इभेन्ट
धुलिखेलमा युथ ह्याक फेस्ट हुँदै, कसरी हुने सहभागी ?
काभ्रेको धुलिखेलमा युथ ह्याक फेस्ट २०२५ हुने भएको छ । चैत १४ गतेदेखि ८ गतेसम्म जिल्ला समन्वय समिति काभ्रेको आयोजनामा काठमाडौं विश्वविद्यालय धुलिखेलमा हुने वर्ल्ड युथ फेस्टभलमा २०२५ मा युथ ह्याक फेस्ट हुने भएको हो ।
आईटी क्षेत्रका विद्यार्थी र विज्ञलाई एकै ठाउँमा ल्याउने उद्देश्यसहित ह्याक फेस्ट आयोजना हुन लागेको बताइएको छ ।
ह्याक फेस्टमा कृषि, स्वास्थ्य, पर्यटन, यातायात र विपद् थिममा आवेदन दिन सकिने छ । ह्याक फेस्टको कुल पुरस्कार राशि ५ लाख बढी रूपैयाँ रहेको छ ।
ह्याक फेस्टमा ३० वर्ष मुनिका व्यक्तिहरू सहभागी हुन सक्ने छन् । एउटा टिममा बढीमा ४ जना सहभागी हुन पाइने छ, त्यसमा सकेसम्म कम्तिमा पनि १ जना महिला हुनुपर्नेछ ।
ह्याक फेस्टमा सहभागी हुनेले कृषि, स्वास्थ्य, पर्यटन, यातायात र विपद् थिममा रहेर सोलुसन विकास गर्नुपर्नेछ । ह्याक फेस्टको टेक डोमेनको रूपमा एआई, मेसिन लर्निङ, आईओटी, स्मार्ट सेन्सर, ब्लकचेन, जीआईएस, रिमोट सेन्सिङ, एआर, भीआर निर्धारण गरिएको छ ।
यदी तपाई पनि ह्याक फेस्टमा सहभागी हुन चाहनुहुन्छ भने यहाँ क्लिक गरी आवेदन दिन सकिने छ । फेस्टको इभेन्ट पार्टनरको रूपमा लिभिङ विथ आइसिटी र इम्पिलिमेन्टिङ पार्टनरको रूपमा आइसिटी फाउन्डेसनसँग सहकार्य गरिएको छ ।
 
इभेन्ट
हल्ट प्राइज आईओई पुल्चोक क्याम्पसको सेमिफाइनल सम्पन्न
एमआईटी कलेज बागबजारमा हल्ट प्राइजको आईओई पुल्चोक क्याम्पस सेमिफाइनल प्रतियोगिता सम्पन्न भएको छ । ‘अनलिमिटेड’ भन्ने थ…
नेशनल साईबर ओलम्पियाड २०८१ को +२ संस्करण सुरू
नेशनल साईबर ओलम्पियाड २०८१ को प्लस टु संस्करणको प्रतियोगिता सुरू भएको छ । प्रशिक्षणको आयोजनामा हुन गई रहेको नेशनल साईबर ओलम्पि…
सेन्ट जेभियर्स कलेजले आयोजना गरेको २९औं प्रविधि तथा इन्नोभेसन प्रदर्शनी सम्पन्न
सेन्ट जेभियर्स कलेजले आयोजना गरेको २९औं प्रविधि तथा इन्नोभेसन (सेट) प्रदर्शनी सम्पन्न भएको छ । कलेजको सामाजिक सेवा, वातावरण र प्…
सागर ग्रुपको आईटी एक्सपो सुरू, अवलोकनकर्तालाई छुटदेखि ल्यापटप जित्नेसम्म मौका
माघ २३ गतेदेखि सागर ग्रुपको कर्पोरेट हाउस कलंकीमा प्रविधि मेला अर्थात आईटी एक्सपो सुरू भएको छ । माघ २९ गतेसम्म सञ्चालन हुने यस…
माघ २४ देखि भृकुटीमण्डपमा क्यान इन्फोटेक, राष्ट्रिय परिचयपत्रको इनरोलमेन्ट पनि गर्न सकिने
आउँदो माघ २४ देखि २८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा हुने ३०औं संस्करणको क्यान इन्फोटेक २०२५ तयारी अन्तिम चरण…
