इभेन्ट
‘हिमालयन लिटरेचर फेस्टिभल २०२६’ घोषणा : कविता, एआई र सिर्जनशीलतामाथि विश्वस्तरीय संवाद हुने
काठमाडौं । ‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६’ का आयोजकहरूले दक्षिण एशियाका प्रमुख अन्तर्राष्ट्रिय साहित्यिक जमघटहरूमध्ये एकको आगामी संस्करणको औपचारिक घोषणा गरेका छन् । यस महोत्सवमा नेपाल तथा विश्वका प्रतिष्ठित कवि, उपन्यासकार, संस्मरण लेखक, अनुवादक, चलचित्रकर्मी, विद्वान्, पत्रकार तथा उदाउँदै गरेका लेखकहरूको सहभागिता रहनेछ ।
एनसेल फाउन्डेसनको सहकार्यमा आयोजना हुने यस संस्करणको आठ दिने अन्तर्राष्ट्रिय कार्यक्रम नेपाली साहित्यमा गुरु प्रसाद मैनालीले पुर्याउनुभएको दीर्घकालीन योगदानको सम्मानमा समर्पित गरिएको छ ।
मे २९ देखि जुन ५, २०२६ सम्म काठमाडौंमा आयोजना हुने यस वर्षको महोत्सव हिलिङ, चेतना, सिर्जनशीलता, स्मृति तथा तीव्र परिवर्तनशील विश्वमा सांस्कृतिक संवादका विषयमा केन्द्रित रहनेछ ।
सप्ताह व्यापी कार्यक्रममा मास्टर क्लास, कार्यशाला, मुख्य वक्तव्य, कविता वाचन, साहित्यिक संवाद, चलचित्र प्रदर्शन, सांस्कृतिक भ्रमण तथा साहित्य र कलाको रूपान्तरणकारी शक्तिमाथि केन्द्रित अन्तरविषयक छलफलहरू समावेश गरिएका छन् ।
यस महोत्सवमा पुलित्जर पुरस्कार विजेता कवि ट्रेसी के. स्मिथ र पल मल्डुन, चर्चित उपन्यासकार जीन ह्यान्फ कोरेलिट्ज, कवि तथा अनुवादक टोनी बार्नस्टोन, विश्वप्रसिद्ध हिमालयन कवि युयुत्सु शर्मा, आइरिश साहित्यिक सम्पादक मार्टिन डोयल, ब्रुकलिन ‘पोएट लौरिएट’ टिना चाङ लगायत नेपाल, भारत, आयरल्यान्ड, अस्ट्रिया, पोल्यान्ड, संयुक्त राज्य अमेरिका तथा अन्य देशका विशिष्ट साहित्यिक व्यक्तित्वहरूको सहभागिता रहनेछ ।
महोत्सवको उद्घाटन हिमालयन तथा विश्व साहित्यिक परम्पराको सङ्गमलाई उत्सवका रूपमा मनाउने विशेष समारोहद्वारा गरिनेछ । महोत्सवभरि कविता, संस्मरण, जादुई यथार्थवाद, कृत्रिम बुद्धिमत्ता (एआई) र सिर्जनात्मक लेखन, महिला साहित्य, आदिवासी आख्यान, आघात र हिलिङ, ध्यान र सिर्जना, अनुवाद, प्रस्तुति कला तथा डिजिटल युगमा साहित्यको भविष्यजस्ता विविध विषयमा सत्रहरू सञ्चालन गरिनेछन् ।
आइतबार काठमाडौंमा आयोजिक पत्रकार सम्मेलनमा बोल्दै हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटस २०२६ का आयोजक युयुत्सु शर्माले भने ‘साहित्य विलासिता होइन । यो मानव सभ्यतासँगै रहेको हिलिङको सबैभन्दा पुरानो माध्यम हो । यो महोत्सव हिमाली राष्ट्र नेपाल, यसको समृद्ध सांस्कृतिक सम्पदा र जीवन्त जीवनशैलीको गौरवमय उत्सव हो । यस महोत्सवले नेपालको गौरवलाई विश्वमञ्चमा उजागर गर्दछ ।’
यस सहकार्यमार्फत एनसेल फाउन्डेसनले नेपालको समृद्ध साहित्यिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा योगदान पु¥याउँदै संवाद, सिर्जनशीलता र विश्वव्यापी सांस्कृतिक आदानप्रदानका लागि अर्थपूर्ण मञ्च निर्माण गर्न सहयोग गर्दछ ।
