कीवर्डहरू -

दूरसंचार

राज्यलाई धेरै कर तिर्ने कम्पनी एनसेलमा आगजनी, १०औं तलासम्म पुगेर लुटपाट र चोरी

राज्यलाई धेरै कर तिर्ने निजी क्षेत्रको पहिलो दूरसञ्चार कम्पनी एनसेलमा आगजनी भएको छ । भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा एनसेलमा आगजनी, लुटपाट र चोरी भएको हो । 

एनसेलको लैनचौरमा रहेको केन्द्रिय कार्यालय जलाइएको छ । काम गर्न सक्ने अवस्था छैन् । अहिले कर्मचारीहरूले घरबाटै काम गरिरहेका छन् । परिसरमा रहेका २० बढी गाडीहरू जलेका छन् । १०औं तलासम्म पुगेर ल्यापटप, टिभी लगायत चोरी गरिएको छ । 

केन्द्रिय कार्यालयमा एनसेल सेन्टरमा समेत आगजनी र तोडफोड गरिएको छ । काठमाडौं उपत्यका बाहिर पोखरा, धनगढी र महेन्द्रनगरको कार्यालयमा पनि क्षति पुगेको छ । 

null

आठौं राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवसको अवसरमा एनसेलले सरकारले धेरै कर तिर्ने आइसिटी कम्पनीको रूपमा सम्मान गरेको थियो । नेपालको दूरसञ्चार विकासमा ठूलो योगदान पुर्‍याएको एनसेल पटक पटक आक्रमणको शिकार हुँदै आएको छ । तर यस पटक त केन्द्रिय कार्यालय नै जल्यो ।

बुहुराष्ट्रिय कम्पनीमा यसरी आक्रमण हुँदा वैदेशिक लगानी घट्ने जोखिम रहेको विज्ञहरूले बताउँदै आएका छन् । 

सरकारले दूरसञ्चार सेवालाई अत्यावश्यक सेवामा समावेश गरेको छ । तर पनि पटक पटक त्यही अत्यावश्यकसेवामा आक्रमण भइरहन्छ । 

पटक पटकको आक्रमणबाट उठ्दै नागरिकलाई गुणस्तरीय सेवा दिनमा कम्पनी तल्लिन छ । यस पटक पनि आफ्नो केन्द्रिय कार्यालय जलिरहँदा एनसेलले नागरिकहरूलाई ३ दिनसम्म निःशुल्क भ्वाइस, डेटा र एसएमएस सुविधा दिइरहेको थियो । 

nullएनसेलको केन्द्रिय कार्यालय लैनचौर भएपनि डेटा सेन्टर भने नख्खुमा रहेको छ, जसले गर्दा सेवा प्रवाहमा कुनै समस्या आएन । त्यसैले आफु जलिरहँदा पनि नागरिकलाई निरन्तर सेवा प्रवाह गर्न सफल भएको थियो । 

null


 

दूरसंचार

व्यवसाय विविधिकरणमा एनसेल, युरोपेली साइबर सेक्युरिटी कम्पनी विथसेक्योरसँग साझेदारी

निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना इन्टरप्राइज ग्राहकहरूको सुरक्षालाई अझ सुदृढ बनाउन विश्वस्तरको साइबर सुरक्…

२ करोड ६२ लाख ५२ हजार पुगे मोबाइल ब्रोडब्याण्ड इन्टरनेट प्रयोगकर्ता

मोबाइल ब्रोडब्याण्ड इन्टरनेट प्रयोग गर्नेको संख्या एक महिनामै २ लाख ६६ हजार ८७४ ले बढेका छन् । 

निजी क्षेत्रबाट ३० अर्बको आइसिटी पार्क परियोजना प्रस्ताव, १० हजार बढी रोजगारी सिर्जना हुने

निजी क्षेत्रबाट करिब ३० अर्बको आइसिटी पार्क परियोजना प्रस्ताव गरिएको छ । इन्फ्रा होल्डिङ्सले ३ जिल्लाका चार स्थानमा आइसिटी पार्क निर्…

एनसेलको ‘लीग अफ क्रिएटर्स’ सुरू, देशैभरका डिजिटल स्टोरीटेलर्सलाई सशक्त बनाउने अभियान

