कीवर्डहरू -

एनटी फाइबरमा ग्राहकको आकर्षण बढ्यो, जडानको माग र गुनासो अनलाइनबाटै गर्न सकिने

एनटी फाइबरमा ग्राहकको आकर्षण बढ्यो, जडानको माग र गुनासो अनलाइनबाटै गर्न सकिने

काठमाडौं । नेपाल टेलिकमले एनटी फाइबरमा ल्याएको विशेष अफरप्रति ग्राहकको आकर्षण बढेको जनाएको छ । फाइबर टु द होम (एफटीटीएच) प्रविधिमा आधारित यो सेवाको नयाँ जडानका लागि सम्पर्क गर्ने ग्राहकको सङ्ख्या बढेपछि कम्पनीले सम्पर्क नम्बरको क्षमता समेत विस्तार गरेको छ ।

नेपाल टेलिकमका अनुसार एनटी फाइबरसम्बन्धी जानकारी लिन तथा नयाँ लाइन जडानका लागि अनुरोध गर्न १९८ नम्बरमा सम्पर्क गर्न सकिन्छ । उक्त नम्बरमा ग्राहकको चाप बढेपछि सेवा सहज बनाउन क्षमता वृद्धि गरिएको कम्पनीले जनाएको छ । ग्राहकले फोनमार्फत आफूलाई पायक पर्ने स्थानमा नयाँ फाइबर लाइन जडानका लागि अनुरोध गर्न सक्नेछन् ।

त्यसैगरी, एनटी फाइबर जडानका लागि आवश्यक विवरण अनलाइनबाटै उपलब्ध गराउन सकिने व्यवस्था पनि गरिएको छ । ग्राहकले नेपाल टेलिकमको गुनासो व्यवस्थापन पोर्टल https://complain.ntc.net.np मा लगइन गरी आफ्नो नेपाल टेलिकम मोबाइल नम्बर प्रयोग गरेर आवश्यक विवरण बुझाउन तथा गुनासो दर्ता गर्न सक्नेछन् ।

नेपाल टेलिकमले हालै ४ हजार ९९९ रुपैयाँमा ३० एमबीपीएस गतिको एनटी फाइबर प्याकेज उपलब्ध गराएको छ । कम्पनीले ग्राहकको आवश्यकता अनुसार अन्य विभिन्न प्याकेज समेत उपलब्ध रहेको जनाएको छ । नयाँ अफर र सेवा जडानका लागि सहज बनाइएका व्यवस्थाले एनटी फाइबर सेवा विस्तारमा सहयोग पुग्ने कम्पनीको अपेक्षा छ ।