‘एनसेल फाउन्डेसनमा हामी साहित्य र स्टोरिटेलिङले सांस्कृतिक सम्पदाको संरक्षण, सिर्जनशीलतालाई प्रेरणा तथा अर्थपूर्ण संवाद प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गर्छौं । हिमालयन लिटरेचर फेस्टिभलसँगको सहकार्यमार्फत नेपालका समृद्ध साहित्यिक संस्कृतिको उत्सव मनाउँदै स्थानीय र विश्वव्यापी सिर्जनशील आवाजहरूलाई जोड्ने यस मञ्चलाई सहयोग गर्न पाउँदा हामी गर्व महसुस गछौं,’ कर्पोरेट कम्युनिकेसन्स, मार्केटिङ तथा सस्टेनेबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्काले बताइन् ।
यस महोत्सवको प्रमुख उद्देश्य उदाउँदै गरेका साहित्यिक आवाजहरूको प्रवद्र्धन पनि हो । युवा कविता मञ्चन, मार्गदर्शन कार्यक्रम, कार्यशाला तथा अन्तर्राष्ट्रिय सहकार्यमार्फत नयाँ प्रतिभाहरूलाई प्रोत्साहन गरिनेछ ।
शैलेन्द्र साकार, नारायण ढकाल, हरि अधिकारी, उषा शेरचन, लक्ष्मी माली लगायत नेपाली तथा अङ्ग्रेजी भाषामा लेख्ने नेपाली कवि तथा लेखकहरू अन्तर्राष्ट्रिय साहित्यिक अतिथिहरूसँगै विशेष रूपमा प्रस्तुत हुनेछन्, जसले अन्तर्राष्ट्रिय साहित्यिक क्षेत्रमा नेपालको बढ्दो उपस्थिति थप सुदृढ गर्नेछ ।
महोत्सव अन्तर्गत कवितामा-आधारित आइरिश, अस्ट्रियन, पोलिस चलचित्रहरूको प्रदर्शन गरिनुका साथै काठमाडौं दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, बौद्धनाथ, बुढानीलकण्ठ तथा नगरकोटजस्ता सांस्कृतिक तथा प्राकृतीक सम्पदा स्थलहरूको भ्रमण पनि आयोजना गरिनेछ, जसले सहभागीहरूलाई नेपालको कलात्मक, आध्यात्मिक तथा सांस्कृतिक सम्पदासँग गहिरो रूपमा जोड्नेछ ।
संवाद, सिर्जनशीलता तथा अन्तरसांस्कृतिक समझदारीको साझा मञ्चका रूपमा स्थापित हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स’ वर्कशपले काठमाडौंलाई विश्व साहित्यिक गन्तव्य तथा विविध कलात्मक आवाजहरूको महत्वपूर्ण गन्तव्य स्थलका रूपमा अझ सुदृढ बनाउँदै आएको छ ।
पत्रकार सम्मेलनका क्रममा कवितामा आधारित दुई फिल्मका ट्रेलरहरू प्रदर्शन गरिको थियो । यसमा आयरिश कवि तथा चिन्तक डोरेन नी घ्रीफाको जीवनमा आधारित ‘क्लाउडेड रेभरिज्’ र अस्ट्रियन कवि बोडो हेल बारेमा कारोला मायरले निर्देशक गरेको ‘वाइड अवेक’ रहेको छ ।
त्यसैगरी, स्टीफन बुकासले बनाएको सन् २०१५ को नेपाल भूकम्पमा आधारित युयुत्सु शर्माको कवितामा आधारित फिल्म ‘आई सी माई वल्र्ड सेकिङ’ पनि प्रदर्शन गरिएको थियो ।

इभेन्ट
कोडदृष्टिद्वारा राष्ट्रिय एआई ह्याकाथन २०२६ घोषणा, नवप्रवर्तकलाई लगानीकर्तासँग प्रत्यक्ष जोडिने अवसर
काठमाडौं । नेपालको उदाउँदो प्रविधि क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स (AI) को प्रयोग र स्थानीय नवप्रवर्तनलाई प्रव…
नेविअप्रको २३ औँ वार्षिकोत्सव : शिक्षा सुधारदेखि एआईसम्म व्यापक छलफल
काठमाडौं । नेपाल विकास अनुसन्धान प्रतिष्ठान (नेविअप्र) ले आफ्नो २३ औँ वार्षिकोत्सवका अवसरमा आज आयोजना गरेको क…
