कीवर्डहरू -

इभेन्ट

कात्तिक २९ र ३० गते काठमाडौंमा ‘स्टार्टअप एण्ड आइडिया फेस्ट’ हुँदै, सय बढी स्टार्टअप र इन्नोभेसनहरू प्रदर्शनी हुने

देशैभरीका डिजिटल स्टार्टअपहरुको सहभागितामा काठमाडौंमा २ दिने स्टार्टअप एण्ड आइडिया फेस्ट कार्यक्रमको आयोजना हुने भएको छ । लिभिङ विथ आइसिटीले आयोजना गर्ने यस प्रर्दशनीमा सयभन्दा बढि स्टर्टाअप र इन्नोभेसनहरुको प्रदर्शनी रहने छ ।

यहि कार्तिक २९ र ३० गते काठमाडौं बत्तिसपुतली स्थित अनुपम फुडल्याण्डमा आयोजना हुने कार्यक्रममा ठुलो संख्यामा डिजिटल स्टार्टअप र इन्नोभेसनहरुको सहभागिता रहनेछ । आइसिटी अवार्ड २०२४ को प्रि-इभेन्टको रुपमा आयोजना हुने उक्त कार्यक्रममा द स्क्वाइड अफ चेन्जमेकर र इन्जिनियरर्स भ्लग्सको सहकार्य रहेको छ ।

यस फेस्टमा आइसिटी अवार्ड २०२४ को प्रतिस्प्रधाबाट छानिएका उत्कृष्ट १२ स्टार्टअप, प्रडक्ट र इन्नोभेसनहरुले समेत फेस्टमा आफ्ना आइडिया र प्रडक्टहरुको शोकेस गर्नेछन । यसैगरी आयोजकले सातै प्रदेशबाट छनौट गरेर ल्याएका ३० बढि स्टार्टअपहरुको पनि यस कार्यक्रममा सहभागिता रहनेछ । यसैगरी सह आयोजक स्क्वाइड अफ चेन्जमेकरले स्टिम क्याम्प, रकेट साइन्स र गेमहरु सञ्चालन गर्नेछ भने इन्जिनियर भ्लग्सले रोबोट प्रतिस्प्रधा गराउनेछ । 

स्टार्टअप एण्ड आइडिया फेस्ट नेपालमै केहि नयाँ काम गरिरहेका स्टार्टअप, विद्यार्थी र इन्नोभेटरहरुलाई प्रवद्धन गर्न आयोजना गरिएको आयाजक समितिका अध्यक्ष राजन लम्सालले बताए । यस कार्यक्रम मार्फत सरकार, इकोसिस्टम विकासमा योगदान दिने सस्था र सरोकारवालासँगै लगानी र सहयोग गर्न चाहनेहरुलाई सहकार्यको लागि आयोजकले आब्ह्वान गरेको छ । आइडिया र प्रडक्टमा लगानी गर्न इच्छुक भिसीहरुको लागि फेस्टमा नेटवर्किङको व्यवस्था पनि गरिने आयोजक लिभिङ विथ आइसिटीले जानकारी दिएको छ । 

प्रविधि क्षेत्रको सबैभन्दा ठुलो र प्रतिष्ठित अवार्डको रुपमा स्थापित आइसिटी अवार्डको प्रि इभेन्टको रुपमा आयोजना हुने स्टार्टअप फेस्ट नेपालकै ठुलो स्टार्टअप प्रवद्धनात्मक कार्यक्रमको रुपमा स्थापित भएको छ । यस कार्यक्रममा प्रर्दर्शनीमा सहभागी हुन अवलोकनकर्ताले कुनै शुल्क तिर्नुपर्दैन । विभिन्न विद्यालय र कलेजहरुबाट अवलोकनको लागि आउने विद्यार्थीहरुको लागि थप सहजिकरण गरिने आयोजकले जानकारी दिएको छ । 