एनसेलले अपट्रेन्डलीसँगको सहकार्यमा ‘लीग अफ क्रिएटर्स’ अभियानको सुरुवात गरेको घोषणा गरेको छ । यसले नेपालभरि फैलिए…

मृर्गौला प्रत्यारोपणपछि सगरमाथा आरोहण गर्ने पेम्बाको साहसिक यात्रामा एनसेल फाउन्डेसनको साथ

मृर्गौला प्रत्यारोपण गरेका पेम्बा शेर्पाले सगरमाथाको सफल आरोहण गरेका छन् । मृर्गौला प्रत्यारोपण गरेर सगरमाथाको सफल आरोहण गर्ने पे…

सरकारले नेपाल टेलिकमको ३० प्रतिशत शेयर आम नागरिकलाई दिने

सरकारले नेपाल टेलिकमको ३० प्रतिशत शेयर आम नागरिकलाई दिने भएको छ । 

संघीय संसदक…

क्लासिक टेकले ल्यायो १ जीबिपिएस स्पीडको इन्टरनेट

देशकै अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले  व्यापार व्यवसायलाइ मध्यनजर गर्दै १ हजार एमबिपिएस अर्थात् १ ज…

अपाङ्गता समावेशीकरण प्रवर्द्धनका लागि जीएसएमएसँग एनसेलको सहकार्य

एनसेलले अपाङ्गता भएका व्यक्तिहरूको डिजिटल समावेशीकरणलाई प्रवद्र्धन गर्ने आफ्नो प्रतिबद्धता पुनः पुष्टि गर्दै जीएसएमएले जारी गरेको अ…

एनसेलको पहिलो ‘एनसेल सप इन सप’ भैरहवामा

एनसेलले आफ्नो ग्राहक सेवालाई थप विस्तारित गर्दै नयाँ अवधारणाका साथ ‘एनसेल सप इन सप’ संचालनमा ल्याएको छ । कम्पनीले…

एनसेल बन्यो डाटा सेन्टर र क्लाउड सेवा प्रदायकका रुपमा सुचिकृत हुने पहिलो नेपाली कम्पनी

एनसेल डाटा सेन्टर र क्लाउड सेवा प्रदायकका रुपमा सुचिकृत हुने पहिलो र एकमात्र नेपाली कम्पनी बनेको छ । सूचना प्रविधि विभागले आइतबार एनसेललाई डाटा सेन्टर से…

कालिकोटको मान्मादेखि मुगुको गमगढीसम्म टेलिकमको अप्टिकल फाइबर विस्तार

नेपाल टेलिकमले कालिकोटको सदरमुकाम मान्मादेखि जुम्ला हुँदै मुगुको सदरमुकाम गमगढीसम्म पहिलो पटक एडिएसएस प्रविधिमा आधारित अप्टि…

एनसेल एनएसएलको अवसरमा मैत्रिपूर्ण फुटबल खेल आयोजना

एनसेलले यही शनिबार (चैत्र १५)बाट सुरु हुने बहुप्रतिक्षित एनसेल नेपाल सुपर लिग (एनएसएल)को अवसरमा काठमाडौंको लैनचौर खेलमैदान…

एनसेलले ल्यायो ‘सधैं अन रोमिङ’, भारत भ्रमणका बेला सम्पर्कमा रहन उपयोगी हुने

आफ्ना ग्राहकहरुका आवश्यकताहरू पूरा गर्न नवीनतम सेवा, सुविधाहरु प्रदान गर्ने एनसेलले सधैं अन १७९९ रोमिङ प्याक ल्याएको छ । यो एक …

एक महिनामै थपिए ७७ हजार फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेट प्रयोगकर्ता, कुन आईएसपीले कति थपे ?

फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेट प्रयोगकर्ता ३० लाख ६१ हजार ९८३ पुगेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गरेको तथ्यांक अ…

बन्द हुने स्थितिमा थ्रीजी सेवा, एक वर्षमै घटे ६३ लाख ग्राहक

नेपालमा थ्रीजी सेवा प्रयोग गर्नेको संख्या लगातार घटिरहेको देखिएको छ । एक वर्षको अवधिमै थ्रीजी प्रयोग गर्नेको संख्या ६३ लाखले घटे…