कीवर्डहरू -

इभेन्ट

बीवाईडी हाई–टेक विक आयोजना हुँदै, के के छन् विशेषता ?

बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकले ‘बीवाईडी हाई–टेक विक २०२५’ आयोजना गर्ने घोषणा गरेको छ। द एभरेष्ट होटलमा फेब्रुअरी २७ देखि मार्च ४ सम्म आयोजना हुने यसमा इलेक्ट्रिक भेइकल, एआई इन्टिग्रेसन र नयाँ उर्जा सोलुसनका आधुनिक सुविधाहरूलाई एकै ठाउँमा समेट्ने उद्देश्य राखेको छ।

कम्पनीकाअनुसार, यस इभेन्टमा उपस्थित हुने आगन्तुकहरूले उच्च–टेक इन्टर्याक्टिभ जोनमार्फत बीवाईडीको ब्लेड ब्याट्री टेक्नोलोजी, डिसस इन्टेलिजेन्ट बडी कन्ट्रोल सिस्टम, ई–प्लेटफर्म ३.० लगायतका अत्याधुनिक प्रविधिहरूको प्रत्यक्ष अनुभव गर्न सक्नेछन् ।

साथै, नेक्स्ट–जेन भेइकल शोकेसमा बीवाईडीका पछिल्ला मोडल र चाँडै आउने नयाँ मोडलको प्रदर्शनी हुने भएकोले अटोमोटिभ क्षेत्रका व्यवसायी, प्रविधि उत्साही र साधारण प्रयोगकर्ताले भविष्यको स्मार्ट मोबिलिटीको झलक पाउनेछन्।

रियल–टाइम टेक्नोलोजी डेमो, विशेषज्ञ टक र प्यानल डिस्कसनमार्फत नेपालमा ईभी ट्रेन्ड र नविन इनोभेसनका बारेमा महत्वपूर्ण जानकारी साटासाट हुनेछ। इभेन्टले परिवारिक क्रियाकलाप र रमाइला कार्यक्रमहरूको आयोजना पनि गरेकोले सबै उमेरका दर्शकहरूका लागि यो एक अनुपम अनुभव बन्ने अपेक्षा गरिएको छ।

टिकट खरिद ई-सेवामा उपलब्ध गराइएको छ भने विद्यार्थीहरूलाई परिचय पत्र देखाउँदा निःशुल्क प्रवेशको सुविधा प्रदान गरिनेछ। यस इभेन्टले नेपालमा इलेक्ट्रिक मोबिलिटी र सस्टेनेबल प्रविधिको क्षेत्रमा नयाँ सोच र उर्जा प्रवाह गर्ने विश्वास गरिएको छ। सहभागीहरूले आधुनिक प्रविधिका नविन प्रयोगहरू प्रत्यक्ष अवलोकन गर्दै स्मार्ट मोबिलिटीको भविष्यमा आफ्नो योगदान पुर्याउने सुनौलो अवसर प्राप्त गर्नेछन्।

इभेन्ट

सागर ग्रुपको आईटी एक्सपो सुरू, अवलोकनकर्तालाई छुटदेखि ल्यापटप जित्नेसम्म मौका

माघ २३ गतेदेखि सागर ग्रुपको कर्पोरेट हाउस कलंकीमा प्रविधि मेला अर्थात आईटी एक्सपो सुरू भएको छ । माघ २९ गतेसम्म सञ्चालन हुने यस…

माघ २४ देखि भृकुटीमण्डपमा क्यान इन्फोटेक, राष्ट्रिय परिचयपत्रको इनरोलमेन्ट पनि गर्न सकिने

आउँदो माघ २४ देखि २८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा हुने ३०औं संस्करणको क्यान इन्फोटेक २०२५ तयारी अन्तिम चरण…

पुल्चोक क्याम्पसको हल्ट प्राइजद्वारा डिजाईन थिंकिङ्ग सम्बन्धि कार्यशाला सम्पन्न

पुल्चोक क्याम्पस अन्तर्गतको हल्ट प्राइजले आफ्नो उद्यमशीलता संवाद श्रृंखलाको तेस्रो सत्र ‘डिजाईन थिंकिङ्ग कार्यशाला’ सम्पन्न…

