कीवर्डहरू -

एभरेस्ट इन्जिनियरिङ कलेजमा अन्तर्राष्ट्रिय एआई सम्मेलन सम्पन्न

एभरेस्ट इन्जिनियरिङ कलेजमा अन्तर्राष्ट्रिय एआई सम्मेलन सम्पन्न

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तथा कम्प्युटेसनल साइन्स एन्ड इन्जिनियरिङ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (IC-AICSE 2026) काठमाडौंमा आज सम्पन्न भएको छ । एभरेस्ट इन्जिनियरिङ कलेजको आयोजनामा तथा हिमालयन इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजीको सहआयोजनामा बुधबार बुढानीलकण्ठमा सम्पन्न भएको सम्मेलनको प्रमुख आतिथि बागमती विश्वविद्यालयका अध्यक्ष प्रा.डा. चन्द्र मणि पौडेल रहेका थिए ।

null

सम्मेलनका सदस्य सचिव सहप्राध्यापक इन्जिनियर राजन लामा तथा सहआयोजकका तर्फबाट इन्जिनियर चर्चित नगिलाले उपस्थित सबैलाई स्वागत गर्नुभएको थियो । इन्जिनियर प्रकृति गिरी र इन्जिनियर जस्मी खड्काले संयुक्त रूपमा उद्घोषण गरेको सम्मेलनको उद्घाटन सत्रमा अनुसन्धान पत्रहरूको निचोड संकलित Abstract Book को अनावरण गरिएको थियो ।

सम्मेलनको उद्घाटन सत्रमा OPEN का अध्यक्ष नवराज पाण्डे, CAN का प्रतिनिधि, IEEE Women in Engineering का अध्यक्ष डा. प्रतिमा प्रधान, अन्तर्राष्ट्रिय प्रतिनिधि तथा आयोजक संस्थाका पदाधिकारीले नेपालमा एआई र कम्प्युटेसनल साइन्स तथा इन्जिनियरिङको विकास र सम्भावनाबारे मन्तव्य दिएका थिए ।

null

सम्मेलनमा नाइजेरियाको युनिभर्सिटी अफ एग्रिकल्चरका प्रोफेसर डा. डेनियल ओलुवासेगुन एडम्स, लिथुआनियाका प्रोफेसर डा. अदिबायो अबायोमी–अल्ली, दक्षिण कोरियाका प्रोफेसर डा. क्युङ वाई. बे र अस्ट्रेलियाको युनिभर्सिटि अफ टेक्नोलोजि सिड्नीका डा. सोजेन प्रधानले मुख्य वक्ताका रूपमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

नेपाली र अन्य देशका विदेशी विज्ञ गरी २२० जनाले भाग लिएको सम्मेलनमा चार समानान्तर प्राविधिक सत्र सञ्चालन गरी एआई, कम्प्युटेसनल साइन्स तथा इन्जिनियरिङसँग सम्बन्धित विभिन्न विषयमा ३९ वटा अनुसन्धान पत्रहरू प्रस्तुत गरिएको थियो ।

null

समानान्तर प्राविधिक सत्रहरूको अध्यक्षता विषय विज्ञहरू ACEM का डा. विपुन मान पाटी, नेपाल इन्जिनियरिङ कलेजका डा. तुसिता चाँदनी शाही, नेपाल टेलिकमका डा. कमल लामिछाने तथा एभरेस्ट इन्जिनियरिङ कलेजका डा. सुनिल चौधरीले गरेका थिए ।

सम्मेलनलाई विभिन्न संस्था तथा निकायहरूबाट प्राविधिक तथा आर्थिक सहयोग समेत गरेका थिए । नेपाल इन्जिनियरिङ परिषद्ले सम्मेलनमा कार्यपत्र प्रस्तुत गरेका विज्ञहरूलाई १ घण्टा बराबरको निरन्तर पेशागतविकासको मुल्याङ्कन गरेका छन् । त्यसैगरी सम्मेलनलाई IEEE Nepal तथा समापन समारोहमा सह–आयोजक, प्रायोजक तथा सत्र अध्यक्ष र सह–अध्यक्षलाई सम्मान गरिएको थियो ।

मुख्य वक्ताहरूलाई प्रमुख आतिथिले, अनुसन्धान पत्र प्रस्तुतकर्ताहरुलाई सत्रका अध्यक्षहरूले र अन्य सहयोगीहरूलाई सम्मेलनका अध्यक्ष तथा कलेजका प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठ तथा कलेजका प्रमुख प्रशासकीय अधिकारी  अरुण कुमार भण्डारीले संयुक्तरूपमा प्रमाणपत्र वितरण गरेका थिए । अनुसन्धान पत्र प्रस्तुतकर्ता तथा अन्य सबै सहयोगीहरूलाई धन्यवाद दिँदै सम्मेलन अध्यक्षले समापन मन्तव्य दिएका थिए ।