दूरसंचार
एनसेलको शेयर खरिद बिक्री अध्ययन तथा छानविन समितिले थाल्यो काम
सरकारले गठन गरेको एनसेलको शेयर खरिद बिक्री अध्ययन तथा छानविन समितिले आज (आइतवार)देखि कार्य प्रारम्भ गरेको छ ।
नेपाल सरकार, मन्त्रिपरिषद्को मंसिर २१ गतेको बैठकले एनसेनको शेयर खरिद बिक्रीको सम्बन्धमा प्रचलित नेपाल कानुनको परिपालनाको विषय, राजश्व र नेपालमा वैदेशिक लगानीमा पर्नसक्ने असरलगायतका विषय अध्ययन तथा छानविन गरी ३० दिनभित्र प्रतिवेदन पेश गर्न पूर्व महालेखा परीक्षक टंकमणि शर्मा दंगालको संयोजकत्वमा समिति गठन गरेको थियो ।
समितिले आजदेखि कार्य आरम्भ गरेको र नेपाल सरकारबाट प्राप्त कार्यादेशिभित्र रही तोकिएको समयसीमाभित्र समितिले अध्ययन तथा छानविन गरी सुझावसहितको प्रतिवेदन नेपाल सरकारलाई बुझाउने जनाएको छ ।
समितिका संयोजक टंकमणि शर्मा दंगालले प्रेस विज्ञप्ति जारी गरी अध्ययन तथा छानविनको क्रममा सम्बन्धित विषय क्षेत्रका नियामक निकायहरु, सरकारी अधिकारीहरु, सम्बन्धित सेवा प्रदायक कम्पनीसँग छलफल गर्ने, कागजात तथा जानकारी प्राप्त गर्ने तथा सम्बन्धित विषयका विज्ञ, विभिन्न सरोकारवाला संघ, संस्था र व्यक्तिहरुसँग समेत आवश्कयताअनुसार छलफल गरी रायसुझाव प्राप्त गर्ने जानकारी दिएका छन् ।
समितिले एनसेलको शेयर खरिद बिक्रीसँग सम्बन्धित तथ्यपरक जानकारी, सूचना वा अन्य यससँग सम्बन्धित प्रमाणहरु भएमा समितिको आधिकारिक इमेल ठेगानामा वा समितिको सचिवालयमा उपलब्ध गराई अध्ययन तथा छानविन कार्यमा सहयोग गर्नुहुन सम्बन्धित सरोकारवाला व्यक्ति, संस्था, सञ्चारकर्मी र नागरिकमा पनि आह्वान गरेको छ ।
समितिको सचिवालय सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सिंहदरबारमा रहेको छ भने समितिको इमेल ठेगाना [email protected] र फोन नम्बर ०१–४२११५६२ रहेको समितिले जनाएको छ । समितिबाट जारी हुने सम्बन्धित सूचना तथा जानकारीहरु सञ्चार मन्त्रालयको वेबसाइट https://mocit.gov.np मा राखिने पनि समितिले स्पष्ट गरेको छ ।
दूरसंचार
एनसेलको शेयर खरिद बिक्रीमा लेखा समितिको चासो, तीन निकायसँग माग्यो जवाफ
एनसेलको शेयर खरिद बिक्रीमा संसदको लेखा समितिले चासो देखाएको छ । समितिले एनसेलको खरिद बिक्री बारे बुझ्न आइतबार आन्तरिक राजस्व…
३० सेवा प्रदायकको लाइसेन्स खारेज गर्ने प्राधिकरणको चेतावनी, सात दिनभित्र सम्पर्क गर्न आग्रह
नेपाल दूरसञ्चार प्राधिकरणले नियमानुसार बुझाउनु पर्ने अडिटेड वित्तीय विवरण, रोयल्टी रकम तथा ग्रामीण दूरसञ्चार विकास कोषको रकम न…
एनसेलको शेयर किनेपछि स्पेक्ट्रलाइट यूकेले भन्योः ग्राहकलाई परिस्कृत सेवा दिन प्रतिबद्ध छौं
स्पेक्ट्रलाइट यूके लिमिटेडले नेपालमा रहेका करोडौ ग्राहकलाई परिस्कृत सेवा प्रदान गर्न प्रतिबद्ध रहेको बताएको छ । आजियाटा ग्रु…