माघ २४ देखि राजधानीमा क्यान इन्फोटेक २०२५ हुने, प्रायोजक एवं स्टल बुकिङ खुला

क्यान महासंघले हरेक वर्ष आयोजना गर्दै आएको बृहत् सूचना तथा सञ्चार प्रविधि प्रदर्शनी ‘क्यान इन्फोटेक’ को ३० औं संस्करण …

काठमाडौँ विश्वविद्यालयमा इपेक्स हुँदै, आईटी र उर्जा सम्बन्धि परियोजनाहरू प्रदर्शनी हुने

सोसाइटी अफ इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियर्स र काठमाडौँ विश्वविद्यालयको इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ विभागको सह…

एनवाईईएफ स्टार्टअप अवार्ड सम्पन्न, को को भए विजेता ?

नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरले आयोजना गरेको ग्लोबल आईएमई बैंकद्वारा प्रस्तुत एनवाईईएफ स्टार्टअप अवाड्र्स ४.…

चैत २२ र २३ गते काठमाडौंमा वर्डक्याम्प नेपाल २०२५ हुँदै, किन हुने सहभागी ?

आगामी अप्रिल ४ र ५ तारिख अर्थात चैत २२ र २३ गते काठमाडौंको वर्डक्याम्प नेपाल २०२५ आयोजना हुने भएको छ । वर्डप्रेस तथा समग्र…

आजदेखि एनसीआईटी कलेजमा ‘नस्काथन लाइट’ ह्याकाथन हुँदै, ५० टिमले प्रतिस्पर्धा गर्ने

आइतबारबाट अन्तर-कलेज ह्याकाथन कार्यक्रम ‘नस्काथन लाइट’ हुने भएको छ ।  आइतबारदेखि सुरू हुने ह्याकाथन सोमबारसम्…

हल्ट प्राइज काठमाडौँ विश्वविद्यालयको सेमिफाइनल सम्पन्न, पाँच टिम फाइनलमा प्रवेश

हल्ट प्राइज काठमाडौँ विश्वविद्यालयको सेमिफाइनल राउन्ड नेपाल कलेज अफ म्यानेजमेन्ट (एनसीएम) ललितपुरमा सम्पन्न भएको छ । 

इन्ड्राइभ आइसिटी अवार्ड २०२४ सम्पन्न, विभिन्न १५ विधामा अवार्ड वितरण

लिभिङ विथ आइसिटीले आयोजना गरेको नवौं संस्करणको ‘इन्ड्राइभ आइसिटी अवार्ड २०२४ सपोर्टेड बाई एनसे इन एशोशिएसन विथ नेपालपे…

ब्रिटिस कलेजमा माइक्रोसफ्ट इम्याजिन कप २०२५ आईडियाथन हुँदै

पुस ६ गते शनिबार माइक्रोसफ्ट इम्याजिन कप २०२५ आईडियाथन आयोजना हुने भएको छ । आज काठमाडौंको थापाथलिस्थित ब्रिटिस कलेजमा माइक्रो…

इन्ड्राइभ आइसिटी अवार्ड २०२४ को ग्राण्ड फिनाले शुक्रबार, १५ विधामा अवार्ड प्रदान हुने

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डको ग्राण्ड फिनाले पुस ५ गते शुक्रबार हुने भएको छ …

माघ ९ र १० गते काठमाडौं विश्वविद्यालयमा २ दिने प्रदर्शनी इपेक्स हुँदै

काठमाडौं विश्वविद्यालयको इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स विभागले हरेक वर्ष आयोजना गर्ने इपेक्स मेला यस वर्ष पनि आयोजना हुने भएको छ …

भिरिञ्ची कलेजमा आइसिटी मेला सुरू, के के छन् आकर्षण ?

मंसिर २० गते बिहीबारदेखि ललितपुरको कुमारिपाटीस्थित भिरिञ्ची…

बिहीबारदेखि भिरिञ्ची कलेजमा आइसिटी मेला, निःशुल्क अवलोकन गर्न सकिने

काठमाडौं । यही मंसिर २०, २१ र २२ गते ललितपुरको कुमारिपाटीस्थित भिरिञ्ची कलेजमा आइसिटी मेला ५.० हुने भएको छ । भिरिञ्ची कलेज…