कीवर्डहरू -

भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु

भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि. ले भृकुटीमण्डपमा ‘बजाज गेम अफ पावर एक्सचेन्ज कार्निभल’ आयोजना गरेको छ । चाडपर्व (दशैं-तिहार) लाई लक्षित गरी सञ्चालन भइरहेको ‘बजाज गेम अफ पावर’ क्याम्पेनअन्तर्गत असोज २२ देखि २९ गतेसम्म यो कार्निभल सञ्चालन हुनेछ ।

कार्निभलमा पुरानो मोटरसाइकल साटेर नयाँ बजाज मोटरसाइकल लिन चाहने ग्राहकका लागि २२ भन्दा बढी मूल्य निर्धारणकर्ता (भ्यालुएटर) बाट बाइकको उचित मूल्यांकन गराउने व्यवस्था मिलाइएको छ । यसका साथै आकर्षक नगद छुट, निःशुल्क एसेसरिज तथा सहज फाइनान्सको सुविधा समेत उपलब्ध गराइएको छ ।

केवल मोटरसाइकल खरिद र बिक्रीमा मात्र सीमित नभई, महोत्सवमा ‘शो योर पावर’ लगायतका विभिन्न मनोरञ्जनात्मक तथा सहभागितामूलक गतिविधिहरू पनि समावेश गरिएका छन् ।

मोटरसाइकल पारखी तथा ग्राहकलाई दसैँ-तिहारको विशेष अवसरमा उत्साहपूर्ण अनुभव प्रदान गर्ने र नयाँ बजाज मोटरसाइकलतर्फको यात्रालाई थप सहज एवं आकर्षक बनाउने उद्देश्यले यो मेला आयोजना गरिएको कम्पनीले जनाएको छ ।