काठमाडौं । सगर ग्रुपको आयोजनामा Konica Minolta Roadshow 2026 आगामी २०८३ भदौ २५ र २६ गते काठमाडौंको बागबजारस्थित सल्ल्यान हाउस (वीरेन्द्र सदन), पि.के. क्याम्पसको ठीक अगाडि आयोजना हुने भएको छ ।
दुई दिने रोडशोमा व्यवसायी, प्रिन्ट व्यवसायी, डिजाइनर, विज्ञापन तथा क्रिएटिभ एजेन्सीका प्रतिनिधि तथा विभिन्न संस्थाका प्रतिनिधिहरूले Konica Minolta का डिजिटल प्रिन्टिङ प्रविधि र समाधानहरू प्रत्यक्ष रूपमा अवलोकन तथा परीक्षण गर्न सक्नेछन् ।
कार्यक्रममा डिजिटल प्रिन्टिङ प्रविधिको प्रयोग, यसको व्यावसायिक सम्भावना तथा विभिन्न प्रकारका प्रिन्टिङ आवश्यकतामा यसको उपयोगबारे प्रत्यक्ष मेसिन डेमो मार्फत जानकारी दिइनेछ । सहभागीहरूले प्रिन्टिङको गुणस्तर, मिडिया ह्यान्डलिङ तथा आफ्नो आवश्यकताअनुसारको आउटपुटलाई नजिकबाट बुझ्ने अवसर पाउनेछन् ।
रोडशोको विशेष पक्षका रूपमा सहभागीहरूले आफ्नै कागज, प्रिन्ट मिडिया, डिजाइन वा नमुना फाइल लिएर आएर त्यसमा प्रिन्ट परीक्षण गर्न सक्नेछन् । यसबाट सहभागीहरूले सामान्य डेमो नमुनाभन्दा आफ्नै वास्तविक काम वा आवश्यकतामा मेसिनको प्रदर्शन र प्रिन्ट आउटपुटको अनुभव गर्न सक्नेछन् ।
यसका साथै सहभागीहरूले आफ्ना व्यवसाय तथा प्रिन्टिङ आवश्यकताबारे सम्बन्धित प्राविधिक तथा बिक्री टोलीसँग प्रत्यक्ष छलफल गरी उपयुक्त डिजिटल प्रिन्टिङ समाधानबारे जानकारी लिन सक्नेछन् । Konica Minolta Roadshow 2026 दुवै दिन बिहान १० बजेदेखि साँझ ४ बजेसम्म सञ्चालन हुनेछ ।
आईसीटी समाचार