कीवर्डहरू -

इभेन्ट

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा मेसिन लर्निङ (एमएल) सम्बन्धी नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले ग्लोबल आइएमई एआई/एमएल ह्याकाथन २०२६ शुक्रबारदेखि प्रारम्भ भएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले एक विशेष समारोहका बीच उक्त डिजिटल प्रतियोगिताको विधिवत उद्घाटन गरेका हुन् । नेपालको बैंकिङ क्षेत्रमा प्रविधिको अत्याधुनिक प्रयोगलाई बढावा दिन गत वर्ष पहिलो पटक ह्याकाथन आयोजना गरेको बैंकले यस वर्ष यसको दोस्रो संस्करण सञ्चालन गरेको हो ।

प्रविधिमा रुचि राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, इन्जिनियर, डेटा वैज्ञानिक तथा अनुसन्धानकर्ताहरूलाई लक्षित गरी आयोजना गरिएको यस प्रतियोगितामा खुला आवेदनमार्फत विभिन्न उत्कृष्ट टोलीहरू छनौट भएका छन् ।

दुई चरणमा सञ्चालन हुने आवसिय प्रतियोगीतामा १४ टोलीहरुको सहभागीता रहेको बैंकले जनाएको छ । जसअन्तर्गत पहिलो चरणमा ३६ घण्टा लामो कोडिङ र दोस्रो चरणमा अनसाइट ह्याकाथन हुनेछ । उक्त ह्याकाथन प्रतियोगीतामा सहभागि टोलीहरुको लागि आवसिय व्यवस्था रहेको छ ।

साथै, सहभागि प्रतियोगीहरुले ३६ घण्टासम्मको कोडिङ गर्नेछन् । सहभागी प्रतियोगीहरूले बैंकद्वारा निर्धारित विभिन्न विधा र विषयहरूमा केन्द्रित रही बैंकिङ सेवालाई अझ बढी सुरक्षित, सरल र प्रविधिमैत्री बनाउने नविनतम् अवधारणाहरु प्रस्तुत गर्नेछन् ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि एवं बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले यस ह्याकाथनले डिजिटल बैंकिङका आगामी सम्भावित सेवाहरू र यस क्षेत्रमा देखापर्ने चुनौतीहरूको समाधान पहिल्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

उनले यस प्रतियोगिताबाट छनौट हुने उत्कृष्ट टोलीहरूलाई नगद पुरस्कार प्रदान गरिनुका साथै बैंकसँग व्यावसायिक सहकार्यको अवसरसमेत उपलब्ध गराइने जानकारी दिए ।

विगत लामो समयदेखि आधुनिक प्रविधि र उत्कृष्ट ग्राहक सेवाका कारण विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विधामा सम्मानित हुँदै आएको ग्लोबल आइएमई बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेष्ट इन्टरनेट बैंक २०१६’, तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेष्ट बैंक नेपाल’ को उपाधि प्राप्त गरिसकेको छ ।

यस्तै बैंकले युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४ र बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित पुरस्कारहरू समेत हात पारेको छ ।
ग्लोबल आइएमई बैंक मुलुकको ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

हाल बैंकले ३४४ शाखा कार्यालय, ३६८ एटिएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित कुल १ हजारभन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ ।

यसका साथै बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई र भारतलगायतका विभिन्न मुलुकहरूबाट औपचारिक माध्यममार्फत देशभित्र विप्रेषण (रेमिट्यान्स) भित्र्याउँदै राष्ट्रिय अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको छ ।

इभेन्ट

विद्यार्थीका टेक परियोजनाहरूको प्रदर्शनी सुरु, लगानीकर्ता र स्टार्टअपसँग जोड्ने लक्ष्य

काठमाडौं । विद्यार्थीले निर्माण गरेका कृत्रिम बुद्धिमत्ता, रोबोटिक्स, साइबर सुरक्षा, सफ्टवेयर र डिजिटल इनोभेसनस…