दुई दिने प्रदर्शनीसँगै काठमाडौं वाहिरबाट सहभागी हुन आएका स्टार्टअपहरुलाई मेन्टरिङ तथा इन्क्युवेसन सेसनहरु सञ्चालन हुनेछ । किङ्स कलेजको सहकार्यमा बुटक्याम्प, एमआइटी कलेजको सहकार्यमा मेन्टरिङ सेसन, सेडर गेट र एफवान सफ्टसँगको सहकार्यमा इन्डस्ट्री भिजिटका विभिन्न कार्यक्रमहरु सञ्चालन हुनेछन । यी सबै कार्यक्रममा सहभागिताको लागि स्टार्टअपहरुले कुनै शुल्क तिर्नु पर्दैन । सातै प्रदेशका स्टार्टअपहरुबाट हरेक प्रदेशका उत्कृष्ट एक एक स्टार्टअपलाई आइसिटी अवार्डको ग्राण्ड फिनालेमा सम्मान पनि गरिनेछ । 

आइसिटी अवार्ड २०२४ को लागि विभिन्न १४ विधामा छनौट प्रकृया सञ्चालनमा छ । विभिन्न चरणको छनौट पश्चात उत्कृष्ट १२ मा पर्न सफल स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार र सोसियल इन्नोभेसनहरुले पनि यस कार्यक्रममा सहभागी जनाएर आफ्नो व्यवसायलाई प्रवद्धन गर्न सक्नेछन ।

अवलोकनकर्ताले आफुलाई मन परेका स्टार्टअप र प्रडक्टलाई भोट पनि गर्न सक्नेछन् । आइसिटी अवार्डका विभिन्न अन्य १० विधामा दोस्रो चरणको छनौट प्रकृया जारी छ । छनौट प्रकृयाको लागि १७ जना विज्ञ जुरी समिति र १३ जना विशिष्ट सल्लाहकार समिति गठन गरिएको छ । 

नेपाल बाहिरका स्टार्टअपहरुको लागि साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड पनि आयोजना हुनेछ । नेपालको सबैभन्दा प्रतिष्ठित अवार्डको रुपमा परिचित आइसिटी अवार्डको नवौं सस्करण पुस ५ गते आयोजना हुनेछ । स्टार्टअप एण्ड आइडिया फेस्टसँगै अवार्डको लागि दर्जनौ प्रि–इभेन्टहरु सञ्चालन हुनेछन ।

कान्तिपुर टेलिभिजनले २ महिनासम्म स्टार्टअप र आइडिया पिचिङको विशेष कार्यक्रमको रुपमा टेलिभिजन सिरिजहरु प्रशारण गर्नेछ । आइसिटी अवार्ड र फेस्टको बारेमा जानकारीको लागि www.nepalistartup.com  हेर्न सकिनेछ ।

इभेन्ट

भोलि एनसीआईटी कलेजमा सफ्टवेयर फ्रिडम डे मनाइँदै

नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी) मा सफ्टवेयर फ्रिडम डे मनाइने छ । असोज ५ गते शनिबार एनसीआईटीमा सफ्टवेयर फ्रिडम ड…

नेपालमै पहिलो पटक आयोजना भएको एप्याक क्षेत्रको कम्प्युनिटी नेटवर्क एक्सचेञ्ज कार्यक्रम सम्पन्न

काठमाडौंको टेक्सास कलेजमा नेपालमै पहिलो पटक आयोजना भएको एशिया प्यासिफिक क्षेत्रको कम्प्युनिटी नेटवर्क एक्सचेञ्ज कार्यक्रम सम्पन्न भए…

नेपालमा पहिलो पटक एशिया प्यासिफिक क्षेत्रको कम्प्युनिटी नेटवर्क एक्सचेञ्ज कार्यक्रम हुँदै

नेपालले एशिया प्यासिफिक क्षेत्रको कम्प्युनिटी नेटवर्क एक्सचेञ्ज कार्यक्रम आयोजना गर्ने भएको छ । 

३ महिनासम्म सञ्चालन भएको जेन एआई ह्याथन ‘ह्याक डे’ सम्पन्न, को को भए विजेता ?

