कीवर्डहरू -

स्पेस लिंकको नेटवर्क सेवा प्रदायकको अनुमतिपत्र रद्द

स्पेस लिंकको नेटवर्क सेवा प्रदायकको अनुमतिपत्र रद्द

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले बालुवाटारस्थित स्पेस लिंक प्रालिको नेटवर्क सेवा प्रदायकको अनुमतिपत्र स्वतः रद्द भएको जानकारी दिएको छ । तोकिएको समयसीमाभित्र अनुमतिपत्र नवीकरणका लागि नियमानुसार निवेदन पेश नगरेका कारण उक्त कम्पनीको इजाजतपत्र खारेज भएको हो ।

प्राधिकरणका अनुसार वि.सं. २०७८ साउन १७ गते अनुमतिपत्र (मि.ज. ६-३०) प्राप्त गरेको यस संस्थाले नवीकरण प्रक्रिया पूरा नगरेपछि दूरसञ्चार ऐन, २०५३ को दफा २५(५) बमोजिम साउन १७ गतेदेखि नै लागू हुने गरी अनुमतिपत्र स्वतः रद्द भएको हो ।

यसका साथै, प्राधिकरणले कम्पनीलाई नियमानुसार तिर्न र बुझाउनुपर्ने बाँकी रकमका सम्बन्धमा सूचना प्रकाशित भएको ३० दिनभित्र कार्यालयमा सम्पर्क गर्न निर्देशन दिएको छ । तोकिएको अवधिभित्र सम्पर्क नगरेमा प्रचलित कानुन अनुसार कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइने व्यहोरा समेत प्राधिकरणले स्पष्ट पारेको छ ।

null