कीवर्डहरू -

इभेन्ट

काठमाडौँ विश्वविद्यालयमा इपेक्स हुँदै, आईटी र उर्जा सम्बन्धि परियोजनाहरू प्रदर्शनी हुने

सोसाइटी अफ इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियर्स र काठमाडौँ विश्वविद्यालयको इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ विभागको सहकार्यमा आगामी जनवरी २२ र २३ मा इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स प्रोजेक्ट प्रदर्शनी (इपेक्स) आयोजना हुने भएको छ ।

काठमाडौँ विश्वविद्यालयको धुलिखेल क्याम्पसमा हुने कार्यक्रममा यस वर्षको थिम ‘इंगेज, एलिभेट र एक्जिक्युट’ रहेको छ । यस वर्षको इपेक्समा ४० भन्दा बढी प्रोजेक्ट स्टलहरू हुनेछन्, जसमा इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स, सूचना तथा सञ्चार प्रविधि र ऊर्जा क्षेत्रमा विद्यार्थीहरुले गरेको नवीनतम सोचहरु प्रस्तुत गरिनेछ । प्रोजेक्ट प्रदर्शनी प्रतियोगिता यस कार्यक्रमको प्रमुख आकर्षण हुनेछ, जसमा नेपालभरका इन्जिनियरिङ विद्यार्थीहरूले स्मार्ट अटोमेशन सिस्टमहरू देखि दिगो ऊर्जा समाधान सम्मका नवीन परियोजनाहरू प्रस्तुत गर्नेछन् । 

साथै जनवरी १९ र २० प्रिइभेन्टको रूपमा हार्डवेयर ह्याक्याथन पनि हुनेछ । यस प्रतियोगीतामा सहभागीहरूले वास्तविक जीवनका समस्याहरूको समाधान खोज्ने प्रयास गर्नेछन् ।

यस कार्यक्रमको अर्को आकर्षण रोबोटिक्स प्रतिस्पर्धाहरु हुनेछ, जसमा लाइन फलोइङ रोबोट च्यालेन्ज, रोबो सकर, आक्वा सुमो, र रोबो सुमो जस्ता प्रतियोगिताहरू समावेश गरिनेछन् । यी प्रतिस्पर्धाहरूले सहभागीहरूको प्राविधिक सीप र समस्या समाधान क्षमतालाई प्रदर्शन गर्नेछन् भने गेमिङप्रेमीहरूको लागि भ्यालोरेन्ट, फिफा र क्ल्यास रोयल जस्ता ई-स्पोर्ट्स प्रतियोगिताहरू तथा ह्वाट्स द क्लु नामक रोमाञ्चक ट्रेजर हन्ट प्रतियोगिता पनि समावेश गरिएको छ । 

यसमा प्राविधिक क्षेत्रमा नेतृत्व, इन्जिनियरिङ् र प्रविधिको भविष्यबारे छलफल समेत हुनेछ । प्यानलमा रोबोटिक्स एसोसिएसन अफ नेपालका अध्यक्ष इन्जिनियर विकाश गुरुङ, के एण्ड ए इन्जिनियरिङ कन्सल्टिङका प्रोजेक्ट म्यानेजर प्रबल भट्टराई, नेपाल टेलिकमकी पूर्व सीटीओ तथा निर्देशक मिनु प्रधान, र पुल्चोक क्याम्पसका सह-प्राध्यापक डा. बसन्त गौतम हुनेछन् । कार्यक्रममा अनलाइन संगीत प्रतियोगिता, चेस प्रतियोगिता, र बहुप्रतीक्षित एकोस्टिक नाइट जस्ता गतिविधिहरू पनि हुने बताइएको छ । 

इपेक्सले प्रि-ईभेन्टको रुपमा सर्किट डिजाइनिङ प्रतियोगिता, सी लिड्स, मोडेल कार र लाइन फलोइङ रोबोटको प्रशिक्षण र एआई सेसन जस्ता विभिन्न प्रभावकारी प्रि-ईभेन्टहरू सफलतापूर्वक सम्पन्न गरिसकेको छ । 

इभेन्ट

हल्ट प्राइज काठमाडौँ विश्वविद्यालयको सेमिफाइनल सम्पन्न, पाँच टिम फाइनलमा प्रवेश

हल्ट प्राइज काठमाडौँ विश्वविद्यालयको सेमिफाइनल राउन्ड नेपाल कलेज अफ म्यानेजमेन्ट (एनसीएम) ललितपुरमा सम्पन्न भएको छ । 

इन्ड्राइभ आइसिटी अवार्ड २०२४ सम्पन्न, विभिन्न १५ विधामा अवार्ड वितरण

लिभिङ विथ आइसिटीले आयोजना गरेको नवौं संस्करणको ‘इन्ड्राइभ आइसिटी अवार्ड २०२४ सपोर्टेड बाई एनसे इन एशोशिएसन विथ नेपालपे…