३ महिनासम्म सञ्चालन भएको जेन एआई ह्याथन ‘ह्याक डे’ सम्पन्न, को को भए विजेता ? 

टेकस्पायर कलेजमा आयोजना भएको इन्नोभेट एक्सपो २०२४ सम्पन्न

टेकस्पायर कलेजमा आयोजना भएको इन्नोभेट एक्सपो २०२४ सम्पन्न भएको छ । रोबोटिक्सको क्षेत्रमा काम गरिरहेको कम्पनी खुड्किलाको आयोजना तथ…

नास आईटी अवार्ड्स २०२४ आयोजना हुँदै, कसरी दिने आवेदन ?

साउन २९, काठमाडौं । नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) ले नास आईटी अवार्ड्स २०२४ को आयोजना गर्ने…

३ महिनासम्म सञ्चालन भएको कोडएभाटर ह्याकाथन सम्पन्न, विजेताले पाए १०-१० लाख बिउ पुँजी

कोडएभाटर ह्याकाथन २०२४ सम्पन्न भएको छ । कोडएभाटर टेकले आयोजना गरेको३ महिनासम्म सञ्चालन भएको ह्याकाथनको फिनाले साउन २६ गते सम्प…

नबिल बैंकको नबिल एसएसई फेलोशिपको आवेदन खुला, यसरी दिनुहोस् अनलाइन आवेदन

नबिल बैंकले नबिल स्कुल अफ सोसल आन्टरप्रेनरसीप फेलोसिप कार्यक्रमको चौथो ब्याच २०२४ का लागि आवेदन आह्वान गरेको छ । तेस्रो ब्य…

यस्तो छ एआई, रोबोट र साइबर सुरक्षासम्बन्धी प्रदर्शनी ‘टेक एक्स’ (भिडियोसहित)

आर्टिफिसियल इन्टेलिजेन्स (एआई), रोबोट र साइबर सुरक्षासम्बन्धी परियोजनाहरुको प्रदर्शनी ‘टेक एक्स २०२४’ मा विद्यार्…

विद्यार्थीलाई सम्भावनासँग चिनाउन र अवसरसँग जोड्न शनिबार करियर कन्क्लेभ हुँदै

साउन १९ गते शनिबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा ‘करियर कन्क्लेभ’ आयोजना हुने भएको छ । माध्यमिक तहको प्लस टु अ…

एआई, रोबाेट र साइबर सुरक्षासम्बन्धी प्रदर्शनी ‘टेक एक्स, २०२४’ सुरु, प्रवेश नि:शुल्क

सफ्टवेरिका कलेज अफ आईटी एण्ड इकमर्शको आयोजनामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई), रोबाेट र साइबर सुरक्षासम्बन्धी परियोजनाहरुको प्रदर्…

एआई,रोबोटिक्स र साइबर सेक्युरिटीसम्बन्धी प्रदर्शनी टेक एक्स २०२४ साउन १५ गतेदेखि हुने

सूचना प्रविधिका विद्यार्थीले निर्माण गरेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई), रोबोटिक्स र साइबर सेक्युरिटीसम्बन्धी परियोजनाहरुको प्रदर्…

क्यान महासंघको आयोजनामा भएको होरिअन बीटूबी समिट २०२४ सुरू

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) आयोजना गरेको ‘होरिअन बीटूबी समिट २०२४ इन एसोसिएसन विथ बार कोड नेपाल&r…

साउन ११ गते होरिअन बीटूबी समिट २०२४ हुँदै

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को आयोजनामा यही  साउन ११ गते शुक्रबार ‘होरिअन बीटूबी समिट २०२४ इन एसोसिएसन विथ बार कोड नेपाल…

नास आईटी अवार्ड २०२४ को लागि आवेदन खुला, यस्तो छ आवेदन दिने तरिका

नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) ले नास आईटी अवार्ड २०२४ को आयोजना गर्ने भएको छ ।