इभेन्ट
प्रिस्क्रिप्सनमा आधारित आईवेयर इकमर्स नेत्रकार्ट सञ्चालनमा, १५ प्रतिशतसम्म छूटको व्यवस्था
आजभोली हामी धेरै जसो समय विद्युतीय उपकरणमा बिताइरहेका हुन्छौं । झन कोरोनाको समयमा त अरु बेला भन्दा विद्युतीय उपकरणको प्रयोग बढि भइरहेको छ ।
स्मार्टफोन, ल्याप्टप लगायत विद्युतीय उपकरणमा लामो समय बिताउँदा हाम्रो स्वास्थ्यका साथसाथै हाम्रो आँखामा पनि असर परिरहेको हुन्छ । सामान्यतया हामी वर्षको कम्तिमा पनि २ पटक आँखा जाँच गराउनु पर्छ । तर हामी कसैले वर्षको एकपटक पनि आँखा जाँच गराइरहेको हुँदैनौं ।
लामो समय स्क्रीनमा समय बिताइरहँदा अर्लि एजमै भिजन धमिलो हुने, आँखा सुख्खा हुने, टाउको दुख्ने, माइग्रेको विकास र निद्रामा समस्या विशेषगरी बच्चामा देखिन सक्छ । यसलाई कम्प्युटर भिजन सिन्ड्रम पनि भनिन्छ ।
कोरोना महामारी शुरु भएपछि स्क्रीन टाइम अझै बढिरहेको छ । वर्क फ्रम होम, अनलाइन कक्षा, मिटिङ जस्ता कारणले पनि स्क्रीन टाइममा अझै वृद्धि भएको छ ।
हामीले धेरै समय स्क्रीनमा बिताइरहदा पनि अप्टिकल पोशाक वा प्रिस्क्रिप्सन चश्मा लगाउदैंनौं । हामी आँखा जाँच गर्न पनि जाँदैनौं ।
यही समस्यालाई ध्यानमा राखेर शुक्रबार अर्थात आजदेखि प्रिस्क्रिप्सनमा आधारित नेपालकै पहिलो आईवेयर ईकमर्स नेत्रकार्ट सञ्चालनमा आएको छ ।
नेत्रकार्ट बाट अप्टिकल वेयर, कन्ट्याक्ट लेन्स, प्रिस्क्रिप्सन चश्मा, सन ग्लास लगायत आँखासँग सम्बन्धित सामग्रीहरु खरिद गर्न सकिन्छ । नेत्रकार्टले माग भएअनुसार घरमै गएर आँखाको जाँच समेत गर्नेछ । कम्पनीका अनुसार वेबसाइटमा गएर आँखाको सर्जरीको लागि फाराम भरेमा कम्पनीले अस्पतालको व्यवस्था मिलाइदिने छ ।
नेत्रकार्टको वेबसाइट बाट चश्मा खरिद गर्दा घरमै बोलाएर ५ वटा चश्मा ट्राई पनि गर्न सकिन्छ । ‘तपाईले ५ वटा चश्मा सेलेक्ट गर्नुहुन्छ । त्यसपछि तपाईको चश्मा घरमै आइपुग्छ । त्यो चश्मा ५ दिनसम्म तपाईसँगै राख्नु हुन्छ,’ नेत्रकार्टका संस्थापक बैभव पाण्डेले भने ‘५ दिनसम्म चश्मा लगाएपछि तपाईलाई चश्मा मन पर्यो भने तपाईले चश्मा किन्नुहुन्छ । यदि चश्मा मन परेन भने हामीलाई फिर्ता गरिदिनुहुन्छ ।’
नेत्रकार्टको वेबसाइट मा आँखाको प्रिस्क्रिप्सन समेत अपलोड गरेर सामानहरु खरिद गर्न सकिन्छ । यसमा सर्जरीको समेत सुविधा रहेको छ । यसबाट कुनै एकजनाले पैसा तिरेर आँखाको सर्जरी गर्दा अर्को एकजना गरिब मान्छेको आँखाको सर्जरी निःशूल्क गर्ने कम्पनीले व्यवस्था गरेको छ ।
‘जति जना मान्छेले हाम्रो पोर्टल प्रयोग गरेर होम आइ चेकअप वा सर्जरी गर्नहुन्छ त्यति नै जना मान्छेलाई हामीले फ्रीमा होम आई चेकअप वा सर्जरी गरिदिन्छौं’ पाण्डेले भने ।
लाइसेन्स प्राप्त डाक्टरबाट मात्रै घरमै आँखा चेकअप हुने उनले बताए । ‘हामी ओम्नी च्यानल मोडलमा सञ्चालन भएका छौं । ओम्नी च्यानल मोडलले अफलाइन र अनलाइन दुबैलाई बुझाउँछ । हामी अनलाइन अफलाइन दुबैमा छौं । अफलाइनमा हामीले भिजन कन्सर्न क्लिनिक चलाइरहेका छौं ।’
भिजन कन्सर्न आइएसओ ९००१:२०१५ सर्टिफाइट आई क्लिनिक हो । अब कम्पनी सीई सर्टिफिकेटको लागि पनि अगाडी बढ्दै छ । भिजन कन्सर्नले विगत १२ वर्षदेखि आफ्नो सेवा प्रदान गर्दैं आएको छ ।
हाल होम आई चेकअपको सुविधा काठमाडौं उपत्यकामा उपलब्ध रहेको छ । भने चश्मा किन्न सकिने सुविधा चाही देशभरि नै उपलब्ध हुँदै छ ।
