इभेन्ट
विद्यार्थीलाई सम्भावनासँग चिनाउन र अवसरसँग जोड्न शनिबार करियर कन्क्लेभ हुँदै
साउन १९ गते शनिबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा ‘करियर कन्क्लेभ’ आयोजना हुने भएको छ । माध्यमिक तहको प्लस टु अध्ययन पूरा गरेर बसेका विद्यार्थीहरूलाई सम्भावना चिनाउन र अवसरहरुसँग करियर कन्क्लेभ हुन लागेको हो ।
प्रशिक्षणको आयोजना र टेकस्पायर कलेजको मुख्य प्रयोजनमा हुन लागेको करियर कन्क्लेभमा विद्यार्थीहरुको करियरलाई प्राथमिकतामा राखेर गर्न लागिएको पहिलो युवा सम्मेलन भएको आयोजकले जनाएको छ ।
करियर कन्क्लेभले विद्यार्थीहरूलाई प्रतिस्पर्धी बजारमा फस्टाउन र विकसित व्यावसायिक परिदृश्यमा अनुकूलन गर्न सहयोग गर्ने आयोजक संस्थाका अध्यक्ष लक्ष्मण पोख्रेलले बताए । सम्मेलनमा विद्यार्थीहरुलाई नेपालको सूचना प्रविधि क्षेत्र र व्यवस्थापन क्षेत्रका अग्रणी व्यक्तिहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
करियर कन्क्लेभमा निःशुल्क सहभागीता जनाउने छ । निःशुल्क टिकट बानेश्वरमा रहेको टेकस्पायर कलेजबाट लिन सकिने छ । बिहान ११ बजेदेखि सुरू हुने कन्क्लेभमा दिनभरि नै करियर सम्बन्धि महत्त्वपूर्ण कुराकानी हुनेछ ।
कार्यक्रममा नेपालको अग्रणी डिजिटल वालेट ई सेवाका सह संस्थापक तथा यति एयरलाइन्सका सिईओ सुवाश सापकोटा, आईडियाप्रेन्योर नेपालका संस्थापक सन्जोग कोइराला, कोड हिमालयका सह संस्थापक ईस्मरण दवाडी, ह्याप्पी माइण्डसका संस्थापक श्रेया गिरीले ‘जीवन्त सिकाई र बदलिँदो रोजगारीको बजार’ विषयमा प्यानल छलफल गर्नेछन् । उक्त प्यानलको मध्यस्थता माइण्सेट क्युबका संस्थापक राजन कोइरालाले गर्नेछन ।
कार्यक्रममा क्रिकेट एशोशिएसन नेपाल क्यानका सचिव पारस खड्का र उत्प्रेरक वक्ता सौनक भट्टले विद्यार्थीहरुलाई सम्बोधन गर्नेछन् भने नितेशजंग कुँवर र समृद्धि राईको सांगितीक प्रस्तुति हुनेछ ।
यस्तै हास्य कलाकार सुमन कार्कीले पनि आफ्नो प्रस्तुति दिनेछन् भने अन्य थुप्रै सांगीतिक तथा सांस्कृतिक कार्यक्रम रहेको आयोजकले जनाएको छ।
सम्मेलनलाई कोड फर चेन्ज नेपालले सहआयोजना गरेको हो भने पिसिपिएस कलेज सहप्रायोजकमा रहेको छ । यस्तै कोड हिमालय, कुमारी बैंक, इन्ट्रान्स पार्क, आईएनआई सिनेमाज, एईसिसी ग्लोबल, क्वेस्नबैंक एआईले सम्मेलनलाई प्रायोजन गरेका छन् ।
इभेन्ट
साउन ११ गते होरिअन बीटूबी समिट २०२४ हुँदै
कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को आयोजनामा यही साउन ११ गते शुक्रबार ‘होरिअन बीटूबी समिट २०२४ इन एसोसिएसन विथ बार कोड नेपाल…
नास आईटी अवार्ड २०२४ को लागि आवेदन खुला, यस्तो छ आवेदन दिने तरिका
नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) ले नास आईटी अवार्ड २०२४ को आयोजना गर्ने भएको छ ।
…सुरू भयो नवौं आइसिटी अवार्डको अनलाइन नोमिनेशन, यी हुन् आवेदन दिने अवार्डका १४ विधाहरू
सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित प्रविधि अवार्डको रूपमा परिचित आइसिटी अवार्डको नवौं संस्करणको लागि अनलाइन नोमिनेसन (…
एनसीआईटी कलेजका विद्यार्थीले तयार पारेका आईटी परियोजनाहरू (भिडिओसहित)
नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी) मा विद्यार्थीले बनाएका परियोजनाहरू प्रदर्शनी भएका छन् ।
एनसीआईटी कलेजमा आज विद्यार्थीले बनाएका आईटी परियोजनाहरू प्रदर्शनी हुँदै
नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी) मा शनिबार असार २९ गते विद्यार्थीहरूले बनाएका आईटी परियोजनाहरू प्रदर्शनी हुने भए…
हाइपर्स र बिमस्टार्टको सहकार्यमा साउन १८ गते आन्ट्रप्रेनर्स ग्यादरिङ हुँदै, कसरी हुने सहभागी ?