एआईदेखि रोबोटिक्ससम्म, विद्यार्थीका ५५ बढी नवप्रवर्तन एकै ठाउँमा

काठमाडौं । टेक एवं विजनेस कार्निभल ‘प्रेसिडेन्सियल इन्नोभिस्टा २.०, २०२६’ काठमाडौंमा सुरु हुँदै…

एआई र डिजिटल रूपान्तरणको एजेन्डासहित बुढानीलकण्ठमा ऐतिहासिक सम्मेलन

काठमाडौं । प्रविधि र सुशासनबीचको दूरी घटाउने उद्देश्यसहित नेपालमा पहिलोपटक नगरस्तरीय आर्टिफिसियल इन्टेलिजेन्स…

नेपाल-भारतबीच एआई र उदाउँदो प्रविधिमा सहकार्य विस्तार, काठमाडौंमा विशेष सेमिनार

काठमाडौं । नेपाल र भारतबीच उदाउँदा प्रविधि तथा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का क्षेत्रमा सहकार्य विस्तार गर्न…

टेकस्किल्स आईटी स्कलरसिप २०२६ की विजेता बनिन् सोफिया तामाङ

काठमाडौं । टेकस्किल्स आईटी स्कलरसिप ग्राण्ड फिनाले २०२६ को उपाधि सोफिया तामाङले जितेकी छन् । काठमाडौंको भृकु…

सिड्नीमा हुँदै विश्व नेपाली युवा उद्यमी सम्मेलन, एआई स्टार्टअपलाई ३५ लाख रुपैयाँ पुरस्कार

काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) ले विश्वव्यापी व्यवसायिक वातावरणलाई तीव्र रूपमा परिवर्तन गरिरहेका बेला ने…

साइबर सुरक्षा घटना पछि होइन, पहिले नै नियन्त्रण गर्ने क्षमता विकास गर्नुपर्छ : निर्देशक महर्जन

काठमाडौं । नेपालमा बढ्दो साइबर जोखिम र डिजिटल प्रणालीमाथि हुने आक्रमणको चुनौतीलाई मध्यनजर गर्दै राष्ट्रिय साइ…

विद्युत र प्रविधिको अन्तर्राष्ट्रिय प्रदर्शनी ‘फिन इलेक्ट्रो-टेक २०२६’ जेठ २२ देखि सुरु हुँदै

काठमाडौं । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा विद्युत, इलेक्ट्रोनिक्स, सञ्चार, सूचना प्रविधि तथा वैकल्प…

ब्रिटिश प्रोफेसनल कलेज–एसीसीए सहकार्यमा पोखरामा लेखा कार्यशाला

काठमाडौं । प्लाटिनम-स्तरको ACCA प्रदायक संस्था ब्रिटिश प्रोफेशनल कलेज (BPC), काठमाडौंले गण्डकी प्रदेशका स्थानीय…

एनवाईईएफ स्टार्टअप अवार्ड सम्पन्न, हप्पु ट्रीट्स बन्यो विजेता

काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरद्वारा आयोजित ‘एनवाईईएफ स्टार्टअप अवार्ड&…

साइबर सुरक्षादेखि हेल्थकेयरसम्म: ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ मा नेपाली टेक कम्पनीलाई अवसर

काठमाडौं । नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रका नवप्रवर्तनकारी उत्पादन तथा सेवाहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रव…

‘पल्सर आरपीएम’ शनिबार टोकामा : युवा, संगीत र राइडिङ संस्कृतिको भव्य संगम

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रा.लि.ले नेपालका युवा, स…

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, दूरसञ्चार क्षेत्रसँग मिलेर “एज अफ अल इन्टेलिजेन्स”लाई तीव्रता

काठमाडौं । स्पेनको बार्सिलोनामा आयोजित मोबाइल वर्ल्ड कंग्रेस २०२६ मा सार्वजनिक गरिएका महत्वपूर्ण प्रविधिगत उपलब्…

इनड्राइभले ल्यायो ‘अरोरा भेन्चर्स’ कार्यक्रम : महिला उद्यमीले पाउनेछन् विश्वव्यापी नेटवर्क र लगानी

काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालसहित उदीयमान बजारका महिला उद्यमीहरूलाई…