कीवर्डहरू -

दूरसंचार

९० इन्टरनेट सेवा प्रदायकले तिरेनन् रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोषको रकम

९० इन्टरनेट सेवा प्रदायकले रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोषको रकम दाखिला नगरेको पाइएको छ । 

नेपाल दूरसञ्चार प्राधिकरणको एक सूचना प्रकाशित गर्दै ९० इन्टरनेट सेवा प्रदायकलाई रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोष रकम दाखिला गर्न अनुरोध गरेको हो । 

रकम दाखिला नगर्नेको सूचीमा सीजी, क्लासिक टेक, डिशहोम, भायानेट, वेब सर्फरसहित ९० इन्टरनेट सेवा प्रदायक रहेका छन् । 

आर्थिक वर्ष २०७९/८० को अडिटेड वित्तीय विवरण अनुसार बुझाउन पर्ने कूल आम्दानीको ४ प्रतिशतले हुने रोयल्टी वापत रकम र २ प्रतिशतले हुने ग्रामिण दूरसञ्चार विकास कोष वापतको रकम २०८० पुष मसान्त भित्र बुझाउन प्राधिकरणले यसअघि नै पत्राचार गरेको थियो । 

तर हालसम्म रकम दाखिला गरिएको जानकारी प्राप्त नभएकाले २०८० फागुन मसान्तभित्र नियमानुसार लाग्ने २ महिनाको थप दस्तूरसहित रोयल्टी वापतको रकम संचार तथा सूचना प्रविधि मन्त्रालयको राजश्व खातामा र ग्रामिण दूरसञ्चार विकास कोष वापतको रकम प्राधिकरणको खातामा दाखिला गर्न अनुरोध गरिएको छ ।

संचार तथा सूचना प्रविधि मन्त्रालयमा दाखिला गरेको रोयल्टी रकमको भौचर र प्राधिकरणको खातामा दाखिला गरेको ग्रामिण दूरसञ्चार विकास कोष रकमको भौचर र अडीटेड वित्तीय विवरणसहित अनिवार्य रुपमा दर्ता गरी  गराउने प्राधिकरणले निर्देशन दिएको छ । 

यी हुन रकम नतिर्ने सेवा प्रदायक

null
 

दूरसंचार

सुदूरपश्चिम र लुम्बिनीमा एनसेलको फोरजी सेवा थप सुधार

एनसेलले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका स्थानिय स्तर र क्षेत्रमा आफ्नो फोरजी सेवाको थप सुधार गरेको छ। यससँगै यी …

ग्यालेक्सी एस २४ सिरिज प्रि-बुकिङमा आकर्षक उपहारसँगै एनसेलको स्पेशल लक्स नम्बर लिन पाइने

एनसेल र सामसङ नेपालबीच सामसङ ग्यालेक्सी एस २४ सिरिजका स्मार्टफोनमा आकर्षक बन्डलिङ सेवा र विषेश सुविधा उपलब्ध गराउन साझेदारी भए…

गण्डकी र लुम्बिनीमा फाइबर बिच्छ्याउन अग्राधिकारका लागि न्यायालयमा गएका छौः मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गण्डकी र लुम्बिनी प्रदेशमा अप्टिकल फाइबरमा विस्तार कार्य अगाडि बढाउन न्यायालयमा अग्राधिकारका निम्ति अनुरोध गर…

डाटा सेन्टर, आइटी कम्पनी र पूर्वाधार कम्पनी स्थापना गर्दै नेपाल टेलिकम

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपाल टेलिकमले डाटा सेन्टर, संयुक्त लगानीमा आइटी कम्पनी र पूर्वाधार कम्पनी स्थापना ग…

१९ जिल्लामा नमूना दूरसञ्चार सेवा विकास आयोजना स्थापना, सबै बस्तीमा गुणस्तरीय सेवा दिने तयारी

नेपाल टेलिकमले अत्याधुनिक प्रविधिको प्रयोग गरेर निरन्तर गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले विभिन्न १९ जिल्लामा एकैसाथ नमूना …

टेलिकमको सोह्रौँ वार्षिक साधारणसभा सम्पन्न, प्रति शेयर ४० रूपैयाँ नगद लाभांश पारित

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको सोह्रौँ वार्षिक साधारणसभा पुस २९ गते सम्पन्न भएको छ । राष्ट्रिय सभा गृह काठमाडौमा सम्पन्न भएको स…

७४ जिल्लामा पुग्यो टेलिकमको अप्टिकल फाइबर

नेपाल टेलिकमको फाइबर टू द होम (एफटिटिएच) सेवा ७४ जिल्लामा विस्तार भएको छ ।  बुधवारदेखि रुकुमपूर्वमा सञ्चालनमा आएसँगै ए…

एनआईटीभीले नेपाल टेलिकमलाई डिजिटल मार्केटिङ सेवा दिने

नेपाल टेलिकमको बजार व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन नेपाल टेलिकम र एनआईटीभी नेपाल लिमिटेड बिच एक सम्झौता सम्पन्न भएको छ ।…

टेरामक्स लागु नगर्न लेखा समितिको निर्देशन, सुक्ष्म अनुसन्धान गर्ने जिम्मा अख्तियारलाई

लेखा समितिले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड मोनिटरिङ सिस्टम (टेरामक्स) लागु नगर्न निर्देशन दिएको छ ।

एक वर्षमा सूचना प्रविधि क्षेत्रमा के-के भए काम ?

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचना प्रविधिसम्बन्धी सेवाका लागि नीति तथा कानून निर्माण तथा कार्यान्वयन, आवधिक योजनाका सोच,…

रुकुमकोटमा पुग्यो नेपाल टेलिकमको फाइबर सेवा

नेपाल टेलिकमले रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा एफटीटीएच (फाइबर टु द होम) प्रविधिमार्फत एनटी फाइबर सेवा उपलब्ध गराउन तयारी…

आम सञ्चार र मिडिया काउन्सिल विधेयकको मस्यौदामाथि मन्त्रालयले माग्यो सुझाव, इमेलबाटै दिन सकिने

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय आम सञ्चार विधेयक र नेपाल मिडिया काउन्सिल विधेयकको मस्यौदा सार्वजनिक गर्दै सुझाव माग…

सामाजिक सञ्जालसम्बन्धी कानुनको मुख्य आधार सामाजिक मूल्य मान्यताः मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपालमा सामाजिक सञ्जालको प्रयोगको न्यूनतम आधार नेपाली समाजले अङ्गाग्दै आएको सामाजिक…

नेपालकै दोस्रो ठूलो इन्टरनेट सेवा प्रदायक बन्यो डिशहोम

ग्राहक संख्याका आधारमा डिशहोम नेपालकै दोस्रो ठूलो इन्टरनेट सेवा प्रदायक बन्न सफल भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक …

सीजी टेलिकमको लाइसेन्स खारेज

सीजी टेलिकमको लाइसेन्स खारेज भएको छ । नियमानुसार लाइसेन्स नवीकरणका लागि आवेदन नदिदा दूरसञ्चार ऐन अनुसार सीजी टेलिकमको लाइस…