काठमाडौं । Ramesh Corp. Entity अन्तर्गतको टेलि डिजिटलले डिजिटल संवाद तथा व्यवसायिक सञ्चार सम्बन्धी विशेष कार्यक्रम ‘द कनभरफरेन्स’ आयोजना गरेको छ । व्यवसाय, दूरसञ्चार तथा डिजिटल सञ्चार क्षेत्रका सरोकारवालाबीच गहन छलफल गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रम बिहीबार काठमाडौंस्थित होटल याक एन्ड यतीको रेजेन्सी बलरुममा आयोजना भएको छ । कार्यक्रममा संवाद, अनुभव आदानप्रदान गरिएको छ ।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा मेटाका टेल्को अथेन्टिकेशन स्ट्राटेजी एन्ड पार्टनरशिप्स म्यानेजर अल्बर्ट टियोङ विशेष वक्ताका रूपमा सहभागी छन् ।
टेली डिजिटल गुगल क्लाउड पार्टनर एड्भान्टेज कार्यक्रम अन्तर्गत ‘गुगल वर्कस्पेस सेल पार्टनर’को रुपमा रहेको छ । केही समयअघि कम्पनीले नेपालमा गुगल वर्कस्पेस लाइसेन्सलाई सहज, छिटो र स्थानीय भुक्तानीसहित उपलब्ध गराउने औपचारिक जिम्मेवारी पाएको थियो ।
सन् २०२३ देखि आधिकारिक गुगल वर्कस्पेस रिसेलरको रूपमा मान्यता पाएको टेली डिजिटलले हालसम्म ५० भन्दा बढी व्यवसायलाई सेवा प्रदान गरिसकेको छ । कम्पनीले परम्परागत सिप्यानल आधारित इमेल प्रणालीको साटो जीमेल आधारित समाधानमार्फत एकीकृत सहकार्य टुल्स उपलब्ध गराउँदै व्यवसायलाई अझ प्रतिस्पर्धी बनाउन सहयोग गर्दै आएको छ ।
आईसीटी समाचार