इभेन्ट
बिहीबारदेखि भिरिञ्ची कलेजमा आइसिटी मेला, निःशुल्क अवलोकन गर्न सकिने
काठमाडौं । यही मंसिर २०, २१ र २२ गते ललितपुरको कुमारिपाटीस्थित भिरिञ्ची कलेजमा आइसिटी मेला ५.० हुने भएको छ । भिरिञ्ची कलेजले हरेक वर्ष आयोजना गर्दै आएको आइसिटी मेलाको पाँचौं संस्करण बिहीबारदेखि शनिबारसम्म सञ्चालन हुने भएको हो ।
मेलामा ब्याचलरमा अध्ययनरत विद्यार्थीले बनाएका आईओटी, रोबोटिक्स, एआई, सफ्टवेयर लगायतका प्रोजेक्टहरू प्रदर्शनीमा राखिने छ ।
यस बाहेक मेलामा रोबो र्याम्प रेस, रोबो सकर, स्क्विड गेम, ई-स्पोर्ट्स टुर्नामेन्ट लगायतका गतिविधि हुनेछन् । यसअघि आइसिटी मेलाको प्रि-इभेन्टको रूपमा रिल्स र युआई/युएक्स प्रतियोगिता सम्पन्न भइसकेका छन् ।
आईटीमा रूची हुने सबैले मेलाको निःशुल्क अवलोकन गर्न सक्ने छन् । मेलामा मानिसको दैनिक जीवनलाई सहज बनाउने खालका नवीन आईटी परियोजनाहरू प्रदर्शनमा राखिने छन् ।
साथै मेलामा आउने अवलोकनकर्तालाई आकर्षक उपहारको समेत व्यवस्था गरिएको छ । भिरिञ्ची कलेजले विगत ४ वर्षदेखि आइसिटी मेला आयोजना गर्दै आएको छ ।
इभेन्ट
न्युज पोर्टल डिजाइनिङ सम्बन्धी १५ दिने अनलाइन तालिम हुँदै
ईकमस साथी प्रालिको आयोजनामा न्युज पोर्टल डिजाइनिङ सम्बन्धी १५ दिने अनलाइन तालिम हुने भएको छ । पत्रकार, विद्यार्थी, डेभलपर, न्युज…
काठमाडौंमा डिजिटल बैंकिङ कन्फेरेन्स २०२४ सुरू
काठमाडौंमा डिजिटल बैंकिङ कन्फेरेन्स २०२४ सुरू भएको छ ।
काठमाडौं फिनटेकको आयोजना र फि…
आईडिया स्टुडियो नेपालको आठौं सिजनको आवेदन खुला
आईडिया स्टुडियो नेपालको आठौं सिजनको आवेदन खुला भएको छ । दलित लाइभ्स म्याटर ग्लोबल अलायन्सको सहकार्यमा आईडिया स्टुडियो नेपालले …
भोलिदेखि दुईदिने टेकस्पायर स्टार्टअप एण्ड आईडिया फेस्ट, सातै प्रदेशका स्टार्टअप सहभागी हुने
टेकस्पायर स्टार्टअप एण्ड आईडिया फेस्ट २०२४ यही बिहीबार र शुक्रबार आयोजना हुँदैछ । काठमाडौंको बत्तिसपुतली स्थित अनुपम फुडल्य…
स्टार्टअप एण्ड आईडिया फेस्ट २०२४ को शीर्ष प्रायोजकमा टेकस्पायर कलेज
स्टार्टअप एण्ड आईडिया फेस्ट २०२४ को शीर्ष प्रायोजक (टाइटल स्पोन्सर) मा टेकस्पायर कलेज हुने भएको छ । यसका लागि फेस्टको आयोजक संस्था…
कात्तिक २९ र ३० गते काठमाडौंमा ‘स्टार्टअप एण्ड आइडिया फेस्ट’ हुँदै, सय बढी स्टार्टअप र इन्नोभेसनहरू प्रदर्शनी हुने
देशैभरीका डिजिटल स्टार्टअपहरुको सहभागितामा काठमाडौंमा २ दिने स्टार्टअप एण्ड आइडिया फेस्ट कार्यक्रमको आयोजना हुने भएको छ । लिभिङ…
मौसमका कारण शनिबार हुने भनिएको आन्टरप्रेनर समिट स्थगित, टिकटको पैसा रिफण्ड हुने
नेपालको प्रविधि कम्पनी स्वीभ्ट र इन्भेस्टियाको संयुक्त आयोजनामा असोज १९ गते शनिबार सोल्टी होटलमा आयोजना हुने भनिएको आन्टरप्रेनर समिट नेपाल २०२४ स्थगित भएको छ…
असोज १९ गते आन्टरप्रेनर समिट आयोजना हुँदै, एशिया प्रशान्त क्षेत्रका उद्यमी र लगानीकर्ता आउने
अक्टोबर ५ अर्थात आगामी असोज १९ गते शनिबार नेपालमा आन्टरप्रेनर समिट २०२४ आयोजना हुने भएको छ ।
एनसीआईटी कलेजमा मनाइयो सफ्टवेयर फ्रिडम डे
नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी) मा सफ्टवेयर फ्रिडम डे मनाइएको छ । असोज ५ गते शनिबार एनसीआईटी कलेजमा सफ्टवेयर फ्…
भोलि एनसीआईटी कलेजमा सफ्टवेयर फ्रिडम डे मनाइँदै
नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी) मा सफ्टवेयर फ्रिडम डे मनाइने छ । असोज ५ गते शनिबार एनसीआईटीमा सफ्टवेयर फ्रिडम ड…
नेपालमै पहिलो पटक आयोजना भएको एप्याक क्षेत्रको कम्प्युनिटी नेटवर्क एक्सचेञ्ज कार्यक्रम सम्पन्न
काठमाडौंको टेक्सास कलेजमा नेपालमै पहिलो पटक आयोजना भएको एशिया प्यासिफिक क्षेत्रको कम्प्युनिटी नेटवर्क एक्सचेञ्ज कार्यक्रम सम्पन्न भए…
नेपालमा पहिलो पटक एशिया प्यासिफिक क्षेत्रको कम्प्युनिटी नेटवर्क एक्सचेञ्ज कार्यक्रम हुँदै
नेपालले एशिया प्यासिफिक क्षेत्रको कम्प्युनिटी नेटवर्क एक्सचेञ्ज कार्यक्रम आयोजना गर्ने भएको छ ।
३ महिनासम्म सञ्चालन भएको जेन एआई ह्याथन ‘ह्याक डे’ सम्पन्न, को को भए विजेता ?
३ महिनासम्म सञ्चालन भएको जेन एआई ह्याथन ‘ह्याक डे’ सम्पन्न, को को भए विजेता ?
टेकस्पायर कलेजमा आयोजना भएको इन्नोभेट एक्सपो २०२४ सम्पन्न
टेकस्पायर कलेजमा आयोजना भएको इन्नोभेट एक्सपो २०२४ सम्पन्न भएको छ । रोबोटिक्सको क्षेत्रमा काम गरिरहेको कम्पनी खुड्किलाको आयोजना तथ…
नास आईटी अवार्ड्स २०२४ आयोजना हुँदै, कसरी दिने आवेदन ?
साउन २९, काठमाडौं । नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) ले नास आईटी अवार्ड्स २०२४ को आयोजना गर्ने…