इभेन्ट
नेपालको डिजिटल र आर्थिक रूपान्तरणमा फाइभजी प्रविधिको भूमिकाबारे सरोकारवालाबीच छलफल
नेपालको डिजिटल र आर्थिक रूपान्तरणमा फाइभजी प्रविधिको भूमिकाबारे सरोकारवालाबीच छलफल भएको छ । कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ) र अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) ट्रेड एन्ड कम्पिटिटिभनेसको संयुक्त आयोजनामा मंसिर १३ गते बुधबार काठमाडौंमा एक्सिलेरेटिङ डिजिटल एन्ड इकोनोमिक ट्रान्स्फर्मेसन’ विषयक कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा डिजिटल अर्थतन्त्रको विकासलाई गति दिन फाइभजी प्रविधि प्रयोगबारे वृहत् छलफल भएको थियो । यसका लगि फाइभजी प्रविधिको मुख्य विशेषता, ग्लोबल ट्रेन्ड, फाइभजी प्रविधिको परिदृश्य र आर्थिक मूल्याङ्कन, फाइभजी प्रविधि प्रयोग गरेका देशका केस स्टडीहरूको चर्चा, नेपालमा फाइभजी सेवा अवलम्बन गर्दा अपनाउनुपर्ने रणनीति तथा योजनाबारे सरोकारवालाबीच सार्थक अन्तर्क्रिया भएको थियो ।
यसअन्तर्गत नेपाल दूरसञ्चार प्राधिकरणका उपनिर्देशक डा. प्रदीप पौडेलले फाइभजीको विकास र कार्यान्वयनका सम्बन्धमा सरकारको दृष्टिकोण तथा हालको प्रगति अवस्थाबारे प्रस्तुति दिएका थिए । त्यस्तै मेलबर्न इन्स्टिच्युट अफ टेक्नोलोजी, अष्ट्रेलियाका सिनियर लेक्चरर तथा कोर्स कोअर्डिनेटर राजन कंडेलले विभिन्न देशमा फाइभजीले व्यवसाय तथा अर्थतन्त्रमा पारेको प्रभावबारे विश्लेषणसहितको प्रस्तुति दिएका थिए ।
कार्यक्रमको अर्को सत्रमा ‘अनलिशिङ द इकोनोमिक पोटेन्सियल अफ फाइभजी टेक्नोलोजी’ विषयमा प्यानल डिस्कसन भएको थियो । उक्त प्यानल डिस्कसनको मोडेरेसन आईसीटी विज्ञ डा. विवेककुमार राणाले गरेका थिए । छलफलमा सरकार, दूरसञ्चार तथा निजी क्षेत्रका विज्ञ तथा प्रतिनिधिहरूले भाग लिएका थिए ।
यसअन्तर्गत फाइभजीबाट लाभान्वित हुने आर्थिक क्षेत्रहरूको चर्चा, उद्यमशीलता र स्टार्टअपलाई बढावा दिन फाइभजीको भूमिका तथा फाइभजीमा सार्वजनिक(निजी साझेदारीको महत्त्व लगायतका विषयमा छलफल भएको थियो । सो प्यानल डिस्कसनमा दूरसञ्चार प्राधिकणका डा. प्रदिप पौडेल, नेपाल टेलिकमी निर्देएशक रिना डंगोल, खल्ती वालेटका सहसंस्थापक अमित अग्रवाल, मेलबर्न कंडेल सहभागी थिए ।
समग्रमा फाइभजीको सम्भाव्यता र यसले देशको डिजिटल परिदृश्यमा पार्न सक्ने प्रभावबारे चर्चा गर्नु, नेपालमा फाइभजीमा लगानी गर्न निजी क्षेत्र र फाइभजीप्रविधि प्रदायकलाई प्रोत्साहन गर्नु तथा सरोकारवालाहरूबीच अन्तर्क्रिया गराउनु यो कार्यक्रमको प्रमुख उद्देश्य रहेको क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले बताए ।
फाइभजीले नेपाल जस्तो देशमा अर्थतन्त्र सुदृढीकरणमा महत्त्वपूर्ण योगदान दिने चर्चा गरेका थिए । साथै दूरसञ्चार प्राधिकरण अन्तर्गतको ग्रामीण दूरसञ्चार विकास कोषको रकम ग्रामीण क्षेत्रमै पूर्वाधारमा लगानीमा सदुपयोग हुनुपर्नेमा पनि सहभागीहरूले जोड दिएका थिए ।
कार्यक्रममा दूरसञ्चार कम्पनी, उद्योग विशेषज्ञ, इन्टरनेट सेवाप्रदायक, ईकमर्स कम्पनी तथा व्यवसायहरू, सरकारी निकाय, अन्तर्राष्ट्रिय संघसंस्था तथा विदेशी नियोगका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
इभेन्ट
एमबिएम आइडिया एक्स २०२३ ह्याकाथन सम्पन्न, पहिलो भयो पुल्चोक क्याम्पसको टिम जेनन
मदन भण्डारी मेमोरियल कलेजले सफलतापूर्वक एमबिएम आइडिया एक्स २०२३ ह्याकाथन सम्पन्न गर…
दुई दिने स्टार्टअप एण्ड आईडिया फेस्ट सम्पन्न, अवलोकनकर्ताको उत्साहजनक सहभागीता
काठमाडौंमा शुक्रबार र शनिबार आयोजना भएको स्टार्टअप एण्ड आईडिया फेस्ट तथा स्टिम क्याम्…
सुरू भयो दुई दिने स्टार्टअप एण्ड आईडिया फेस्ट, के के छन् मुख्य आकर्षण ?
