कीवर्डहरू -

इभेन्ट

बिजनेस आईडिया प्रतियोगिता गर्दै एनवाईईएफ, यसरी हुनुहोस् सहभागी

नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) ले बिजनेस आईडिया प्रतियोगिता गर्ने भएको छ । नयाँ नयाँ आईडियालाई प्लेटफर्म दिने उद्देश्यले एनवाईईएफले अन्तर्राष्ट्रिय श्रम संगठनसँगको सहकार्यमा ‘नेशनल बिजनेस आईडिया कम्पिटिसन’ आयोजना गर्ने लागेको हो । 

उद्यमी बन्न चाहनेहरूले व्यक्तिगत वा सामुहिक रूपमा आफ्नो बिजनेस आईडिया प्रतियोगिताको लागि दर्ता गर्न सक्ने छन् । एउटा आईडियालाई बिजनेसको रूपमा अगाडि बढाउन र प्लेटफर्म प्रदान गर्न आईडिया प्रतियोगिता गर्न लागेको एनवाईईएफले जनाएको छ । 

यदी तपाईसँग पनि कुनै बिजनेस आईडिया छ भने यहाँ क्लिक गरेर आवेदन दिन सक्नुहुनेछ । आवेदन दिने समय फेब्रुअरी ५ सम्म मात्रै रहेको छ । 

बिजनेस प्रतियोगिता आईडियामा सहभागी भएर ५० हजारसम्मको सीड फन्डिङ समेत पाउने सकिने अवसर समेत रहेको छ । यस बाहेक मेन्टरशीप, नेटवर्क र लगानीको अवसर पनि पाइने बताइएको छ । 

प्रतियोगिताका लागि आफ्नो आईडिया पठाइसकेपछि सुरूमा विज्ञहरूले रचनात्मकता, सम्भाव्यता र प्रभावको आधारमा आईडिया शर्टलिष्ट गरिने छ । शर्टलिष्ट भएका आईडियाहरूको सम्बन्धित उद्योगको विज्ञबाट मेन्टरशिप र प्रतिक्रिया पाउने छन् । त्यसपछि शर्टलिष्ट आईडियाहरूको अन्तिम प्रस्तुती हुनेछ । 

फेब्रुअरी १४ मा हुने अन्तिम प्रस्तुतीलाई निर्णायहरूले मूल्यांकन गर्नेछन्, जसका आधारमा विजेता घोषणा गरिने छ । यस कार्यक्रममा सहभागीले प्रमाणपत्र समेत पाउने छन् । बिजनेस आईडिया प्रतियोगिता पश्चात पनि एनवाईईएफ र अन्तर्राष्ट्रिय श्रम संगठनबाट सहभागीहरूलाई आफ्नो उद्यमशीलको यात्रा अगाडि बढाउन सहयोग प्राप्त हुनेछ । 
 

इभेन्ट

भोलिदेखि पुलचोक क्याम्पसमा ३ दिने प्रविधि मेला, डिजिटल रूपान्तरणमा सघाउने प्रोजेक्ट प्रदर्शनी हुने

माघ १२, १३ र १४ गते ललितपुरको इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) पुलचोक क्याम्पस राष्ट्रिय प्रविधि मेला लोकस आयोजना हुने भएको छ …

गल्ली म्याप्सले जित्यो एनवाईईएफ स्टार्टअप अवार्ड्स

नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरले आयोजना गरेको एनवाईईएफ स्टार्टअप अवार्ड्समा नेपालको आफ्नै म्यापिङ एप गल्ली म्य…

पोखरामा सुरू भयो २ दिने वर्डक्याम्प नेपाल

पोखरामा दुई दिने वर्डक्याम्प नेपाल सुरू भएको छ । शुक्रबारदेखि शनिबारसम्म चल्ने २ दिने वर्डक्याम्प नेपाल होटल पोखरा ग्रान्डमा सुरू …

शुक्रबार र शनिबार पोखरामा वर्डक्याम्प नेपाल

शुक्रबार र शनिबार वर्डक्याम्प नेपालको छैठौँ संस्करण बिरौटा स्थित होटल पोखरा ग्रान्डमा आयोजना हुने भएको छ । वर्डप्रेस नेपालले सन् २…