नेपालबाट बाहिरियो आजियाटा, ६ अर्बमा बेलायती कम्पनी स्पेक्ट्रलाइटले किन्यो एनसेलको शेयर
मोबाइल सेवा प्रदायक कम्पनीमा एनसेलमा रहेको आफ्नो शयेर आजियाटा ग्रुपले बेलायतको कम्पनी स्प्रेक्टलाइट युकेलाई बिक्री गरेको छ ।
एनसेल आजियाटा …
इन्टरनेट सेवा प्रदायक कम्पनी हिमालयन गोरखा नेट लाइसेन्स खारेज
नेपाल दूरसञ्चार प्राधिकरणले हिमालयन गोरखा नेट प्रालिको इन्टरनेट (इ-मेल सहित) सेवाको अनुमतिपत्र खारेज गरेको छ ।
…एनसेलबाट बाहिरिने आजियाटाको निर्णय
नेपालको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलबाट आजियाटा ग्रुप बाहिरिने भएको छ । आजियाटा ग्रुपको बोर्ड बैठकले नेपालबाट बाहिरिने न…
जाजरकोटमा नेपाल टेलिकमको ‘नमुना सेवा’ सुरू
जाजरकोट भेरी नगरपालिका-१ रिम्नामा मोबाइल टावर सञ्चालनको तयारी थालिएको छ । नेपाल टेलिकमको केन्द्रीय कार्यालयका प्रबन्ध निर्देशक …
प्राधिकरणले भन्योः उपकरण नजोड्दै एमडीएमएस लागू गरेको भन्ने समाचारमा सत्यता छैन्
नेपाल दूरसञ्चार प्राधिकरणले ‘उपकरण नजोड्दै एमडीएमएस लागू गरेको घोषणा’ शिर्षक राखि विभिन्न माध्यमबाट प्रकाशित तथ्यहिन समाचारप्रति ध्यान आकृष्ट भएक…
भाईटिका थिममा एनसेलको लघु चलचित्र प्रतियोगिता, प्रथमलाई १ लाख पुरस्कार
एनसेल आजियाटा लिमिटेडले चलचित्रमार्फत दाजू-बहिनी, दिदि-भाइहरूको विशेष सम्बन्ध चित्रण गर्न भाईटिकाको थिममा लघु चलचित्र प्रतियोगि…
कर्णाली प्रदेश सरकारलाई एनसेलको ५० लाख सहयोग, तीन जिल्लाका ग्राहकलाई भ्वाइस र डेटा सेवा निःशुल्क
एनसेलले भूकम्पपीडितको उद्धार, उपचार र राहतमा तत्काल सहयोग गर्न कर्णाली प्रदेश सरकारलाई ५० लाख रुपैयाँ उपलब्ध गराउने निणर्य गरेको छ ।
साथै,…
भूकम्प प्रभावित तीन जिल्लामा नेपाल टेलिकमको सेवा निःशुल्क
सरकारले भूकम्प प्रभावित तीन जिल्लामा नेपाल टेलिकमको सेवा पाँच दिनका लागि निःशुल्क गरेको छ ।सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा…
फोरजी प्रयोग गर्नेको संख्या २ करोड बढी, एक वर्षमा बढे १५ लाख प्रयोगकर्ता
नेपालमा फोरजी प्रयोगकर्ता २ करोड १ लाख ३२ हजार ९६१ पुगेका छन् ।
नेपाल दूरसञ्चार प्राधिक…
एशियाली पारा खेलकुदमा एतिहासिक पदक विजेता पलेशा गोवर्धनलाई एनसेलको सम्मान
हालै सम्पन्न चौथो एसियाली पारा खेलकुद २०२२ मा नेपाललाई इतिहासमा नै पहिलो पदक दिलाउन सफल तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई ए…
एकैपटक धेरैलाई दशैंको शुभकामना दिन चाहनुहुन्छ ? टेलिकमको यो सेवा प्रयोग गर्नुस्
बडादशैंको अवसरमा आफन्त र साथीभाईहरुलाई एकैपटक शुभकामना सन्देश पठाउन चाहनुहुन्छ ? यदी चाहनुहुन्छ भने सामूहिक सन्देश पठाउ…
३५ सयभन्दा बढी ग्राहकलाई एनसेलको १०० रूपैयाँ बोनस ब्यालेन्स
एनसेल आजियाटा लिमिटेडले ‘हरेक दिन सरप्राइज सबैलाई स्योर-प्राइज’ योजना अन्तर्गत ३५ सय भन्दाबढी ग्राहकहरुलाई शुक्रबार…