आँखाको हेल्थ केयर इकोसिस्टमलाई अगाडी बढाउने उदेश्यका साथ नेत्रकार्ट शुरु भएको पाण्डेले जानकारी दिए ।
उनले भने ‘यसलाई हामीले इन्ड टु इन्ड सर्भिसकै रुपमा प्रदान गर्दैछौं । चश्मा बेच्नेदेखि सर्जरी सम्मको सुविधा हामीले नेत्रकार्टबाट उपलब्ध गराउँदैं छौं ।’
यसको लागि कम्पनीले मात्रिका आँखा केन्द्रसँग पनि सहकार्य गरेको छ । नेत्रकार्टबाट सामान खरिद गर्दा अनलाइनबाटै पैसा तिर्न सकिन्छ । कम्पनीले ईसेवा, खल्ती, फोनपे, पेपाल, कार्ड तथा क्यान अन डेलिभरिबाट समेत पैसा तिर्न सकिने व्यवस्था गरेको छ ।
नेटकार्टको सुविधा वेबसाइट र मोबाइल एपबाट प्रयोग गर्न सकिन्छ । नेत्रकार्टको मोबाइल एप केही दिनमै गूगलको प्ले स्टोर र एप्पलको एप स्टोरमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।
नेत्रकार्ट सार्वजनिक भएको अवसरमा कम्पनीले १० प्रतिशत छूट समेत दिएको छ । ‘CHASMA10’ कुपन कोड प्रयोग गर्दा १० प्रतिशत छूट पाइने छ । त्यस्तै ईसेवाबाट अनलाइन भुक्तानी गर्दा ५ प्रतिशत क्यासब्याक समेत पाइने छ ।
त्यस्तै कम्पनीले आइसिटी समाचारका पाठकका लागि पनि १५ प्रतिशत छूटको समेत व्यवस्था गरेको छ । ‘NKICT15’ कुपन कोड प्रयोग गरेर आइसिटी समाचारका पाठकले १५ प्रतिशत वा १ हजारसम्म छूट पाउने छन् ।
इभेन्ट
अनरले नयाँ फाइभ जी फोन ल्याउदै
चीनियाँ स्मार्टफोन ब्राण्ड अनरले नयाँ फाइभ जी फोन ल्याउने भएको छ । कम्पनीले ‘अनर एक्…
माइक्रोसफ्ट सर्फेस बुक ३ सार्वजनिक, यस्ता छन् सुविधा
माइक्रोसफ्टले सर्फेस बुक ३ ल्याप्टप सार्वजनिक गरेको छ । सर्फेस बुक ३ १३.५ इन्च र १५ इ…
चारवटा रियर क्यामेरा सहित नुबियाको गेमिङ फोन नुबिया प्ले फाइभ जी सार्वजनिक
नुबियाले चीनमा ‘नुबिया प्ले फाइभ जी’ मोबाइल सार्वजनिक गरेको छ । नुबियाले गत महि…
चारवटा रियर क्यामेरा सहित नुबियाको गेमिङ फोन नुबिया प्ले फाइभ जी सार्वजनिक
नुबियाले चीनमा ‘नुबिया प्ले फाइभ जी’ मोबाइल सार्वजनिक गरेको छ । नुबियाले गत महि…
सामसुङको ए ७१ र ए ५१ स्मार्टफोन
सामसङ इलेक्ट्रोनिक्सले ए सिरिज अन्तर्गत ग्यालेक्सी ए(७१ र ए ५१ बजारमा ल्याएको छ । यो दुवै मोबाइल ब्याट्रीको टिकाउ बढी हुने, आँखाले जस्तो देखिन्छ, त्यस्तै फोटो ख…
विद्यालयहरुलाई अनलाइन कक्षा सञ्चालनको लागि आयो \'इन्फर्म\'
कोरोनाको संकटले देश अहिले विगत २० दिनदेखि लकडाउनमा छ । विद्यालयमा एसइइी र अन्य कक्षाका परिक्षाहरु स्थगन भएका छन । कक्षा ११ र १२ र विश्वविद्यालयका सम्पुर्ण…
विद्यालयहरुलाई अनलाइन कक्षा सञ्चालनको लागि आयो \'इन्फर्म\'
कोरोनाको संकटले देश अहिले विगत २० दिनदेखि लकडाउनमा छ । विद्यालयमा एसइइी र अन्य कक्षाका परिक्षाहरु स्थगन भएका छन । कक्षा ११ र १२ र विश्वविद्यालयका सम्पुर्ण…
वानप्लस ७टी प्रो नेपाली बजारमा, मूल्य ९९ हजार ९ सय ९९ रूपियाँ
वानप्लसले प्रिमियम फ्ल्यागशीपको रूपमा नयाँ स्मार्टफोन 'वानप्लस ७टी प्रो 'आइतवार नेपाली बजारमा सार्वजनिक गरेको छ ।
७टी प्रो मा ६ दशमलव…
हुवावेको मोवाइल वाइफाई हटस्पट फोरजी राउटर
हुवावेले नेपाली बजारमा वाईफाई हटस्पट फोरजी राउटर बजारमा ल्याएको छ । अफिसियल कामले ट्राभलमा हुनुहुन्छ वा अन्य ब्रोडव्याण्ड इन्टरनेट नभएको ठाउँमा हु…