ब्रिटिस कलेजमा माइक्रोसफ्ट इम्याजिन कप २०२५ आईडियाथन हुँदै

पुस ६ गते शनिबार माइक्रोसफ्ट इम्याजिन कप २०२५ आईडियाथन आयोजना हुने भएको छ । आज काठमाडौंको थापाथलिस्थित ब्रिटिस कलेजमा माइक्रो…

इन्ड्राइभ आइसिटी अवार्ड २०२४ को ग्राण्ड फिनाले शुक्रबार, १५ विधामा अवार्ड प्रदान हुने

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डको ग्राण्ड फिनाले पुस ५ गते शुक्रबार हुने भएको छ …

माघ ९ र १० गते काठमाडौं विश्वविद्यालयमा २ दिने प्रदर्शनी इपेक्स हुँदै

काठमाडौं विश्वविद्यालयको इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स विभागले हरेक वर्ष आयोजना गर्ने इपेक्स मेला यस वर्ष पनि आयोजना हुने भएको छ …

भिरिञ्ची कलेजमा आइसिटी मेला सुरू, के के छन् आकर्षण ?

मंसिर २० गते बिहीबारदेखि ललितपुरको कुमारिपाटीस्थित भिरिञ्ची…

बिहीबारदेखि भिरिञ्ची कलेजमा आइसिटी मेला, निःशुल्क अवलोकन गर्न सकिने

काठमाडौं । यही मंसिर २०, २१ र २२ गते ललितपुरको कुमारिपाटीस्थित भिरिञ्ची कलेजमा आइसिटी मेला ५.० हुने भएको छ । भिरिञ्ची कलेज…

भिरिञ्ची कलेजमा युआई/युएक्स प्रतियोगिता सम्पन्न

ललितपुरको भिरिञ्ची कलेजमा युआई/युएक्स प्रतियोगिता सम्पन्न भएको छ । आइसिटी मेला ५.० को प्रि इभेन्टको रूपमा सञ्चालन भएको प्रतियोगि…

४८ घण्टे अर्बिट इन्जिनियरिङ ह्याक्स सुरू, ३० टिम सहभागी

सगरमाथा इन्जिनियरिङ कलेमा अर्बिट इन्जिनियरिङ ह्याक्स २.० सुरू भएको छ । ४८ घण्टे यो ह्याकाथनमा सहभागीले विभिन्न आईटीका प्रोजेक्टहर…

नेशनल साईबर ओलम्पियाडको पाँचौं संस्करण हुँदै, प्रत्येक हप्ता आईटी कार्यशाला सञ्चालन हुने

नेशनल साईबर ओलम्पियाडको पाँचौं संस्करण आयोजना हुने भएको छ । प्रशिक्षणको आयोजनामा हुन गइरहेको नेशनल साईबर ओलम्पियाड २०८१…

न्युज पोर्टल डिजाइनिङ सम्बन्धी १५ दिने अनलाइन तालिम हुँदै

ईकमस साथी प्रालिको आयोजनामा न्युज पोर्टल डिजाइनिङ सम्बन्धी १५ दिने अनलाइन तालिम हुने भएको छ । पत्रकार, विद्यार्थी, डेभलपर, न्युज…

काठमाडौंमा डिजिटल बैंकिङ कन्फेरेन्स २०२४ सुरू

काठमाडौंमा डिजिटल बैंकिङ कन्फेरेन्स २०२४ सुरू भएको छ ।

काठमाडौं फिनटेकको आयोजना र फि…

आईडिया स्टुडियो नेपालको आठौं सिजनको आवेदन खुला

आईडिया स्टुडियो नेपालको आठौं सिजनको आवेदन खुला भएको छ । दलित लाइभ्स म्याटर ग्लोबल अलायन्सको सहकार्यमा आईडिया स्टुडियो नेपालले …

भोलिदेखि दुईदिने टेकस्पायर स्टार्टअप एण्ड आईडिया फेस्ट, सातै प्रदेशका स्टार्टअप सहभागी हुने

टेकस्पायर स्टार्टअप एण्ड आईडिया फेस्ट २०२४ यही बिहीबार र शुक्रबार आयोजना हुँदैछ । काठमाडौंको बत्तिसपुतली स्थित अनुपम फुडल्य…

स्टार्टअप एण्ड आईडिया फेस्ट २०२४ को शीर्ष प्रायोजकमा टेकस्पायर कलेज

स्टार्टअप एण्ड आईडिया फेस्ट २०२४ को शीर्ष प्रायोजक (टाइटल स्पोन्सर) मा टेकस्पायर कलेज हुने भएको छ । यसका लागि फेस्टको आयोजक संस्था…