दूरसंचार
एनसेलले भन्यो - मोबाइल नम्बरमा ओटीपी र एसएमएस नआउने समस्या छैन्
एनसेलले वान टाइम पासवर्ड (ओटीपी), एसएमएस र अन्य एसएमएस नआउने समस्या नरहेको जानकारी दिएको छ । एनसेलको नम्बरमा एसएमएस, ओटीपी र नोटिफिकेसन नआउने भन्ने गलत बुझाईका बारेमा स्पष्ट पार्दै एनसेलले देशभित्र र बाहिर विदेशमा रोमिङमा भएको बेलामा एनसेलका सबै नम्बरहरु यस्ता जानकारी तथा सूचनाहरु प्राप्त गर्न योग्य रहेको बताएको हो ।
एनसेलका चीफ कमर्शियल अफिसर उमेर मोहसिनले कुनै पनि नम्बर रेन्जमा ओटीपी, म्यासेज वा नोटिफिकेशन डेलिभरीको समस्या नरहेको बताए । ‘हरेक वर्ष बढिरहेको ओटीपी म्यासेज प्रवाह डिजिटलाइजेसनको सकारात्मक सूचक हो, जसले हाम्रा ग्राहकहरू सधैं अन रहेको देखाउँछ,’ मोहसिनले भने, ‘सुरुवातमा ९७० रेन्जमा केही प्रारम्भिक समस्याहरू देखिएका थिए । हामी पुनः स्पष्ट पार्न चाहन्छौं की ती समस्याहरु विभिन्न प्रमुख सेवा प्रदायकहरूको द्रुत समझदारीका साथ समाधान गरिसकिएका छन् ।’
साथै एनसेलले अन्य सर्ट–कोड संचालक तथा सेवा प्रदायकहरूलाई पनि उनीहरूका प्रणालीमा एनसेलको नयाँ ९७० नम्बर रेन्ज समावेश गर्न आग्रह गरेको छ । एनसेलले आफ्ना ग्राहकलाई सुविधा अझै विस्तारित गर्ने योजना अनुरुप गत वर्षदेखि नै यो नयाँ नम्बर रेन्जमा मोबाइल नम्बरहरू जारी गर्न थालेको हो ।
‘केही सर्ट–कोड संचालकहरू वा सेवा प्रदायकहरू हुन सक्छन् जो हाम्रो नयाँ ९७० नम्बर रेन्जका बारेमा अनभिज्ञ छन्, त्यसैले हामी त्यस्ता सेवा प्रदायकहरुलाई पनि आफ्नो सिस्टमलाई अपडेट गरेर हाम्रो यो नयाँ रेन्ज अनुकुल बनाउन अनुरोध गर्दछौं,’ मोहसिनले भने ।
डिजिटल सेवाहरूको प्रयोग बढ्दो क्रममा रहेको हालको अवस्थामा ग्राहकहरूले एप्लिकेशन टू पर्सन (एटूपी) म्यासेजहरु जस्तै ओटीपी, एसएमएस र अन्य नोटिफिकेसनका रुपमा प्राप्त गर्ने गर्दछन् ।
यस्ता ओटीपी, एसएमएस र नोटिफिकेशनहरु सरकारी निकायहरु, अर्ध–सरकारी निकायहरु, बैंक तथा वित्तिय संस्थाहरु, विभिन्न सेवा प्रदान गर्ने निजी क्षेत्रका संघसंस्थाहरु र गुगल र फेसबुक जस्ता विश्वव्यापी प्लेटफर्महरूले पठाउँछन् ।
दूरसंचार
सीजी नेटको वाईफाई सिक्स प्रविधिमा आधारित इन्टरनेट सेवा सञ्चालनमा, निःशुल्क अपग्रेडको सुविधा
इन्टरनेट सेवा प्रदायक सीजी नेटले उच्च गतिको अत्याधुनिक वाईफाई सिक्स प्रविधिमा आधारित इन्टरनेट सेवा सुरू गरेको छ ।&nb…
एनसेलको वायरफ्री प्लस सेवामा भारी छुट, अल्टिमा ग्याजेट निःशुल्क पाइने
एनसेलले हाल संचालनमा रहेको आफ्नो ‘सधैं अन’ योजनामा आधारित भई वायरफ्री प्लस सेवामा आकर्षक अफर ल्याएको छ । यससँगै …
एनसेल ल्यायाे बिज सधै अन प्लान, पाेष्टपेड ग्राहकले अब आफैले प्लान अपग्रेड गर्न सक्ने
नेपालको पहिलो निजी क्षेत्रको जीएसएम मोबाइल सेवा प्रदायक एनसेलले नेपाली व्यवसाय जगतलाई ध्यानमा राखी विशेष रूपमा डिजाइन गरिएको 'विज सधैं अन' योजन…
वर्ल्डलिंकको बिट द स्पीड अभियानको उपाधि जैसवाललाई, भारतमा प्रशिक्षणको अवसर
वर्ल्डलिंक कम्युनिकेशन्सले नेपाल क्रिकेट संघको सहकार्यमा ‘बिट द स्पीड’ नेपालकै सर्वाधिक गतिमा बलिङ गर्ने खेलाडीको खो…
अघि बढ्यो नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गर्ने प्रक्रिया, कसले मार्ला बाजी ?