शुक्रबार एनवाईईएफ स्टार्टअप अवार्ड्सको ग्राण्ड फिनाले

शुक्रबार नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरले आयोजना गर्दै आएको स्टार्टअप अवार्ड्सको ग्राण्ड फिनाले आयोजना हुने भए…

चितवनमा एनपीनोगको पाँच दिने सूचना प्रविधि कार्यशाला हुँदै, यसरी हुनुहोस् सहभागी

आगामी माघ १४ देखि १८ गतेसम्म चितवनमा सूचना प्रविधि कार्यशाला 'एनपीनोग नाइन' हुने भएको छ । इन्टरनेट एक्सचेन्ज नेपाल (ए…

आईतबार मिनी एडटेक एआई कन्फेरेन्स हुँदै

आईतबार मिनी एडटेक एआई कन्फेरेन्स आयोजना हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, रोबोटिक्स एशोशिएसन नेपाल…

पुस २३ र २४ गते प्राइम कलेजमा आईसीटी मिटअप हुँदै, यस्ता छन् आकर्षण

आगामी पुस २३ र २४ गते प्राइम आईटी क्लबले प्राइम कलेजमा आईसीटी मिट…

बुटवल मल्टिपल क्याम्प्समा ५ दिने ग्राफिक डिजाइनिङ सम्बन्धि वर्कशप हुँदै, यसरी हुनुहोस् सहभागी

बुटवल मल्टिपल क्याम्प्समा ५ दिने ग्राफिक डिजाइनिङ सम्बन्धि वर्कशप सञ्चालन हुने भएको छ । सीएसआईटी एशोशिएसन नेपाल बुटवल मल्टिपल क्या…

सामाजिक उद्यमशीलताको महत्त्वको विषयमा हल्ट प्राइज एट पुलचोक क्याम्पसले गर्‍यो प्यानल छलफल

हल्ट प्राइज एट पुलचोक क्याम्पसले सामाजिक उद्यमशीलताको महत्त्वको विषयमा प्यानल छलफल गरेको छ ।

भिरिञ्ची कलेजमा सुरू भयो ३ दिने आईसीटी मेला, यस्ता छन् विद्यार्थीले बनाएका आईटी प्रोजेक्ट

भिरिञ्ची कलेजमा बिहीबारदेखि ३ दिने आईसीटी मेला ४.० सुरू भएको छ । पुस १२ गतेदेखि सुरू भएको मेला पुस १४ गते शनिबारसम्म सञ्चा…

भोलिदेखि भिरिञ्ची कलेजमा आईसीटी मेला, मानवीय रोबोटदेखि आईओटीसम्मका प्रोजेक्ट प्रदर्शनीमा

भिरिञ्ची कलेजले पुस १२ गतेदेखि १४ गतेसम्म आईसीटी मेला ४.० आयोजना गर्न…

१ हजार बढीको सहभागीतामा वर्डक्याम्प नेपालको छैठौँ संस्करण पोखरामा हुँदै

वर्डक्याम्प नेपालको छैठौँ संस्करण आगामी जनवरी १२ र १३ (पुस २७ र २८ गते) मा पोखराको विरौटास्थित होटल पोखरा ग्रान्डमा आयोजना हुन…

वित्तीय सुपर एप मनिमित्रले पायो हाम्रो पे पब्लिक च्वाइस आइसिटी अवार्ड २०२३

हाम्रो पे पब्लिक च्वाइस आइसिटी अवार्ड २०२३ वित्तीय सुपर एप मनिमित्रले प्राप्त गर्न सफल भएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजन…

यार्सा टेकलाई इन्ड्राइभ स्टार्टअप आइसिटी अवार्ड २०२३ प्रदान

इन्ड्राइभ स्टार्टअप आइसिटी अवार्ड २०२३ यार्सा टेकलाई प्रदान गरिएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको अपग्राड आइसिटी अवार्ड २०२३ इन एशोशिएसन विथ इन्…