पुल्चोक क्याम्पसको हल्ट प्राइजद्वारा डिजाईन थिंकिङ्ग सम्बन्धि कार्यशाला सम्पन्न
पुल्चोक क्याम्पस अन्तर्गतको हल्ट प्राइजले आफ्नो उद्यमशीलता संवाद श्रृंखलाको तेस्रो सत्र ‘डिजाईन थिंकिङ्ग कार्यशाला’ सम्पन्न…
माघ २४ देखि राजधानीमा क्यान इन्फोटेक २०२५ हुने, प्रायोजक एवं स्टल बुकिङ खुला
क्यान महासंघले हरेक वर्ष आयोजना गर्दै आएको बृहत् सूचना तथा सञ्चार प्रविधि प्रदर्शनी ‘क्यान इन्फोटेक’ को ३० औं संस्करण …
काठमाडौँ विश्वविद्यालयमा इपेक्स हुँदै, आईटी र उर्जा सम्बन्धि परियोजनाहरू प्रदर्शनी हुने
सोसाइटी अफ इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियर्स र काठमाडौँ विश्वविद्यालयको इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ विभागको सह…
एनवाईईएफ स्टार्टअप अवार्ड सम्पन्न, को को भए विजेता ?
नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरले आयोजना गरेको ग्लोबल आईएमई बैंकद्वारा प्रस्तुत एनवाईईएफ स्टार्टअप अवाड्र्स ४.…
चैत २२ र २३ गते काठमाडौंमा वर्डक्याम्प नेपाल २०२५ हुँदै, किन हुने सहभागी ?
आगामी अप्रिल ४ र ५ तारिख अर्थात चैत २२ र २३ गते काठमाडौंको वर्डक्याम्प नेपाल २०२५ आयोजना हुने भएको छ । वर्डप्रेस तथा समग्र…
आजदेखि एनसीआईटी कलेजमा ‘नस्काथन लाइट’ ह्याकाथन हुँदै, ५० टिमले प्रतिस्पर्धा गर्ने
आइतबारबाट अन्तर-कलेज ह्याकाथन कार्यक्रम ‘नस्काथन लाइट’ हुने भएको छ । आइतबारदेखि सुरू हुने ह्याकाथन सोमबारसम्…
हल्ट प्राइज काठमाडौँ विश्वविद्यालयको सेमिफाइनल सम्पन्न, पाँच टिम फाइनलमा प्रवेश
हल्ट प्राइज काठमाडौँ विश्वविद्यालयको सेमिफाइनल राउन्ड नेपाल कलेज अफ म्यानेजमेन्ट (एनसीएम) ललितपुरमा सम्पन्न भएको छ ।
…इन्ड्राइभ आइसिटी अवार्ड २०२४ सम्पन्न, विभिन्न १५ विधामा अवार्ड वितरण
लिभिङ विथ आइसिटीले आयोजना गरेको नवौं संस्करणको ‘इन्ड्राइभ आइसिटी अवार्ड २०२४ सपोर्टेड बाई एनसे इन एशोशिएसन विथ नेपालपे…
ब्रिटिस कलेजमा माइक्रोसफ्ट इम्याजिन कप २०२५ आईडियाथन हुँदै
पुस ६ गते शनिबार माइक्रोसफ्ट इम्याजिन कप २०२५ आईडियाथन आयोजना हुने भएको छ । आज काठमाडौंको थापाथलिस्थित ब्रिटिस कलेजमा माइक्रो…
इन्ड्राइभ आइसिटी अवार्ड २०२४ को ग्राण्ड फिनाले शुक्रबार, १५ विधामा अवार्ड प्रदान हुने
सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डको ग्राण्ड फिनाले पुस ५ गते शुक्रबार हुने भएको छ …