आगामी साउन १८ गते अर्थात अगष्ट २ मा हाइपर्स र बिमस्टार्टको सहकार्यमा ‘आन्ट्रप्रेनर्स ग्यादरिङ’ नेपाल का…
वेबसाइट डिजाइन र युएक्स/युआई सम्बन्धी निःशुल्क अनलाइन तालिम हुँदै, यसरी हुनुहोस् सहभागी
वेबसाइट डेभलपमेन्ट र युआई/युएक्स सम्बन्धी निशुल्क अनलाइन तालिम हुने भएको छ । पोखराको ‘ईकमर्स साथी’ प्रालि नामक कम्प…
विभिन्न ८ विधामा अवार्ड प्रदान गर्दै नेपाल इन्जिनियर्स एशोसिएसन, आवेदन दिन अनुरोध
नेपाल इन्जिनियर्स एशोसिएसनले विभिन्न ८ विधामा अवार्ड प्रदान गर्ने भएको छ । ६२ औं इन्जिनियर दिवसको एशोसिएसनले इन्जिनियरिङ /आर्किट…
हुवावे नेपाल र युनेस्कोद्वारा युवाहरूलाई सशक्त बनाउन एआई सम्बन्धी कार्यशाला आयोजना
हुवावे नेपालले युनेस्कोसँगको सहकार्यमा पुल्चोक ललितपुर स्थित संयुक्त राष्ट्र संघको कार्यालयमा एआई र ईथिक्स सम्बन्धी कार्यशाला…
नेपाली सेनालाई डिजिटल वित्तीय साक्षरता प्रदान
वित्तीय साक्षरतामा काम गरिरहेको कम्पनी वित्तीय सल्लाहले नेपाली सेना…
कुसोम आईएससीले आयोजना गरेको आईएस ह्याकाथन सम्पन्न, को को भए विजेता ?
काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टको इन्फर्मेसन सिस्टम क्लब (कुसोम आईएससी) ले आयोजना गरेको आईएस ह्याकाथन सम्पन्न भएको छ ।…
असार ५ गते स्टाफ कलेजमा वैज्ञानिक सम्मेलन हुँदै
असार ५ गते एनवाईसी वैज्ञानिक सम्मेलन हुने भएको छ । राष्ट्रिय युवा परिषद्ले रोबोटिक्स एशोशिएसन नेपालको सहकार्यमा वैज्ञानिक सम्मेल…
डब्लुआईआईटीले शुक्रबार साइबर सेक्युरिटी ह्याकाथन आयोजना गर्दै
सूचना प्रविधि महिला (डब्लुआईआईटी) ले साइबर सेक्युरिटी ह्याकाथन गर्ने भएको छ । जेठ ३२ गते काठमाडौंको हिमालयन ह्वाइट हाउस …
एनएफटी र आर्टमा एक्सक्लुसिभ भर्चुअल कार्यक्रम हुँदै, यसरी हुनुहोस् सहभागी
ब्लकचेन कम्युनिटी नेपालले एनएफटी एण्ड आर्टमा एक्सक्लुसिभ भर्चुअल इभेन्ट गर्ने भएको छ । आगामी १४ जुनमा ‘द इन्टरसेक्सन अफ आर्ट एण्ड ब्लकचेनः हाउ एनएफटिज आर …
डिजिटल नेपाल कन्क्लेभ २०२४ सम्पन्न, डिजिटलाइजेसन र विकासमाथि वृहत छलफल
आइसिटी फाउन्डेसन नेपालले आयोजना गरेका तेस्रो संस्करणको डिजिटल नेपाल कन्क्लेभ २०२४ सम्पन्न भएको छ । गत शुक्रबार काठमाडौंको म्यारि…