दूरसंचार
नेपाल टेलिकमको विशेष सहुलियत : पुरानो बक्यौता तिर्दा जरिवाना छुट, अटेर गरे कानुनी कारबाही
काठमाडौं । नेपाल टेलिकमले लामो समयदेखि बक्यौता महशुल नतिरेका ग्राहकलाई राहत दिने उद्देश्यले विशेष योजना सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८०/८१ सम्मको दूरसञ्चार सेवा उपयोग गरेबापत बाँकी रहेको रकम निश्चित अवधिभित्र भुक्तानी गरेमा त्यसमा लाग्ने सम्पूर्ण जरिवाना मिनाहा गर्ने निर्णय गरेको हो ।
टेलिकमले जारी गरेको सूचनाअनुसार ग्राहकले २०८३ साल पुस मसान्तभित्र आफूलाई पायक पर्ने दूरसञ्चार कार्यालयमा पुगेर मूल बक्यौता रकम बुझाए जरिवाना तिर्नुपर्ने छैन । कम्पनीले यस व्यवस्थालाई पुराना बक्यौता फर्छ्योट गर्ने अवसरका रूपमा लिन ग्राहकलाई आग्रह गरेको छ ।
यद्यपि, तोकिएको समयसीमाभित्र पनि बक्यौता रकम नतिर्ने ग्राहकविरुद्ध कानुनी प्रक्रिया अघि बढाइने टेलिकमले स्पष्ट पारेको छ । त्यस्ता ग्राहकको नाम, ठेगाना र बक्यौता विवरण कम्पनीको आधिकारिक वेबसाइट तथा राष्ट्रिय दैनिक पत्रपत्रिकामार्फत सार्वजनिक गरिने जनाइएको छ ।
यसका साथै, बारम्बार ताकेता गर्दा पनि रकम भुक्तानी नगर्ने ग्राहकबाट सरकारी बाँकी सरह असुलउपर गरिने प्रक्रिया अघि बढाइने टेलिकमले जनाएको छ । कम्पनीले समयमै बक्यौता फर्छ्योट गरी उपलब्ध सहुलियतको लाभ लिन सबै ग्राहकलाई अनुरोध गरेको छ ।
दूरसंचार
फाइभजीको युगमा पनि २४ लाख नेपाली अझै टुजीमै, नयाँ प्रविधि अपनाउन किन ढिलाइ ?
काठमाडौं । नेपालका दूरसञ्चार सेवा प्रदायक कम्पनीहरू थ्रीजी प्रविधिलाई क्रमश: विस्थापित गर्दै फोरजी सेवामा केन्द्…
आजदेखि इलाम, पाँचथर, पर्सा र दाङका ३५ स्थानीय तहमा थ्रीजी सेवा बन्द
काठमाडौं । एनसेलले आजदेखि इलाम, पाँचथर, पर्सा र दाङका ३५ स्थानीय तहमा थ्रीजी (3G) सेवा बन्द गरेको छ । कम्पन…
अनुमतिबिनै हिमाली क्षेत्रमा स्याटेलाइट इन्टरनेट सञ्चालन भइरहेको भन्दै सरकारको चेतावनी
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिबिनै हिमाली क्षेत्रमा स्याटेलाइटमार्फत इन्टरनेट सेवा सञ्चालन भइरह…
नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष र सदस्यको छनोट प्रक्रिया अघि बढ्यो, ९ उम्मेदवार अन्तर्वार्ताका लागि छनोट
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष तथा सदस्य नियुक्ति प्रक्रिया अघि बढेको छ । आवेदन संकलन र प्रारम्भ…
नेपाल टेलिकमका सिमकार्ड अब हुलाकमार्फत घरमै
काठमाडौं । नेपाल टेलिकमका सेवाग्राहीले अब सिमकार्ड लगायत कम्पनीका विभिन्न सामाग्री घरमै हुलाकमार्फत प्राप्त गर्…
प्रसारण लाइन विकासमा नेपाली कम्पनीहरूको उल्लेखनीय सहभागिता : नेपाली र अन्तर्राष्ट्रिय कम्पनीबीच प्रतिस्पर्धा
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले पहिलोपटक ट्यारिफ आधारित प्रतिस्पर्धात्मक बोलपत्र प्रणाली (बुट मोडल) मार्फत …
नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन : सेवा छिटो, सहज र पूर्ण डिजिटल बनाऊ
काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमलाई सेवाग्राहीलाई अझ छिटो, सहज र प्रवि…
थ्रीजी सेवा बन्द गर्दै एनसेल, यसरी भोल्टे प्रयोग गरी लिन सकिन्छ फोरजीकै सेवा
काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार प्रदायक कम्पनी एनसेलले आफ्नो सेवालाई अत्याधुनिक प्रविधिमा स्तरउन्नति गर्ने योजना अनुसार देशका विभिन्न ५ प्…
नेपाल टेलिकमको नयाँ प्याकेज : सब्सक्रिप्सन आधारित स्वतः नवीकरण सुविधा, यस्तो छ प्रक्रिया
काठमाडौं । नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताहरुले मासिक रूपमा प्याकेजलाई स्वत: नवीकरण गर्न सक्नेछन् । …
नेपाल टेलिकमको नयाँ सुविधा : के हो सब्सक्रिप्सन बेस्ड मोडेल, कसरी हुन्छ प्याकेज स्वत: नवीकरण ?
काठमाडौं । नेपाल टेलिकमले प्रिपेड सेवाग्राहीका लागि नयाँ सुविधा सुरु गर्ने भएको छ । अब ग्राहकले एकपटक आफूल…
नेपाल टेलिकमको डिजिटल रूपान्तरणमा ‘भाइब कोडिङ’ : एआईसँगको सहकार्यले कसरी आफैं बनाउँदैछ सफ्टवेयर ?
काठमाडौं । नेपाल टेलिकम अब महँगा विदेशी सफ्टवेयर खरिद गर्ने वा हरेक नयाँ प्रणालीका लागि बाह्य भेन्डरमा…
मोबाइलमा आउने नक्कली सन्देशबाट ठगीको खतरा, प्राधिकरणले जारी गर्यो चेतावनी
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अपरिचित तथा अनधिकृत नम्बरबाट व्यक्तिगत मोबाइलमा आउने शंकास्पद सन्देश त…
अव्यवस्थित इन्टरनेट-टेलिफोन तार हटाउन सेवा प्रदायकलाई १५ दिने अल्टिमेटम
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले काठमाडौं उपत्यकाका विभिन्न ६ प्रमुख रुटहरूमा अव्यवस्थित रूपमा रहेका टे…
स्काईआइटीले सुरु गर्यो एमएसपी सेवा, नेपालमा डिजिटल रूपान्तरणलाई सहयोग गर्ने लक्ष्य
काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी स्काई ब्रोडब्यान्ड प्रालिले स्काईआइटी (SkyIT) मार्फत म्यानेज्ड सर्भिस प्रोभा…
फाइभजीको विज्ञान र सम्भावना : ताररहित युगको सुरुवात
काठमाडौं । कहिले तारले बाँधिएको टेलिफोन आजको हातमा अट्ने स्मार्टफोनसम्म आइपुग्दा सञ्चार केवल छिटो भएको …