इभेन्ट
यूरोप पुग्दै नेपाली टेक, नास-आईटीले गर्दै ‘नेपाल टेक रोडशो २०२६’
काठमाडौं । नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज (नास-आईटी) ले नेपाली सूचना प्रविधि (आईटी) उद्योगलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने उद्देश्यले ‘नेपाल टेक रोडशो यूरोप (यूके र स्विट्जरल्यान्ड) २०२६’ आयोजना गर्ने भएको छ ।
नास-आईटीका अनुसार रोडशो आगामी भदौ २१ गतेदेखि असोज ५ गतेसम्म बेलायत र स्विट्जरल्यान्डमा सञ्चालन हुनेछ । कार्यक्रममार्फत नेपाली आईटी कम्पनीहरूलाई यूरोपका व्यवसाय, स्टार्टअप, लगानीकर्ता, इनोभेसन हब तथा गैरआवासीय नेपाली (एनआरएन) प्रविधि समुदायसँग जोड्दै नयाँ व्यावसायिक साझेदारी, प्रविधि निर्यात र वैदेशिक लगानीका अवसर विस्तार गर्ने लक्ष्य राखिएको छ ।
यो कार्यक्रम स्विस सरकार विकास सहयोग (Swiss Agency for Development and Cooperation), नेपाल इन बिजनेस-ग्रोथ एडभाइजर्स कार्यक्रम तथा यूके इन्टरनेसनल डेभलपमेन्टको सहयोगमा दाई ग्लोबल यूकेले कार्यान्वयन गर्नेछ ।
नास-आईटीले यसअघि सन् २०२५ मा अष्ट्रेलिया र सन् २०२६ मा अमेरिकामा सफलतापूर्वक आयोजना गरिएका नेपाल टेक रोडशोको निरन्तरतास्वरूप यसपटक यूरोप संस्करण आयोजना गर्न लागिएको जनाएको छ ।
आयोजकका अनुसार यसले नेपाली आईटी उद्योगलाई यूरोपेली बजारसँग प्रत्यक्ष जोड्दै अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
रोडशोको पहिलो चरण सेप्टेम्बर ६ देखि १२ सम्म बेलायतमा सञ्चालन हुनेछ । यसअन्तर्गत मुख्य कार्यक्रम सेप्टेम्बर ९ मा लन्डनस्थित रेडिसन ब्लु होटल लन्डन हिथ्रोमा आयोजना हुनेछ ।
कार्यक्रममा नेपालको आईटी उद्योगको वर्तमान अवस्था, सम्भावना, नेपाली कम्पनीहरूको क्षमता, अन्तर्राष्ट्रिय अनुभव तथा व्यावसायिक सहकार्यका अवसरबारे प्रस्तुति र अन्तरक्रिया गरिनेछ ।
त्यसपछि रोडशोको दोस्रो चरण सेप्टेम्बर १३ देखि २१ सम्म स्विट्जरल्यान्डमा आयोजना हुनेछ । यसको मुख्य कार्यक्रम सेप्टेम्बर १६ मा ज्यूरिखस्थित होटल सेन्ट गोडार्डमा हुनेछ ।
रोडशोका क्रममा सहभागी नेपाली कम्पनीहरूले यूरोपका व्यवसायिक संस्था, सम्भावित साझेदार, स्टार्टअप, इनोभेसन हब तथा अन्य सरोकारवालासँग प्रत्यक्ष भेटघाट, व्यावसायिक छलफल र नेटवर्किङ गर्ने अवसर प्राप्त गर्नेछन् ।
नास-आईटीका अनुसार यसबाट नयाँ साझेदारी, सेवा निर्यात विस्तार, वैदेशिक लगानी आकर्षित गर्ने तथा दीर्घकालीन अन्तर्राष्ट्रिय सहकार्यका आधार तयार हुने अपेक्षा गरिएको छ ।
इभेन्ट
‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि, एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा
काठमाडौं । मिड भ्याली इन्टरनेसनल कलेजले आयोजना गरेको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि काठमाडौंमा …
युवा नेतृत्व, उद्यमशीलता र प्रेरणाको उत्सव : काठमाडौं युथ कन्क्लेभ २०२६ शनिबार हुँदै
