कीवर्डहरू -

सरकार-निजी क्षेत्र एउटै मञ्चमा : बजेटअघि आईसीटी डिस्कोर्स आयोजना हुँदै

सरकार-निजी क्षेत्र एउटै मञ्चमा : बजेटअघि आईसीटी डिस्कोर्स आयोजना हुँदै

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालको आयोजनामा 'प्रि-बजेट आईसीटी डिस्कोर्स २०८३' बिहिबार (३० अप्रिल २०२६) ललितपुरको कुपण्डोल स्थित होटल हिमालयमा आयोजना हुने भएको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीको सन्दर्भमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रका प्राथमिकता निर्धारण गर्न यो कार्यक्रम महत्वपूर्ण रहेको छ ।

सरकार, निजी क्षेत्र, प्रविधि उद्यमी, नीति निर्माता तथा डिजिटल इकोसिस्टमका सरोकारवालाहरूलाई एउटै मञ्चमा ल्याउने उद्देश्यले आयोजनामा हुन गइरहेको डिस्कोर्समा आईसीटी क्षेत्रका प्रमुख चुनौती, अवसर र नीति सुधारका विषयमा गहन छलफल हुनेछ ।

कार्यक्रमको मुख्य थिम 'Accelerating Digital Transformation: Strategic ICT Priorities for Budget 2083/84' तय गरिएको छ । यस अन्तर्गत आईसीटी क्षेत्रमा देखिएको बजेटीय अन्तर, आवश्यक नीति सुधार, डिजिटल पूर्वाधार विस्तार, नवप्रवर्तन प्रवर्द्धन तथा सरकारी सेवाको डिजिटलीकरण जस्ता विषयहरूमा बहस केन्द्रित हुनेछ ।

आयोजकका अनुसार, नेपालको डिजिटल भविष्यलाई दिशा दिने महत्वपूर्ण सुझावहरू यस डिस्कोर्सबाट निस्कनेछन्, जसले आगामी बजेट निर्माणमा प्रत्यक्ष प्रभाव पार्न सक्ने विश्वास गरिएको छ ।

कार्यक्रमबाट प्राप्त निष्कर्ष र सुझावहरूलाई नीति निर्माण तहसम्म पुर्‍याउने योजना रहेको आयोजकले जनाएको छ । साथै आईसीटी क्षेत्रको दिगो विकास, रोजगारी सिर्जना तथा डिजिटल अर्थतन्त्रको विस्तारमा यस बहसले महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ ।

यसैबीच, कार्यक्रममा विभिन्न साझेदार संस्थाहरू पनि जोडिएका छन् । प्रकाशन साझेदार (Publication Partner) का रूपमा Taksar News रहेको छ भने सहयोगी साझेदार (Supporting Partners) का रूपमा Poineer Event Management & Media Network, Aaha Media र ICT Samachar रहेका छन् ।