काठमाडौंमा स्टार्टअप एण्ड आईडिया फेस्ट सुरू भएको छ । बानेश्वरको थापागाउँस्थित बानेश्…
आजदेखि दुई दिने स्टार्टअप एण्ड आईडिया फेस्ट, निःशुल्क अवलोकन गर्न सकिने
शुक्रबार र शनिबार काठमाण्डौको बानेश्वर बैंक्वटमा स्टार्टअप एण्ड आईडिया फेस्ट तथा स्टिम…
असोज तेस्रो साता काठमाडौंमा सय बढि स्टार्टअप तथा इन्नोभेसनको प्रदर्शनी हुँदै
असोज १९ र २० गते काठमाण्डौंको बानेश्वर बैंकुटमा स्र्टाटअप एण्ड आइडिया फेस्टसँगै स्टि…
थ्रेट्कन २०२३ सम्पन्न, ‘क्याम्चर द फ्ल्याग’ प्रतियोगिताको शीर्ष पाँचमा सफ्टवेरिका कलेज
ह्याकरहरूको सम्मेलन ‘थ्रेटकन थ्रेट्कन २०२३’ सम्पन्न भएको छ । साइबर सुरक्षा फर्म थ्रेटनि…
कोड फर चेञ्जले राष्ट्रियस्तरको ह्याकाथन आयोजना गर्दै, यसरी हुनुहोस् सहभागी
विगत ६ वर्षदेखि विभिन्न किसिमका कार्यक्रमहरूको माध्यमबाट प्रविधिको क्षेत्रमा योगदान …
यूनेस्कोसँगको सहकार्यमा असोज १९ गतेदेखि ३ दिने ‘एमबीएम आईडियाएक्स ह्याकाथन’ हुँदै
यूनेस्को (UNESCO) सँगको सहकार्यमा एमबिएम आईडियाएक्स (MBM IDEAX) ह्याकाथन आयोजना ह…
भदौ १५ गतेदेखि १७ गतेसम्म इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्सको अन्तर्राष्ट्रिय प्रदर्शनी
भदौ १५ गतेदेखि १७ गतेसम्म काठमाडौंमा नेपाल इलेक्ट्रिक तथा इलेक्ट्रोनीक्स अन्तर्राष्ट्रि…
सफ्टवेरिका कलेजको स्मार्ट प्रविधि प्रदर्शनी ‘टेक एक्स २०२३’ सम्पन्न, १० हजार बढीको अवलोकन
सफ्टवेरिका कलेजले जुलाई २७ देखि जुलाई ३० सम्म आयोजना गरेको स्मार्ट प्रविधि सम्बन्धी …
प्रगतिशिल शिक्षाका लागि विद्यालय रूपान्तरण विषयमा आयोजना भएको एकदिने सेमिनार सम्पन्न
प्रगतिशिल शिक्षाका लागि विद्यालय रूपान्तरण विषयमा आयोजना भएको एक दिने सेमिनार सम्प…
आज सगरमाथा इन्जिनियरिङ कलेजमा म्यापिङ म्यानिया वर्कशप हुँदै
शुक्रबार सगरमाथा इन्जिनियरिङ कलेजमा म्यापिङ म्यानिया वर्कशप हुने भएको छ । सगरमाथा …
सिमलेस एसिया कन्फेरेन्समा नेपालबाट सहभागी हुँदै लोजिका बिन्स
एफ वान सफ्ट ग्रुप अन्तर्गतको सफ्टवेयर विकास गर्ने कम्पनी लोजिकाबिन्स सिमलेस एसिया २०२…
कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई ७ दिने वर्कशप, निशुल्क सहभागी हुन सकिने
सफ्टवेरिका कलेज अफ आइटी एण्ड इकमर्शले कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरू ल…
धुलिखेलमा दोस्रो पोस्टग्रे एसक्यूएल कन्फेरेन्स नेपाल सम्पन्न
दोस्रो पोस्टग्रे एसक्यूएल कन्फेरेन्स नेपाल सम्पन्न भएको छ ।
व…