कीवर्डहरू -

दूरसंचार

एआई डाटा सेन्टरमा बढेको लगानीले चलायमान बनायो दूरसञ्चार बजार

काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको बढ्दो प्रयोगसँगै डाटा सेन्टर निर्माण र त्यसका लागि आवश्यक नेटवर्क पूर्वाधारमा भइरहेको ठूलो लगानीले विश्व दूरसञ्चार उपकरण बजारलाई पुन: गतिशील बनाएको छ ।

विश्लेषक संस्था डेल’ओरोका अनुसार सन् २०२६ को पहिलो छ महिनामा विश्वभर दूरसञ्चार उपकरणबाट हुने आम्दानी अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५ प्रतिशतले बढेको छ । गत वर्ष यस्तो वृद्धि ४ प्रतिशतमा सीमित थियो ।

परम्परागत रूपमा परिपक्व मानिने दूरसञ्चार उपकरण बजारमा लामो समयदेखि वृद्धि सुस्त थियो । गत वर्षसम्म विश्वव्यापी दूरसञ्चार उपकरणको आम्दानी लगातार ओरालो लाग्दै आएकोमा एआई डाटा सेन्टरका कारण नेटवर्क पूर्वाधारमा बढेको खर्चले बजारलाई नयाँ गति दिएको डेल’ओरोको विश्लेषण छ ।

विशेष गरी एआई डाटा सेन्टरभित्र तथा एक डाटा सेन्टरलाई अर्को डाटा सेन्टरसँग जोड्न आवश्यक फिक्स्ड लाइन र नेटवर्क उपकरणमा भएको लगानीले बजार विस्तारमा ठूलो योगदान पुर्‍याएको छ । फाइभजी स्ट्यान्डअलोन (एसए) प्रविधिमा भइरहेको संक्रमणले पनि बजार वृद्धिमा केही भूमिका खेलेको छ ।

डेल’ओरोका अनुसार अहिले दूरसञ्चार उपकरण बजारमा देखिएको वृद्धिको प्रमुख स्रोत नै डाटा सेन्टर क्षेत्र बनेको छ । यससँगै परम्परागत दूरसञ्चार सेवा प्रदायकबाहेक क्लाउड सेवा उपलब्ध गराउने कम्पनीहरू पनि ठूला उपकरण खरिदकर्ताका रूपमा स्थापित हुन थालेका छन् ।

क्लाउड प्रदायकहरूले डाटा सेन्टर निर्माण गरी त्यहाँ उपलब्ध कम्प्युटिङ क्षमता अन्य कम्पनी तथा संस्थालाई भाडामा उपलब्ध गराउँदै आएका छन् । एआईका लागि आवश्यक उच्च क्षमताको कम्प्युटिङ पूर्वाधार विस्तारसँगै यस्ता कम्पनीको नेटवर्क उपकरणमा हुने खर्च पनि बढेको छ ।

यद्यपि, सबै प्रकारका दूरसञ्चार उपकरणमा समान वृद्धि देखिएको छैन । फाइभजी कोर उपकरणमा देखिएको छोटो अवधिको खर्च वृद्धि अहिले सुस्त हुन थालेको छ । यसको स्थानमा अप्टिकल नेटवर्क उपकरण र राउटर बजार वृद्धिका प्रमुख आधार बनेका छन् ।

दूरसञ्चार सेवा प्रदायकहरूले अझै पनि कुल उपकरण खरिदको करिब ९० प्रतिशत हिस्सा ओगटिरहेका छन् । तर सन् २०२६ को पहिलो छ महिनामा विश्वव्यापी दूरसञ्चार उपकरण आम्दानीमा भएको वृद्धिको ५५ प्रतिशत योगदान क्लाउड प्रदायकबाट आएको डेल’ओरोले जनाएको छ ।

एआई डाटा सेन्टर केन्द्रित मागले उपकरण निर्माता कम्पनीबीचको प्रतिस्पर्धामा पनि फरक प्रभाव पारेको छ । मोबाइल नेटवर्कमा बढी केन्द्रित एरिक्सनले यो नयाँ बजारबाट तुलनात्मक रूपमा कम लाभ पाएको देखिन्छ ।

नोकियाले अप्टिकल उपकरण क्षेत्रमा लगानी बढाए पनि सिस्को र सिएनाजस्ता सोही क्षेत्रमा विशेषज्ञता भएका कम्पनीको तुलनामा लाभ सीमित रहेको विश्लेषणमा उल्लेख छ ।

अमेरिकाको प्रभाव तुलनात्मक रूपमा कम रहेका बजारमा भने चिनियाँ कम्पनी ह्वावेले फिक्स्ड लाइन उपकरण बिक्रीमा आफ्नो उपस्थिति बलियो बनाइरहेको डेल’ओरोको निष्कर्ष छ ।

