविधि समुदायका अगुवाहरूले आफ्ना अनुभव र ज्ञान प्रस्तुत गर्ने आयोजकले जनाएको छ ।

नेपालमै बसेर विदेशी ग्राहकसँग कसरी काम गर्ने, डिजिटल उत्पादनलाई विश्व बजारमा कसरी पुर्‍याउने र अन्तर्राष्ट्रिय बजारबाट आम्दानी गर्ने भन्ने विषयमा पनि व्यावहारिक तथा रणनीतिक छलफल हुनेछन् ।

कार्यक्रमले सूचना प्रविधि अध्ययन गरिरहेका विद्यार्थी तथा नयाँ प्रतिभाका लागि रोजगारी, इन्टर्नसिप र मेन्टरसिपका अवसरसमेत सिर्जना गर्ने आयोजकको विश्वास छ । सहभागीले विभिन्न कम्पनीका नेतृत्वसँग प्रत्यक्ष भेटघाट तथा नेटवर्किङ गर्ने, आफ्ना समस्या र नयाँ अवधारणामाथि छलफल गर्ने अवसर पाउनेछन् ।

null

त्यसैगरी, सहभागीका लागि आधिकारिक उपहार तथा सम्मेलनपछि आयोजना हुने अनौपचारिक कार्यक्रममा सहभागी भई प्रविधि समुदायका सदस्यसँग सम्बन्ध विस्तार गर्ने अवसर समेत रहनेछ ।

यस वर्षको सम्मेलनमा अन्तर्राष्ट्रियस्तरका प्रविधि कम्पनीहरूले प्रायोजन तथा सहभागिता जनाउने भएका छन् । ब्लुहोस्ट, होस्टिङ डटकम र जेटप्याक प्लाटिनम प्रायोजकका रूपमा जोडिएका छन् ।

त्यस्तै, टेक्सास इन्टरनेसनल कलेज एकेडेमिक पार्टनरका रूपमा रहेको छ भने एलिमेन्टर ब्रोन्ज प्रायोजक र भिलेज हाइल्यान्ड रिसोर्ट आफ्टर पार्टी प्रायोजकका रूपमा सहभागी भएको आयोजकले जनाएको छ ।

आयोजकका अनुसार सम्मेलनमा सहभागीहरूले प्रायोजक तथा साझेदार कम्पनीका प्रतिनिधिसँग प्रत्यक्ष भेटघाट र नेटवर्किङ गर्नुका साथै आफ्ना नवीन प्राविधिक अवधारणा प्रस्तुत गर्ने अवसर पाउनेछन् । यसबाट रोजगारी, व्यावसायिक सहकार्य तथा अन्तर्राष्ट्रिय प्रविधि बजारसँग जोडिने नयाँ अवसरसमेत सिर्जना हुने अपेक्षा गरिएको छ ।

इभेन्ट

स्वदेशी उत्पादनदेखि एआई–रोबोटिक्ससम्म : भदौ ९ देखि नाडा अटो शो

काठमाडौं । आगामी भदाै ९ गतेदेखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा १८ औँ नाडा अटो–शो भव्य रूपमा आय…

१ लाख ८० हजारभन्दा बढी अवलोकनकर्तासहित नाइमा मोबिलिटी एक्स्पो सम्पन्न

काठमाडौं । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ समापन भएको छ । साउन २६ गते भव्य कार्यक्रमबीच औपचारिक उद्घाटन भए…

नाइमा एक्स्पोको क्रेज : पाँच दिनमै डेढ लाखभन्दा बढीको उपस्थिति

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ साउन ३१ गते आइतब…

सार्वजनिक हुनुअघि सरकारी सिस्टमको सुरक्षा परीक्षण, इथिकल ह्याकरले ह्याक गर्ने

काठमाडौं । सरकारी डिजिटल प्रणालीमा हुन सक्ने साइबर जोखिम पहिचान गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयक…

नाइमा एक्स्पोमा चार दिनमै एक लाखभन्दा बढी दर्शक, शनिबार आइतबार अझ विशेष आकर्षण

काठमाडौं । भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा अपेक्षाभन्दा धेरै अवलोकनकर्…

नाइमा नेपाल मोबिलिटी एक्स्पोको तेस्रो दिन : वर्षाका बाबजुद पनि अवलोकनकर्ताको उल्लेख्य घुइँचो

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा भारी वर्षाका ब…

अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापन : सरोकारवाला के भन्छन् ?

काठमाडौं । अटो फाइनान्सिङमा कर्जा प्रवाह बढ्दै जाँदा जोखिम व्यवस्थापन, बीमा दाबी र सहज कर्जा प्रवाहमा सरोकारवा…

नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा

काठमाडाैं । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का लागि आयोजक नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स …

नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण, बुकिङ पनि उच्च

काठमाडौं । भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा अवलोकनक…

पाँच वर्षभित्र यातायात क्षेत्र पूर्ण प्रविधिमैत्री बनाउने सरकारको तयारी छ : सांसद गजुरेल

काठमाडौं । प्रतिनिधिसभा सदस्य एवं पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले आगामी पाँच वर्षभित्रमा याताय…

महिलाको सम्मानमा इसेवाको ‘श्रावण र शृङ्गार’ कार्यक्रम

काठमाडौं । नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले आफ्नो व्यावसायिक पहिचानलाई सांस्कृतिक र सामाज…

काठमाडौंमा क्याम्ब्रिज इङ्लिस लिडरसिप कन्फरेन्स, एआई युगमा विद्यार्थीको सञ्चार सीप विकासमा जोड

काठमाडौं । क्याम्ब्रिज युनिभर्सिटी प्रेस एन्ड एसेसमेन्टले काठमाडौंमा ‘क्याम्ब्रिज इङ्लिस लिडरसिप कन्फरेन्स (C…

नाइमा मोबिलिटी एक्स्पो आजदेखि सुरु, विद्युतीय र नवीनतम सवारी साधनको भव्य प्रदर्शनी

काठमाडाैं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) काे आयाेजनामा आज साउन २६ देखि …

नेपाली स्टार्टअपको विश्व बजार विस्तारमा अमेरिकी दूतावासको साथ, २० उद्यमी सम्मानित

काठमाडौं । नेपालमा नवप्रवर्तन र उद्यमशीलतालाई प्रवर्द्धन गर्ने उद्देश्यले अमेरिकी दूतावास नेपालको सहयोगमा सञ्चाल…

प्लस टु सकिएका युवादेखि डेभलपरसम्म, ‘Hack4Impact’ ले जोड्यो नयाँ पुस्ताका टेक प्रतिभा

काठमाडौं । नेपालको सूचना प्रविधि क्षेत्रमा व्यावहारिक तथा समस्या समाधानमा आधारित सिकाइलाई प्रोत्साहन गर्ने उद्द…