नेपाल टेक रोडशो यूएसए २०२६ सम्पन्न, नेपालको आईटी क्षमता विश्वसामु प्रस्तुत
काठमाडौं । अमेरिकामा सम्पन्न ‘नेपाल टेक रोडशो यूएसए २०२६’ ले नेपालको बढ्दो प्रविधि उद्योग र विश्…
नेपाली लिपिमा आधारित डोमेन र ईमेल प्रवर्द्धन गर्न ‘यूए अडाप्टेसन एन्ड ह्याकाथन नेपाल २०२६’ सम्पन्न
काठमाडौं । ‘यूए अडाप्टेसन एन्ड ह्याकाथन नेपाल २०२६: पायोनियरिङ यूए रेडी प्लेटफर्म’ कार्यक्रम सफलत…
अन्तर्राष्ट्रिय मञ्चमा नेपाली मार्केटिङको सफलता, टिकटक अभियानले भी-चित्र सम्मानित
काठमाडौं । भी-चित्र प्रा.लि.ले एशियाकै प्रतिष्ठित मार्केटिङ प्लेटफर्ममध्ये एक १५ औं ACEF ग्लोबल कस्टमर इन्गेजमेन्ट…
‘एडब्लुएस कम्युनिटी डे २०२६’ सम्पन्न : नेपालको क्लाउड र एआई भविष्यबारे छलफल
काठमाडौं । नेपालमा क्लाउड कम्प्युटिङ, कृत्रिम बुद्धिमत्ता (एआई) तथा साइबर सुरक्षाप्रतिको बढ्दो चासोबीच आयोजित &…
'ब्रदर मिट एण्ड ग्रीट' कार्यक्रम सम्पन्न, उद्योगिक नेटवर्किङ र खुला संवादलाई प्रोत्साहन
काठमाडौं । ब्रदरले सागर ग्रुपसँगको सहकार्यमा २०२६ मे ६ तारिखमा Elevate Lounge मा “Brother Meet & Gr…
परम्परा र आधुनिकताको संगम : प्रतिभा नक्षत्र ७ ले विश्व जोड्दै
काठमाडौं । प्रवासी नेपाली समुदाय तथा अन्तर्राष्ट्रिय सांस्कृतिक मञ्चलाई लक्षित गर्दै “प्रतिभा नक्षत्र &ndash…
सृजनशील सोचको प्रतिस्पर्धा : ख्वापा कलेजमा हल्ट प्राइज सफल
काठमाडौं । ख्वापा इन्जिनियरिङ कलेज (KhEC) मा हल्ट प्राइज २०२५/२६ को ग्राण्ड फिनाले कार्यक्रम सम्पन्न भएको छ । ब्ल…
काठमाडौं युनिभर्सिटीमा ईपेक्स कार्यक्रम सुरु
काठमाडौं । काठमाडौं युनिभर्सिटीमा EEPEX कार्यक्रम सुरु भएको छ । यो कार्यक्रमलाई प्रविधि, इनोभेसन र इन्जिनियरि…
कोशी प्रदेशबाट १३ स्टार्टअप बीआइएस २०२६ मा छनोट
काठमाडौं । आईसीटी फाउन्डेसन नेपालले सञ्चालन गर्ने बिजनेस इन्क्युबेसन सर्भिस (BIS) कार्यक्रम २०२६ अन्तर्गत बागमती…
बागमती प्रदेशबाट १४ स्टार्टअप बीआइएस २०२६ मा छनोट
काठमाडौं । आईसीटी फाउन्डेसन नेपालले सञ्चालन गर्ने बिजनेस इन्क्युबेसन सर्भिस (BIS) कार्यक्रम २०२६ अन्तर्गत बागमती प्रदेशबाट छनोट भएका टोलीहरू…
सरकार-निजी क्षेत्र एउटै मञ्चमा : बजेटअघि आईसीटी डिस्कोर्स आयोजना हुँदै
काठमाडौं । आईसीटी फाउन्डेसन नेपालको आयोजनामा 'प्रि-बजेट आईसीटी डिस्कोर्स २०८३' बिहिबार (३० अप्रिल २…
कान्तिपुर इन्जिनियरिङ कलेजमा ‘केईसी लाइट २०८२’ हुँदै, चङ्खे रोबोट पनि हेर्न पाइने
धापाखेलस्थित कान्तिपुर इन्जिनियरिङ कलेज (केईसी) ले ‘केईसी लाइट २०८२’ कार्यक्रम आयोजना गर्ने भएको छ। विद्यार्थीहरूमा…
बिहीबारदेखि सागर ग्रुपको आईटी एक्सपो, ब्राण्ड र ग्राहकबीचको सम्बन्धलाई सुदृढ बनाउने विश्वास
सूचना प्रविधि क्षेत्रमा तीन दशकभन्दा बढी समयदेखि सक्रिय रहदै आएको सागर ग्रुपले आगामी माघ २२ गतेदेखि माघ २७ गतेसम्म काठमाडौंको …