क्षेत्रगत रूपमा हेर्दा चीनमा दूरसञ्चार पूर्वाधारमा भइरहेको खर्च भने कमजोर देखिएको छ । अमेरिकामा डाटा सेन्टर निर्माण र त्यससम्बन्धी पूर्वाधारमा लगानी बलियो रहेपनि चीनमा यस्तो खर्च अपेक्षाभन्दा कम रहेको बताइएको छ ।

चीनका तीन ठूला दूरसञ्चार सेवा प्रदायकले सन् २०२६ मा परम्परागत कनेक्टिभिटी पूर्वाधारमा गर्ने पुँजीगत खर्च २४ प्रतिशतले घटाउने अनुमान छ । तर त्यही अवधिमा कम्प्युटिङ पूर्वाधारमा उनीहरूको लगानी ४० प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ ।

यसले दूरसञ्चार क्षेत्रको लगानीको प्राथमिकता परम्परागत कनेक्टिभिटीबाट एआई र उच्च क्षमताको कम्प्युटिङ पूर्वाधारतर्फ क्रमश: सर्दै गएको संकेत गरेको छ ।

दूरसंचार

स्टार्टअपलाई क्लासिक टेकको १ जीबीपीएस इन्टरनेट, ४० प्रतिशतसम्म छुट

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय र स्टार्टअपलाई लक्षित गर्दै &lsquo…

युटीएलको लाइसेन्स खारेज, सम्पूर्ण पूर्वाधार सरकारलाई बुझाउन प्राधिकरणको निर्देशन

काठमाडौं । नवीकरण हुन नसकेपछि युनाइटेड टेलिकम लिमिटेड (युटीएल) को अनुमतिपत्र स्वत: खारेज भएको छ । तोकिएक…

भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुन:स्थापनाका लागि ने…

नक्कली बैंकिङ एसएमएस र फिशिङ लिंकबाट सावधान रहन टेलिकमको आग्रह

काठमाडौं । नेपाल टेलिकमले बैंक तथा डिजिटल भुक्तानी सेवाको नाम दुरुपयोग गरी ग्राहकलाई ठगी गर्ने उद्देश्यले न…

साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकले ल्यायो बिज२४ म्यानेज्ड वाई-फाई सोलुशन

काठमाडौं । नेपालकै पहिलो म्यानेज्ड वाई-फाईसोलुशन बिज२४ अब वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले आफ्ना साना तथा म…

म्याद सकियो, नवीकरण भएन : यूटीएलको लाइसेन्स खारेजीतर्फ

काठमाडौं । तोकिएको समयभित्र अनुमतिपत्र नवीकरण नगरेपछि युनाइटेड टेलिकम लिमिटेड (यूटीएल) को आधारभूत टेलिफो…

बाढीको क्षतिपछि नेपाल टेलिकमको सेवा पुन:लयमा, १,०९३ लाइन सञ्चालनमा

काठमाडौं । गत भदौ १० गते आएको अविरल बाढीका कारण रसुवागढी, बेत्रावती र त्रिशूली क्षेत्रमा नेपाल टेलिकमको फा…

एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै

काठमाडौं । एनसेलले भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रमा हाल भइरहेको खोज, उद्धार र राहत कार्यलाई सहज …

क्लासिक टेकको नयाँ अफर : पुरानै मूल्यमा १२५ एमबीपीएस इन्टरनेट

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले नयाँ ग्राहकहरूका लागि विशेष अफर सार्वजनिक गरेको छ । कम्…

बाढीले दूरसञ्चार पूर्वाधारमा ४५ करोडको क्षति, अधिकांश मोबाइल टावर पुन: सञ्चालनमा

काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा दूरसञ्चार…

बाढी प्रभावितलाई एनसेलको राहत : नि:शुल्क सेवा अवधि थप ७ दिन थप

काठमाडौं । एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा प्रदान गर्दै आएको नि:शुल्क सेवाको …

भोटेकोशी बाढीको चपेटामा एनसेल, एक टावर पूर्ण रुपमा नष्ट

काठमाडौं । भाद्र १० गते आएको विनाशकारी भोटेकोशी बाढीका कारण एनसेलको दूरसञ्चार पूर्वाधारमा ठूलो क्षति पुगेक…

बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको मोबाइल नेटवर्क सेवा पुन: सञ्चालन

काठमाडौं । नेपाल टेलिकमले बाढीका कारण अवरुद्ध भएका रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लाका मोबाइल बीटीएस …

बाढी प्रभावित ११० स्थानमा नेपाल टेलिकमको सेवा पुन: सञ्चालन

काठमाडौं । नेपाल टेलिकमले बाढीबाट प्रभावित थप चार स्थान (साइट) मा सञ्चार सेवा पुन: सञ्चालनमा ल्याएको छ । टे…

नेपाल–चीन सीमासम्म मोबाइल सेवा पुन: सञ्चालन, थप ७ बीटीएस साइट सञ्चालनमा

काठमाडौं । नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रमा थप सात स्थानमा मोबाइल सेवा पुन: सञ्चालनमा ल्याएको जनाएको छ…