काठमाडौं । युवाको नेतृत्व, प्रेरणा, उद्यमशीलता र नागरिक सहभागितालाई सशक्त बनाउने उद्देश्यसहित काठमाडौं युथ क…
काठमाडौंमा अन्तर्राष्ट्रिय एआई तथा साइबर सुरक्षा सम्मेलन हुँदै, सेसन प्रस्ताव आह्वान
काठमाडौं । कृत्रिम बौद्धिकता (एआई) र साइबर सुरक्षाले विश्वव्यापी डिजिटल इकोसिस्टमलाई तीव्र रूपमा रूपान्तरण गरि…
कक्षाकोठाबाट विश्व मञ्चसम्म: विद्यार्थीलाई रोबोटिक्स, एआई र नवप्रवर्तनसँग जोड्ने राष्ट्रिय अभियान सुरु
काठमाडौं । नेपालमा विद्यालय तहका विद्यार्थीलाई विज्ञान, प्रविधि र नवप्रवर्तनसँग व्यवहारिक रूपमा जोड्ने उद्देश्यले…
‘ब्लु सर्ज २०२६’ मा सहभागी हुन यामाहा नेपालका साझेदार थाइल्यान्ड प्रस्थान
काठमाडौं । यामाहा नेपालको आयोजनामा यहि जुलाई २७ देखि ३१ सम्म थाइल्याण्डको पटायामा सम्पन्न हुन गइरहेको…
एआई, रोबोटिक्स र नवप्रवर्तनमार्फत नेपालको भविष्य निर्माणमा जोड दिँदै ‘सनवेयन्स इनोभेसन फेस्ट २०२६’ सम्पन्न
काठमाडौं । कृत्रिम बौद्धिकता (एआई), रोबोटिक्स, ड्रोन प्रविधि, अनुसन्धान, नवप्रवर्तन तथा उद्यमशीलताको प्रवर्द्धन गर्…
सानोग ४४ मा नेपालसहित दक्षिण एसियाका ६ अग्रणी इन्टरनेट अभियन्ता सम्मानित
काठमाडौं । दक्षिण एसियाली नेटवर्क अपरेटर्स ग्रुप (सानोग) को ४४ औं संस्करणमा दक्षिण एसियाका अग्रणी इन्टरनेट अभि…
नोभेम्बर २१-२२ मा हेरिटेज गार्डेनमा NAS-IT Expo 2026 आयोजना हुँदै
काठमाडौं । नेपाल एसोसिएसन फरसफ्टवेयर एण्ड आईटीसर्भिसेस कम्पनीज (NAS-IT) ले आगामी नोभेम्बर २१–२२, २०२६…
विद्यार्थी नवप्रवर्तनलाई प्रोत्साहन गर्न CodeFest 2026, दर्ता खुला
काठमाडौं । प्रविधि क्षेत्रमा सक्रिय संस्था Code for Change ले देशकै ठूलो विद्यार्थी नवप्रवर्तन तथा ह्याकाथन प्रति…
जुलाईमा काठमाडौंमा स्यानोग ४४, दक्षिण एसियाका नेटवर्क विशेषज्ञ एउटै मञ्चमा
काठमाडौं । दक्षिण एसियाको इन्टरनेट पूर्वाधार, नेटवर्क सञ्चालन तथा प्राविधिक सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्य…
आईटी करियरका लागि व्यावहारिक सिकाइ, न्यु समिट कलेजमा ‘वर्डप्रेस मिटअप’ आयोजना
काठमाडौं । वर्डक्याम्प काठमाडौं २०२६ को तयारीस्वरूप नयाँ बानेश्वरस्थित न्यु समिट कलेजमा आइतबार एक दिने &lsquo…
नेपालमा 'एआई इन जर्नलिजम वर्कसप' आयोजना हुँदै, क्यान महासंघ र फेजाबीच सहकार्य
काठमाडौं । क्यान महासंघ र फेजाको संयुक्त आयोजनामा आगामी २०२६ जुलाई २६ मा 'एआई इन जर्नलिजम वर्कसप' …
एकेडेमिया कलेजमा दिगो तथा नवप्रवर्तनमुखी वित्तीय व्यवस्थापन विषयक राष्ट्रिय सम्मेलन
काठमाडौं । एकेडेमिया इन्टरनेसनल कलेजले दिगो तथा नवप्रवर्तनमुखी वित्तीय व्यवस्थापनमा सूचना प्रविधिको प्रयोगसम्बन्…
ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा मेसिन लर्निङ (एमएल) सम्बन्…