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्त प्रक्रिया अगाडि बढाएको छ ।
नक्सालमा पुुरानो कपर प्रविधिबाट सञ्चालित पीएसटीएन र एडीएसएललाई एफटीटीएचमा स्तरोन्नति
नेपाल टेलिकमले दूरसञ्चार कार्यालय, नक्सालमा कपर प्रविधिबाट सञ्चालित पीएसटीएन र एडीएसएल सेवालाई आधुुनिक फाइबर प्रविधिको एफटीटी…
विपद् पूर्वतयारीलाई बलियो बनाउँदै एनसेल, जिल्लामा र्यापिड रेस्पोन्स टोली गठन
एनसेलले वर्षायाममा बाढी र पहिरो जस्ता प्राकृतिक प्रकोपका कारण प्रभावित हुन सक्ने आफ्ना सेवाहरूको द्रुतगतिमा पुनः सञ्चालन र निरन्त…
माछापुच्छ्रे र अन्नपूर्ण बेस क्याम्पमा नेपाल टेलिकमको फोरजी सेवा
नेपाल टेलिकमले प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको माछापुच्छ्रे र अन्नपूर्ण बेस क्याम्पमा फोरजी सेवा विस्तार गरेको छ।
नेपाल टेलिकमको प्रबन्ध निर्देशक बन्न दिएका आवेदन मध्येबाट १६ जनाको दरखास्त स्वीकृत
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशक पदका लागि दरखास्त दिएकाहरू मध्येबाट १६ जनाको नाम स्वीकृत भएको…
सेलपेबाट क्लासिकको टेकको भुक्तानी गर्दा बुलेट बाईकदेखि म्याकबुकसम्म जित्ने अफर
देशकै अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले ‘बुलेट बाइक सरर, इन्टरनेट टिभी फरर’ अफर सार्…
नेपाल टेलिकमको प्रबन्ध निर्देशक बन्न १७ जनाले दिए आवेदन
नेपाल टेलिकमको प्रबन्ध निर्देशकका लागि १७ जनाले आवेदन दिन दिएका छन् । आवेदन दिने अन्तिम समय मंगलबार साँज ५ बजेसम्म १७ जनाले द…
अब आफैले रोजेर एनसेलको नम्बर लिन सकिने
तपाईंलाई मनपर्ने कुनै नम्बर तपाईंको आफ्नै मोबाइल नम्बर बने के होला ? एक विशेष नम्बर जसले तपाईंलाई दूरसञ्चार सेवामा पहुँचमात्र …
डाटा सेन्टर स्थापना गर्न बागमती प्रदेशले छुट्यायो २ करोड बजेट
बागमती प्रदेशले डाटा सेन्टर स्थापना गर्न २ करोड बजेट विनियोजन गरेको छ ।
शनिबार आ…
७ इन्टरनेट सेवा प्रदायकको लाइसेन्स स्वतः रद्द
नेपाल दूरसञ्चार प्राधिकरणले ७ इन्टरनेट सेवा प्रदायकको लाइसेन्स स्वतः रद्द भएको जानकारी दिएको छ ।
दमौलीमा नयाँ एनसेल सेन्टर संचालनमा
एनसेल आजियाटा लिमिटेडले दमौलीमा आफ्नो नयाँ एनसेल सेन्टरको उद्घाटन गरेको छ । आफ्ना ग्राहकहरुलाई एकै स्थानबाट विभिन्न सेवा प्रदान…